बेलायत
नोर्वेको राजधानी ओस्लोमा भएको बमकान्ड घटेको केही घन्टा पनि बित्न नपाउदै अति सुन्दर शान्त तापुमा एकाएक पुलिस को भेषमा आई गोली चलाउदा करिब ८५ जना भन्दा बढीको मृत्यु भयो । उक्त घटनामा ३२ बर्षिय एक जना नर्वेली पक्राउ परेका छन् भने प्रहरीले अरुलाई खोजी जारी राखेको छ ।
यस्ता ब्यक्ति कट्टर धार्मिक हत्यारा !
उतोय तापुको उक्त दुखदायी घट्ना ओस्लोमा सरकारी कार्यालय नजिक बम बिस्फोट भएको केही घण्टा पछि घटेको थियो । जहाँ ७ जनाको ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए । उक्त तापुमा पुलिस को भेषमा आई एक एक जनालाई बोलाउदै गोली प्रहार गरिएको थियो ,उक्त त्रासदी पूर्ण घट्नामा धेरै जसो १४ बर्ष देखि १९ बर्षीय युवा युवती हरु परेका छन् । लेबर पार्टी युथ विङको समर क्याम्पिङमा भएको उक्त घट्नाको कसैले जिम्मेवारी नलिएपनि पक्राउ परेका व्यक्ती क्रिस्चियन कट्टरवादी रहेकोले मुस्लिम बिरुद्ध एक धार्मिक कान्ड हुन सक्ने जनाइएको छ ।
उक्त घट्नलाई प्रधान मन्त्री जेन्स स्तोल्तेन्बर्गले नर्वेको ईतिहासमा अत्यन्त दुस्खदायी घट्ना भएको ,आफ्नो बाल्यकाल धेरै चोटि उक्त टापुमा बिताएको सुन्दर स्वर्ग अहिले नर्कमा परिणत भएकोमा अत्यन्त दुखी प्रतिक्रिया दिंदै सबैलाई शान्त रहन आग्रह गरेका छन्।
उक्त घट्नाको एक प्रत्यक्षदर्शीका अनुसार बन्दुकको आवाज सुनेपछि हेर्दा पुलिस अफिसर देख्दा आफू सुरक्षित रहेको ठानिन । तर उक्त व्यक्तिले उनकै अगाडि जथाभावी गोली चलाउदैं उनकै आँखा अगाडि धेरैको ज्यान लियो ।उसले पानीमा ज्यान जोगाउन हाम्फालेका हरुमाथी पनि गोली बर्साएको थियो । उक्त घट्न प्रति खेद प्रकट गर्दै बेलायती महारानी एलिजावेथले राजा हेराल्दलाई शोकपत्र लेखिकीछन् भने बेलायती प्रधान मन्त्री डेविड क्याम्रोनले उक्त घट्नाको कडा निन्दा गरेका छन् ।