अफगानिस्तानमा पुन: तालिवानको राज

Read Time:9 Minute, 51 Second

taliban

पूर्ण बहादुर राना
काठमाडौं
श्रावण ३२

अफगानिस्तानका राष्ट्रपति माेहमद असरफ घानि देश छाेडि विदेश ताजकिस्तान भागेका छन् । राजधानी काबुल विद्राेहि तालिबानिकाे कब्जामा रहेकाे छ । झण्डै दुई दशक भन्दा लामाे शसस्त्र संघर्ष पश्चात् विद्राेहि समुहले मुलुकनै कब्जा गर्न सफल भएकाे छ ।

राजधानि काबुल घर्नु अघि तालिवानिले देशका ३४ मध्ये कम्तीमा २६ वटा प्रान्त कब्जा गरेका थिए । तालिवानले राजधानी काबुल घेरेपछि गृहमन्त्रीले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको जनाएका थियाे ।

उच्चस्तरीय राष्ट्रिय मेलमिलाप परिषद्का अध्यक्ष तथा पूर्वराष्ट्रपति अब्दुल्लाह अब्दुल्लाहले ‘घानीले देश छाडिसकेको’ बताए । अब्दुल्लाहले राष्ट्रपति घानीले अप्ठ्यारो परिस्थितिमा देश छाडेको जनाएका छन् ।

नागरिकलाई यश अवस्थामा राखेर पुर्व अफगान राष्ट्रपतिले देश छाेडेर भागे” अब्दुलाहा अब्दुल्लाहाले अाफ्नाे फेसबुकमा भनेका छन् । अब्दुल्लाहले भने, “भगवानले उनलाई जिम्मेवार बनाउने छ र जनताले उनकाे मुल्यांकन गर्नेछ ।” उपराष्ट्रपति अम्रुल्लाह सलेहले पनि देश छाडेको ठानिएको छ । गृहमन्त्री अब्दुल सत्तार मिर्जक्वालले तालिवानलाई सत्ता हस्तान्तरणको तयारी भइरहेका बेला राष्ट्रपतिले देश छाडेको जनाए । तालिवान लडाकु काबुलतर्फ अघि बढेपछि घानीले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै ‘मुलुक गम्भीर खतरामा’ परेको दाबी गरेका थिए ।

घानि सन् २०१४ देखि अफगानिस्तानको राष्ट्रपति रहेका थिए । घानी अर्थविद् हुन् । दुई वर्षअघि सम्पन्न चुनावमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । घानिले सन् १९८३ देखि अमेरिकाका विश्वविद्यालयमा लगभग ८ अध्यापन गरेका थिए । सन् २००९ मा उनि राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्न अमेरिकी नागरिकता त्यागेर अफगाअाएका थिए । तालिवानले सत्ता हस्तान्तरण, संक्रमणकालीन सरकारको नेतृत्वलगायत विषयमा सरकारसँग वार्ता भइरहेकाे जनाएको छ । तालिवानले आफ्ना लडाकुलाई काबुलमा आक्रमण नगर्न निर्देशन दिएको छ । तालिवानले एक विज्ञप्ति जारी गर्दै काबुल छाड्न चाहने कसैलाई पनि नरोकिने जनाएको छ । ‘वार्ता कुनै टुंगोमा नपुग्दासम्म काबुलको शान्ति सुरक्षाको जिम्मेवारी सरकारको हुन्छ,’ तालिवान प्रवक्ता मुहम्मद सुहेल सहिनले अलजजिरासँग भनेका छन् । उनले महिलाहरूलाई सुरक्षा दिइएका क्षेत्रतर्फ जान आग्रह गरेका छन् ।

दुई तालिवानि अधिकृतका अनुसार तालिवानिले सङ्क्रमणकालिन सरकार नभई पूर्ण सरकार हस्तान्तरणकाे अपेक्षा गरिएकाे छ ।

विशेषगरी अफगान जनता, नागरिकहरू मृत्यु, चाेट र अराजक गतिविधिबाट अमेरिकाले २००१ मा अफगानिस्तानमा अाक्रमण गरेदेखि भाेगिरहेका थिए ।

सन् २०१९ मा संयुक्त राष्ट्रसंघकाे एक दशक व्यवस्थित दस्तावेजिकरणले देखाईए अनुसार युद्धको असरले १००,००० भन्दा बढि व्यक्तिको मृत्यु भएको देखाएको छ । तालिवानले राष्ट्रपतिको कार्यालय कब्जा गरेको छ भने राष्ट्रपति घानीको बासस्थान कब्जामा लिएको छ । 

