सन्दर्भ विश्व आदिवासी दिवस- जाग आदिवासी ! भाषा सकिन थाल्यो । संस्कृति पनि लोप हुने भो !!

Read Time:6 Minute, 9 Second

स्वतन्त्र पत्रकार तथा सुप्रसिद्ध अङ्रेजी साहित्यकार तथा समालोचक सामुयिल जोह्न्सनले भनेका छन् ‘ल्याङुइज इज द ड्रेस्स अफ थट्’ ।हुन पनि हरेक व्यक्ति ,समुदायको ,भाषा नहुदो हो त विचार अभिब्यक्ति गर्न सायद यति सहज र सरल  हुने थिएन होला । तर यस्तो बहुमूल्य रत्न लोप हुन थालेकोमा भने बिज्ञहरु चिन्तित देखिन्छन् । बिभिन्न भाषा बिज्ञहरुको  प्रतिनिधिहरुले  त्रिनती कलेज अफ क्यामर्थन वेल्समा सम्मेलन गरि आदिवासी भाषाहरु दिन–दिनै सन्कटतिर धकेलिदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।\


उक्त विचार गोष्ठीमा कसैले दुइचार जनाले मात्र बोल्ने भाषाको लागि मरिहत्ते गर्नु तर्कसंगत नभएको बिचार व्यक्त गरे भने कसैले भाषालाई एउटा अभिव्यक्ती गर्ने माध्यम मात्र नभएर यसले हरेक व्यक्तिको पहिचान र आफ्नै विषेशता बोकेको हुनाले भाषा  लोप  हुनु भनेको  यो संगै सम्पुर्ण ज्ञान पनि लोप भएर जाने हुँदा चिन्ता गरिनुपर्ने कुरा व्यक्त गरे।

संसारमा करिब ६००० भाषाहरु जिवित रहेको बताइएकोछ ।  फाउन्डेसन अफ इन्डेन्जर्ड ल्याङुएजेसका अनुसार ५०० देखी १००० भाषाहरु केही सिमित व्यक्तीहरुले मात्र बोल्छन् । उक्त संस्थाका अनुसार हरेक बर्ष २५ मातृभाषाहरु लोप भई रहेकोछ  । यसरी जाने हो भने एक दसकमा करिब २५० जति भाषा हरु लोप भएर जानेछन । क्यामर्थन वेल्समा भएको उक्त सम्मेलनमा करिब १०० जना बिज्ञहरुको सहभागिता रहेको थियो । सहभागीले बिभिन्न भाषाहरुको बारेमा छलफल गरेका थिए ।

उक्त संस्थाका अध्यक्ष निकोलस ओस्लर भन्छन् – हरेक भाषाको आ–आफ्नै बिशेषता हुन्छ जस्ले मानव हुनुको एक बिशेषता बोकेको हुन्छ । जब भाषा मर्दछ त्यो संगै सम्पुर्ण ज्ञान पनि लोप भएर जान्छ । उनका अनुसार यी भाषा संरक्षणका लागि सरकारी सहयोग आवश्यक छ ।  लेखक तथा ब्रोड्कास्टर केनाम मलिक भने संसारका सबै भाषाको बचावट गर्नु तर्कसंगत नभएको ठान्छन  । उनका अनुसार भाषा लोप हुनु भनेको संस्कृति लोप हुनु हो तर यी कुराहरु लोप भैरहन्छन । हरेक संस्कृति सधैंको लागि रहनु भनेको हास्यास्पद कुरा हो । यसरी बिगतलाई फर्काउन कोसिस गर्नु भनेको अगाडि बढ्नुको सत्ता पछाडि धकेलिनु हो ू। टाइम्स पत्रिकाका स्तम्भकारका अनुसार भाषा कुनै राजनीतिज्ञको हातमा होईन जनताको हातमा हुन्छ  । भाषा साँचो अर्थमा लोकतन्त्र हो । यो कुनै बिज्ञ ,भाषा बैज्ञानिक ,पत्रकार आदिले भन्ने होईन यो जनताले ग्रहण गर्ने कुरा हो । उनी भन्छन् ‘यो कुनै रुख बिरुवा होईन जो हुर्की बढी झर्दछ र कुहिएर जान्छ । यो साधन हो जसलाई प्रयोगकर्ताले आत्मासात गरेको हुन्छ ‘।
युरोपमा विविध भाषा संरक्षणको लागि संस्था छ जसमा युरोपियन युनियनका सदस्य राष्ट्रहरुले हस्ताक्षर गरेका छन् । यसले संकटपूर्ण अवस्थामा रहेका भाषाहरुको संरक्षण  गर्दछ । गत बर्ष मात्र अत्यन्त  जोखिममा  रहेका भाषाहरुको लागि २।७ मिलियन युरो प्रदान गरिएको  थियो ।

बेलायतमा अङ्ग्रजी बाहेक १/२(half ) मिलियन जति वेल्स भाषी रहेकाछन् । केही हजार स्कट्सहरु गेलिक भाषी ,करिब ४०० जति कर्निश भाषी ,१०० जति आइल अफ म्यान मा मन्क्स भाषी हरु रहेको जनाइएको छ । अन्य कक्नी ,जिओर्डी आदि रहेका छन् जस मध्ये वेल्स भाषीहरुको प्रभाव छ ।

यता नेपालमा जनगणना २००१ अनुसार १२० वटा भाषा रहेकोछ । साइनो तिबेटियन  ,इन्डो आर्यन ,द्रविडियन ,अस्त्रो एसियातिक रहेको छ । जस्मा नेपाली (खष )भाषी हरु ६९% ,मैथली १२.३ % ,भोजपुरी ७.५% थारु ७.५% ,तामाङ ५.९% नेवारी ३.९२ %,  मगर ३.३९ % आबदी २.४७ % वान्तवा १.४ % गुरुङ १.३ % लिम्बु १.४७ % ,आठपहराई (राइ ), बहिङ /रुम्डाली ,बेल्हारे ,भुजेल ,चाम्लिङ (राइ ), छ्यन्त्याल ,चेपाङ ,चिन्ताङ ,धन्वार राइ ,धिमाल, दोग्री काङ्री ,दुमी राई , खालिङ राइ , वाम्बुले राई ,वायु ,याक्खा  , ,कुलुङ राई ,कुरुख ,कुसुन्दा ,लेप्चा ,मज्वार ,मुगोम ,मुन्दरी ,पुमा ,साम्पाङ राई ,सस्कृत ,सन्ताली ,शेर्पा, सुनुवार ,थुलुङ राई थकाली  , दुरा,कयोर्ट ,  खाम रहेको जनाइएकोछ । जुन तथ्याङ्कलाई आदिवासी जनजातीहरुले  मिथ्यांक मान्दै आएका छन् । हेरौ अब आउने जनगणनाको तथ्याङ्कले कस्तो नतिजा देखाउछ ।    

डा चजिन्द्र राना  मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %