कतारमा आदिवासी चलचित्र

Read Time:2 Minute, 50 Second

१७ औं विश्व आदिवासी दिवसको उपलक्ष्यमा कतारमा रहेका आदिवासी जनजातिहरुले आफ्नै भाषामा बनेको चलचित्र हेर्न पाउने भएका छन् । कतारवासी नेपालीहरुका लागि यस्तो अवसर इन्डीजिनियस फिल्म अर्काइभ आइफाको सहकार्य तथा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आयोजनामा सम्भव हुन लागेको हो ।

कतारमा पहिलो पटक हुन लागेको नेपाल आदिवासी\जनजाति चलचित्र महोत्सव कतार-२०११ को सहआयोजकमा नेपाल प्रवासी मगर संघ, किरात याक्थुङ चुम्लुङ, तमु बौद्ध सेवा समिति शाखा, किरात राई यायोक्खा, नेपाल प्रवासी तामाङ समाज, थारु कल्याणकारी सभा, प्रवासी शेर्पा संघ, नेपाल दराई प्रवासी समाज, प्रवासी भुजेल सेवा समाज र प्रवासी सुनुवार समाज कतार रहेका छन् ।

नेपालका आदिवासी चलचित्रहरु नुमाफुङ (लिम्बु), आसे (मगर), कृपा (गुरुङ), ब्रुहान (थारु), गोदेवा (तामाङ) र सिम्मा (राई बान्तावा) साउन १३ गते (29 July 2011) दोहा सिनेमा भवन कतारमा प्रदर्शन गरिने चलचित्र महोत्सवमा इन्डीजिनियस फिल्म अर्काइभ आइफा का सचिव साजोग लाफा मगर सहभागि हुने महोत्सव संयोजक बिनेस तामाङले जानकारी गराएका  छन्  ।

आदिवासी\जनजातिको परम्परागत ज्ञानलाई अन्य समुदायमा हस्तान्तरण र आदिवासी चलचित्रहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्नको लागि आयोजना हुन लागेकोले कतारमा कार्यरत नेपालीहरुमा उत्साह थपिएको छ ।

आदिवासी चलचित्र हेरेपछि कतार सेन्सर वोर्डका पदाधिकारीहरुको अनुरोधमा चर्चित टेलिभिजन अल जजिराले आयोजना गर्ने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छिरीङरितार शेर्पाको व्युल पृनाराज जोशीको त्यूत्सी ग्वेमरु, लुनिभा तुलाधरकॊ बुयगु मान्तुना, सजोग लाफा मगरको जीवित तर मृत्यु र सुकुमाया मोक्तानको छोटो चलचित्र पोङ नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको संयोजनमा छनौटको निमित्त समावेस गरिने छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %