जापान
नेपाल आदिबासी जनजाती महासंघ जापानले २१ अगष्ट २०११ का दिन ओटा कु , जे।आर। खामादा एकि, सान्ग्यो प्लाजा टोक्योमा आफ्नो १२औ महाधिबेसन र १७औ बिश्वो आदिबासी दिवस संगै गर्ने भएको छ । नेपाल आदिबासी जनजाती महासंघ केन्द्रीय समिति जापान, टोक्यो र टोकाईले ऐतिहासिक रुपमा जापानमा पहिलो पटक संयुक्त रुपमा १७औ बिश्वो आदिबासी दिवस मनाउन लागेको हो । स्थापनाकाल देखि नै आदिबासी जनजाती महासंघ टोक्यो र टोकाईमा विभिन्न विवादका कारण चाहेरपनि संयुक्त रुपमा कुनै कार्यक्रम गर्न सकिरहेको थिएन । टोकाई र टोक्यो बाट संयुक्त रुपमा हुन लागेको कार्यक्रम यो पहिलो हो ।
कार्यक्रममा आदिबासी जनजाती महासंघ टोकाईबाट आफ्नो मातहतका संघ संस्थाका प्रतिनिधिहरु उल्लेख्य रुपमा उपस्थित हुने र बताइएको छ भने टोक्यो मा पनि यस्तै हल्ला सुनिन्छ । तर नेपाल आदिबासी जनजाती महासंघ टोक्योको तेश्रो महाधिबेसनमा मगर सेवासमिति टोक्योको प्रतिनिधित्यो छन्त्याल ले गरेका थिए ।
श्याम राना मगर