अपहरणको अभियोगमा छ जना पक्राउ

Read Time:1 Minute, 18 Second

    लहान, २९ असोज । अपहरणको अभियोगमा यहाँबाट गएराति छजना पक्राउ परेका छन् । सिरहा नगरपालिका–७ का बलिराम ठाकुरलाई अपहरण गरेको आरोपमा जनतान्त्रिक तराई मुक्तिमार्चा (राजीव झा समूह) का केन्द्रीय सदस्य रामशोभित यादव भन्ने पारस मुक्ति, सिरहा–७ का दीपेश ठाकुरसहित छजना पक्राउ परेका छन् ।
अभियुक्तहरूलाई हिरासतमा लिई अनुसन्धान थालिएको उल्लेख गर्दै प्रहरी नायब उपरीक्षक नरेन्द्र उप्रेतीले सबैको नाम सार्वजनिक गर्न नमिल्ने बताए । हिजो साँझ सिरहा–६ स्थित दुर्गा मन्दिरबाट पूजा गरी घर फर्कंदै गर्दा मोटरसाइकलमा आएका दुईजना हतियारधारीले ठाकुरलाई अपहरण गरेका थिए ।
सुरक्षाकर्मीले सारस्वर गाउँ विकास समितिबाट ठाकुरलाई मुक्त गरेको हो । प्रहरी देखेपछि अपहरणकारीहरू भागेका थिए । भाग्दै गरेका उनीहरू अन्ततः प्रहरीको नियन्त्रणमा परेका हुन् ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %