नेपालले विश्वकप क्रिकेट लिग-२ मा यूएईविरूद्ध पहिलो जित हात पार्याे

Read Time:4 Minute, 21 Second

फाल्गुन २२, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ मा यूएईविरुद्ध पहिलो जित हात पारेको छ । यूएईलाई नेपालले ४२ रनले हराएको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १८७ रन बनाउँदै अलआउट भएको हो ।

यसअघि खेलेकाे तीन खेलमा नेपालले दुईमा जित र एकमा हार व्यहोरेको थियो । यूएईसँगै नेपाल पराजित भएको हो । २०८ रनको लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङ गर्दै १३९ रनमा अलआउट भएको थियो ।
आसिफ खानको विकेट दीपेन्द्रसिंह ऐरीले लिएपछि यूएईका लागि सर्वाधिक रन बनाउएर नेपाल खेलमा फर्किएको थियाे । खानले ११५ बल सामना गर्दा २ चौका र ३ छक्काको सहयोगमा ८२ रन बनाएका थिए । यूएईको ७औं विकेटका रूपमा ऐरीले ४१.२ ओभरमा खानलाई आउट गरेका थिए । त्यसपछि कार्तिक मैय्यप्पनलाई ऐरीले ४१.३ ओभरमा यूएईको ८औं विकेटका रूपमा आउट गरे । त्यस्तै आर्यन लाक्राले ५० रन बनाए । वृत्य अरविन्दले १३ रन बनाए । अन्य ब्याटरले भने कमजोर प्रदर्शन गरेका थिए ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछाने, करन केसी र आरिफ सेखले १/१ विकेट लिन सफल भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ नेपालले गरेकाे थियाे । नेपालले निर्धारित ५०ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो । नेपाली टाेलि ६८ रन बनाउँदा ५ विकेट गुमाएर संकटमा परेको थियाे । नेपाली टोलीलाई भीम सार्कीले ७० रन प्रहार गर्दै इनिङ्स सम्हालि दिए । उनले छैटौं विकेटका लागि सन्दीप लामिछाने र सातौं विकेटका लागि आरिफ शेखसँग ५६/५६ रनको साझेदारी गरेका थिए । यसरिनै आरिफ शेखले नटआउट ४३ रन बनाए । आरिफ शेखले ५६ बल सामना गरेका थिए । उनले २ चौका र १ छक्का प्रहार गरे । लामिछानेले २७ रन बनाए । करन केसीले ११ बल खेल्दा १७ रन बनाएका थिए । त्यस्तै नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका प्रतीश जिसीले ११ रन बनाए ।

ओपनर आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए। कुशल मल्लले ३२ रन बनाउनुबाहेक अन्य टप अर्डर ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित पौडेलले १ र दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए ।

यूएईका लागि जुनैद सिद्दीकीले ३ तथा रोहन मुस्तफा, आर्यन लाक्राले २-२ विकेट लिए ।

नेपालले यूएईलाई हराएसँगैअंकतालिकाको शीर्ष तीनमा रहने सम्भावना कायमै रहनेछ । नेपाल अंकतालिकाको शीर्ष ३ मा रहे विश्वकप क्वालिफायर खेल्न पाउनेछ । यूएईले पीएनजीसँगका दुवै खेल गुमाएपछि त्यसको फाइदा नेपाललाई पनि पुगेको छ । आइतबार भएको खेलमा यूएई पीएनजीसँग पाँच विकेटले हारेको थियो ।

नेपालको ३२ खेलबाट ३२ अंक भएको छ । नेपालले यूएईमाथि जित हात पारेपछि तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यूएईपछि नेपालले घरेलु मैदानमा फागुन २५ देखि यूएई र पीएनजीसँगै लिग टुको अन्तिम सिरिज खेल्नेछ । नेपालको ओडीआईले निरन्तरता पाउन ४ मध्ये २ खेल जित्नु पर्नेछ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %