फाल्गुन २६, २०७९
राज्यसत्ता् संवाददाता
नेपालको विदेश मामिला सन् २००६ देखि कमजोर बन्दै गइरहेको छ : हेमराज सुवेदी, प्राध्यापक
काठमाडौँ — परराष्ट्र मामिला अध्यक्ष प्रतिष्ठान (आईएफए) द्वारा आयोजित दोस्रो आईएफए संवाद शृंखलामा ‘आन्तरिक अस्थिरता, विश्व व्यवस्था र नेपालको परराष्ट्र नीति’ शीर्षकबारेआफ्नाे कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक हेमराज सुवेदीले विदेश नीति कार्यान्वयनमा दलबीच एउटै सहमति खाँचाे रहेको राय व्यक्त गरेका छन् । सुवेदीले परराष्ट्र नीति सम्बनधमा नेपालका राजनीतिक दलहरू एकरूपता हुनु पर्ने बताए ।
प्राध्यापक सुवेदीले परराष्ट्र नीति एकरूपता नभएकोले परराष्ट मामिलाकाे विषयमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच फरक फरक धारणा आउने गरेकाे बताए । ‘केही समयअघि प्रधानमन्त्री (पुष्पकमल दाहाल) ले नेपालबाट संयुक्त राष्ट्रसंघ मानव अधिकारको वार्षिक सत्रमा भाग लिन जान लागेकी परराष्ट्रमन्त्री (विमला राई पौड्याल) लाई रोकेका थिए । यसबाट पनि परराष्ट्र मामिलामा एउटै सरकारमा रहेका फरक दलबीच एकै धारणा छैन भन्ने देखाउँछ,’ सुवेदीले भने । छिमेकीहरूसँग नेपालले सन्तुलित व्यवहार गर्नुपर्ने आवश्यक भएको बताए । सुवेदीले भने, ‘हामीले छिमेकीलाई परिवर्तन गर्न सक्दैनौं ।’ नेपालमा कूटनीति बुझेकालाई राजदुत नबनाएकाे बताए । नेपालले राजनीति बुझेकाेलाई राजदुत नबनाई पैसा र पावर भएकाहरू राजदूत नियुक्त हुने गरेको बताए । यहि कारणले सन् २००६ देखि नेपालको विदेश मामिला कमजोर बन्दै गइरहेको सुवेदीले बताए ।
