गायत्री राना
नवलपुर , १४ पुस
“लाहुरे को रेलिमाई फेसनै राम्रो ढाका टोपी रेलिमाई खुकुरी भिरेको “
याे कालजयी गीतका गायक एवम् झ्याउरेका सम्राट मास्टर मित्र सेन सिन्जाली थापा मगरको २९ डिसेम्बर 2022 काे दिन १२८औ जन्मजयन्ती र परिचायत्मक कार्यक्रम कावासोती ताल पोखरी परिसरमा अर्ध कदको शालिक अनावरण सहित भव्य रूपमा सम्पन्न भएकाे छ ।
सो शालिक मेजर श्याम सिंह थापा मगर ट्रस्ट र मास्टर मित्र सेन स्मृति प्रतिस्ठान काठमाडौंका पुर्ब अध्यक्ष एवं बर्तमान संरक्षक एवं सल्लाहकार श्री त्रिलोक सिंह थापा मगर को आर्थिक सहयोगमा निर्माण गरिएको थियोे ।
मास्टर मित्र सेन थापा स्मृती प्रतिष्ठान कावासोती नवलपुर शाखा द्वारा आयोजित कार्यक्रममा शाखाकि अध्यक्ष लिला राना मगर ले अध्यक्षता गर्नु भएको थियोे भने प्रमुख अतिथि गैंडाकोट नगरपालिका नगर प्रमुख मदन भक्त अधिकारी ज्युले पानसमा बत्ती बाली उद्घाटन गर्नु भएको थियोे । मास्टर मित्र सेन को हुन?भनि उनकाे परिचय अध्यक्ष लिला राना ले गराउनु भएको थियोे ।
सल्लाहकार धन बहादुर मास्की रानाले स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रम संचालन प्रतिष्सठानकि सचीव शारदा झेडी मगरले गरेका थिए । केन्द्रिय समितिको तर्फबाट उपाध्यक्ष गायत्री राना, महासचिव मित्र राना, कोषाध्यक्ष यम सिन्जाली, सदस्य अमला थापा र चलचित्र निर्देशक युवराज मास्की को उपस्थिति रहेकाे थियो ।
केन्द्रीय उपाध्यक्ष गायत्री रानाले आफ्नो मन्तव्य मा मास्टर मित्र सेन लाई रास्ट्रीय बिभुती घोषणा गर्नु पर्ने माग गरेका थिए । अन्य अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शालिक नजिक निर्माण गरिएको युद्ध स्मारक मा पुष्प गुच्छा अर्पण गरिएको थियो ।
कार्यक्रम मा लायन्स क्लब अफ चितवन का केशव राज लोहनी ,बरिस्ठ साहित्यकार राजेन्द्र घायल,साहित्यकार सदानन्द अभागी ,लुम्बिनी आदर्श डिग्री कलेज प्रमुख एवं प्रतिस्ठान का सल्लाहकार बाबुराम रानामगर ,सल्लाहकार भुवन आले ,भुतपुर्व सैनिक कल्याणकारी सस्थाका लेख नाथ तिवारी ,नेपाल नेत्र ज्योति सघ नवलपुर का सह सचीव योग प्रसाद शर्मा , साहित्यका कार गोकर्ण मल्ल ,आसमाया आले मगर तिलकबहादुर थापा मगर ,उद्रसिह गुरुङ ,पुर्ण बा क्षेत्री ,कमल राना , टेकबहादुर बि क ,हरि ढुंगाना विभिन्न सघ सस्था का प्रतिनिधिहरु र १५६ जना भद्रभलादमिहरु को सहभागिता रहेको थियो ।

गायत्री राना प्रतिस्ठानका केन्द्रीय उपाध्यक्ष हुन