मगर समुदाय टुक्रयाउने खेलमा लागे कंडेल बाहुन सुँगुर,भेडा र कुखुराको ” प्रोपेगंडा “बोकेर।

Read Time:9 Minute, 15 Second

२०७९ पुस १

पूर्ण बहादुर राना

इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कँडेलकाे मनमा हाम्राे सँस्कृति जाेगाउने हाेईन “सँस्कृतिकाे नाममा अकुत सम्पत्ति” र सस्ताे लाेकप्रियता कमाउनका लागि इन्द्रेणी खाेलेका हुन्मगरकाे सँस्कृति जाेगाउने उद्देश्यले इन्द्रेणी खाेलेका भए पक्कै पनि मगरपन र मगरकाे सँस्कृति जाेगाउनकाे लागि मगर भाषामा गित गाउन लगाउँथे हाेला । मगर फुटाउने विवादास्पद कुरा गर्ने थिएन हाेला । अहिलेसम्म इन्द्रेणीले मातृ भाषाहरूमा गीत गाउन पठाएकाे मैले सुनेकाे छैन ।

ऐतिहासिक कालदेखि “जुवारी” भनेर प्रचलनमा आएकाे शब्दलाई दाेहाेरि शब्द राखेर विस्थापन गर्ने थिएन हाेला । मगर भाषामा “जुवा” काे अर्थ “जित्याे” र “रि” काे अर्थ “नि” हुन्छ । उसकाे भित्रि आसय खस भाषाकाे मजबुत राष्ट्रियकरणकाे लागि प्रचार प्रसार हाे । बरू मगरकाे सँस्कृति बेचेर सम्पत्ति कमाउने उद्देश मात्रै हाे ।

कताकता लाग्दाे हाे मगर रिसाएनी इन्द्रेणीमा बाेलाएर नचाए र गाउन लगाए पछि रिसाएका मगर खुसि भै हाल्छ । हुन पनि मगर साँस्कृतिक चिन्तनमा रहेकाे जाति हाे । बहुसंख्यक मगर साँस्कृतिक चिन्तनबाट माथि उठेकाे छैन । राजनीतिक चिन्तनबाट राज्यसत्ताको चिन्तनमा पुग्नु त परकाे विषय हाे ।

खसी र कुखुरा खाने पुनहरू मगर हाेईन भनेर न्वारन गरिदियाे एउटा बाहुनले ।कुन जनावोरको मासु खाए कुन जात हुन्छ भनी ,केही अबुझ ,लाटो मगर हरुमाझ कान फुक्दै छन , हुन सक्छ ती पुन मगर होइन भन्ने नक्कली पुन पनि हुन सक्छन हिजो बिदेशी सेनामा भर्ती हुँदा धेरै अन्य समुदायहरुले पनि आफ्नो जात, थर ढाटी थापा मगर , पुन मगर राना मगर लेखाएर भर्ती भएकाहरु जिउदै छन यही समाजमा । हिजाे बाहुनले व्यक्तीको नाम राख्थे । आज जाति टुक्र्याएर नाम दिंदैछ मगरलाई मगर हाेईन भनी । यहि कुरा राजनीतिक स्थानबाट भनेकाे भए त्यति कान ठाडाे पार्ने थिएन हाेला । सुन्ने थिएन । किनकि देशविदेशमा रहेका अधिकांश ४० कटेका बढि रमाइलो चाहिने मगर मगरनिले समाचार भन्दा इन्द्रेणी कार्यक्रमबाट प्रसारण हुने लाेकदाेहाेरि हेर्छन् । त्यसैले कृष्ण कँडेलकाे कुरा आँखामा काँडाले घाेचेझै छिटाे देखे र बुझे ।

मगरले बुझेकाे जेके(खानु), गाके(पिउनु), ल्हिङ्के(गाउने) र स्याहाके(नाच्नु) नै हाे । याे चिन्तनमा बस्नु हुँदैन भनेकाे कदापि हाेईन । बस्नुपर्छ तर राजनीतिक र राष्ट्रिय चिन्तनमा पनि उठ्नुपर्छ । राजनीति लागे पनि मगरलाई चुनावकाे बेलामा हाे । त्यतिबेला मगरलाई छाेई नसक्नु हुन्छ । भिन्न पार्टीको मान्छेले बाेलाउँदा हान्न खाेजेकाे भैंसिले झैं राताराता आँखाले तर्ने । बाेलिचालि बन्द हुने । र चुनाव सिद्धिएकाे भाेलिपल्ट फेरि सामान्य स्थितितर्फ फर्कने गर्छन् ।

अब रह्याे सुँगुरकाे मासु

चिनुवा अचेबिले भनेका थिए सँस्कारले मानिसकाे दिमागलाई आकार दिन्छ । जुन मानिस जुन सँस्कार र खान्कि खाएर हुर्क्याे त्याे मानिसलाई त्यहि खान्कि र सँस्कार मन पर्छ । खान्कि र बान्कि समुदायले भाैगाेलिक परिवेशकाे आधारमा निर्धारण गर्छ ।

