तिमी चन्द्र
उ पनि चन्द्र
तर एउटा अगाडि
शुभास भएकाे चन्द्र
अर्काे राम भएको चन्द्र
एउटाकाे चन्द्र पछि नेम्बाङ
अर्काे पाैडेल
एउटा काङ्ग्रेस अर्काे एमाले
हुन त दुवै पुर्व सभामुख
दुवै राष्ट्रपतिकाे उम्मेदवार
खाेई के हुन्छ आज राष्ट्रपति
कसकाे हुन्छ जित
कसकाे हुन्छ हार
थाहा छैन कसकाे हुन्छ जयजयकार ।

पाैडेल भएको चन्द्रकाे देशमै निर्णय चल्छ
भाषा चल्छ, धर्म सँस्कार चल्छ
तर नेम्बाङ भएकाे चन्द्रकाे
दास हुँदासम्म चल्छ
कर, राजस्व र रेमिटान्स तिरेसम्म चल्छ
भाेट दिएसम्म चल्छ ।
नेता बन्न खाेजे चल्दैन
पाैडेलहरूले स्विकार्दैन
त्यसैले निर्क्याेल गर कसले बाजि मार्छ ।

-पूर्ण बहादुर राना