नेपालकै परिवेशमा पनि हिमाली भेगमा भेंडा र चाैंरि पाउँछ । त्यस ठाउँमा बसाेबास गर्ने मानिसले भेडाकाे मासु र चाैंरिकाे दूध खान्छन् । हिमाली भेगका मानिसले आलुकाे परिकार र फाफर खान्छन् । उच्च पाहाडि भेगमा बस्नेले ठाउँ अनुसार कतै भ‌ैंसिकाे मासु कतै च्बायाङ्रा र बाख्रा र कतै गाईगाेरूकाे मासु खान्छन् । पहाडि भेगमा मगर, राई, लिम्बू आदिले सुँगुरकाे मासु खान्छन् । यस भेगका मानिसले काेदाे र मकैकाे परिकार खान्छन् । तराई भेगका मानिसले राँगाे, खसी, कुखुरा खान्छन् । यस ठाउँका मानिसले धानकाे चामलबाट बनेकाे परिकार खान्छन् । नाच पनि काेहि लाखे नाच्छन् । काेहि हुर्रा, काैरा, सालैज्याे, घाँटु र पैंसरू नाच्छन् । काेहि साकेला, धान नाच, डण्डि, सखिया नाच:, झुम्रा नाच, तिज नाच आदि नाच्छन् । एउटै नाच, एउटै गाना, एउटै खाना, एउटै छाना र एउटै नाना नलगाई भिन्न भिन्न प्रकारका नाच, गाना, खाना र नाना लगाउँछन् । याे विविधतानै नेपालकाे गहना हाे ।

मैले खाएकै खानुपर्छ । मैले गाएकै गाउनु पर्छ । मैले लगाएकै लगाउनुपर्छ भन्याे भने बुझेकाे दिन विद्राेह हुनेछ ।

संसारका मानिसले उपभाेग गरेकाे आधारमा कुन पशुपंछिकाे मासु कतिअाैं स्थानमा पर्छ। हेराैं ।
१. सुँगुर(Pork)
संयुक्त राष्ट्र संघकाे तथ्यांकअनुसार विश्वमा सबैभन्दा व्यापक-खाने मासु पाेर्क(सुँगुर) हो । संसारकाे कुल जनसंख्याको ३६% मानिसले पाेर्क मासु खान्छन् । उपभाेग संख्याकाे आधारमा सुँगुरकाे मासु पहिलाे स्थानमा पर्छ ।

२. कुखुरा(Chicken)
विश्वकाे दाेश्राे स्थानमा खाने मासु कुखुराकाे हाे । याे पाेर्क पछि पर्छ । विश्वकाे ३३% मानिसले कुखुराकाे मासु खान्छन् ।

३. गाेमांस(Beef)
संसारमा तेस्राे स्थानमा खाने मासु गोमांस अर्थात् गाईकाे मासु हाे । विश्वकाे कुल जनसंख्याको २४% ले गाईकाे मासु उपभाेग गर्छन्

४. भेडा(Sheep)

विश्वकाे चाैंथाे स्थानमा उपभाेग गर्ने मासु भेडाकाे मासु हाे । विश्वकाे ५% मानिसले भेडा र बाख्राकाे मासु खान्छन् ।

विश्वका मानिसकाे उपभाेगकाे क्रमसंख्याकाे आधारमा भेडा चाैंथाे र बाख्रा पाँचौं स्थानमा पर्छ । बाँकि छैटौं स्थानमा टर्कि(Turkey)काे मासु पर्छ । साताैं स्थानमा पानी हाँस(Duck)काे मासु पर्छ । आठौं स्थानमा भैंसी(Buff) काे मासु पर्छ । नवाैं र दशाैं स्थानमा क्रमशः हांसकाे मासु(Goose meat) र खरायाे(Rabbit)काे मासु पर्दछ ।

तसर्थ सुँगुरकाे मासु खानेहरू मान्छेनै हाेईन भनी साेंच्छन भने बेलायत, अमेरिका, अष्ट्रेलिया, काेरिया, जापान चाईना किन जाने? त्यय देशका मानिले पनि त सुँगुर र गाई मासु खान्छन् त ! अनि ती देशहरूमा जान मरिहत्ते किन गर्ने? जाने भए किन हाेच्याईरहने? ति देशमा गएर आएपछि नाटक गरेर सुँगुर(Pork)काे मासु किन खाने?

मगर भित्र काेहि भेडा खाने मगर छन् । काेहि खसी खाने मगर छन् । काेहि भैंसी खाने मगर छन् । काेहि कुखुरा खाने मगर छन् भने काेहि मासु नखाने साकाहारि मगर छन् । त्यसाे भए अब के तिनलाई मगरै नभन्ने?

कँडेलकाे जाति बाहुन भित्र पनि काेहि खसी खाने र कुखुरा खाने बाहुन छन् । काेहि मासुनै नखाने बाहुन पनि छन् । मासुनै नखाने बाहुनलाई बाहुनै हाेईन भनिदिने? नत्र मासु नखाने बाहुनलाई के भन्ने? खान्किकाे आधारमा मगरलाई छुट्याउन राम कृष्णे बन्ने खान्किकाे आधारमा बाहुन छुट्याउन नसकेर वा नचाहेर काेदाे पिस्ने बन्ने?

7 0
Happy
Happy
43 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
57 %
Surprise
Surprise
0 %