तालिवान को हुन् ?
तालिवान शब्द तालिब बाट आएको हो जसको अर्थ अरबिक र पास्तुन भाषामा विद्यार्थी हुन्छ । । यसको अर्थ तालिबान मर्दशा विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई संगठित गरि आन्दोलनमा होमिएको समुह हो । इस्लामिक कट्टरपन्थी नेता मुल्लाह ओमरले परम्परागत शैक्षिक संस्था मदर्साका विद्यार्थीलाई संगठित गर्दै तालिवानको गठन गरेका हुन् । अफगानिस्तान को राजनीति अस्थिरता बने पछि सोभियत संघको एकलाख सेना सन् १९७९ को डिसेम्बरमा अफगानिस्तान पसेका थिए । यहि अवसरामा अमेरिकाले सोभियत र अफगान सैनिकविरुद्ध मुजाहिद्दीनलाई हतियार तथा आर्थिक सहयोग गर्यो । त्यतिबेला पाकिस्तान र साउदी अरेबियाले खुलेरै समर्थन गरे । सन् १९८८ मा अफगानिस्तान, सोभियत संघ, अमेरिका र पाकिस्तानबीच शान्ति सम्झौता भयो । शान्ति सम्झौता पश्चात सोभियत संघले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गरे आफूहरूले मुजाहिद्दीनलाई सहयोग बन्द गर्ने प्रस्ताव अमेरिकाले राख्यो । सोभियत संघले अफगानिस्तानबाट सेना फिर्ता लग्यो तर अमेरिकी नीतिमा कुनै परिवर्तन आएन । सोभियत सेना फर्किएपछि सन् १९९० को सुरुमा कट्टरपन्थी धार्मिक अभियान ४ वर्षपछि शक्तिशाली बन्यो । गृहयुद्धमा धकेलिएको अफगानिस्तानमा मुजाहिद्दीनले सरकारविरुद्ध व्यापक सफलता हात पार्यो र सन् १९९२ मा नजिबुल्लाहको सरकार ढल्यो । मुजाहिद्दीन समूहका बुर्हानुद्दीन रब्बानीले अफगानिस्तानको नेतृत्व सम्हाले ।

तालिवानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त सन् १९९५ को सेप्टेम्बरमा नियन्त्रणमा लियो । तालिबानले एक वर्षपछि राजधानी काबुलमा नियन्त्रण जमायो । तालिवानले राष्ट्रपति रब्बानीलाई हटाइ इस्लामिक इमिरेट्स अफ अफगानिस्तानको स्थापना गर्यो । यस राजनीतिक परिवर्तनलाई साउदी अरब, यूएई र पाकिस्तानले औपचारिक मान्यता दियो । पाकिस्तानलाई तालिवान अभियान सुरु गरापएको आरोप लाग्ने गरेको छ तर त्यसको इस्लामावादले खण्डन गर्दै आएको छ ।
यसरी एकापछि अर्को आक्रमण सफलता हात पार्दै आएको तालिवानले सन् १९८८ सम्म अफगानिस्तानको ९० प्रतिशत भुभाग नियन्त्रणमा लिन सफल भयो । सन् २००१ म अलकायदा संगठनले अमेरिकाको वल्डै ट्रेड सेन्टर आक्रमण गरेपछि भने तालिवानका खराब समय सुरु भएको थियो । बिन लादेनलाई आक्रमणको प्रमुख योजनाकारका रहेको अमेरिकाले ठहर गर्यो र तालिवान सरकारसँग पक्रनका लागि सहयोग माग्यो तर तालिवान सरकारले घटनामा अलकायदाको संलग्नता भएमात्रै समन्यव र सहयोग गर्न सकिने बतायो । तालिवानको यस प्रतिक्रियाबाट अमेरिका चिढियो र अफगानिस्तान माथि आक्रमण सुरु गर्यो र २००१ मा तालिवान सरकार धराशायी बन्यो । अमेरिकी सेना ओसामा बिन लादेनको खोजीको निहुँमा अफगानिस्तान छिरेको थियो । ओसामा बिन लादेनलाई सफाया गर्न अमेरिकालाई १० वर्ष लाग्यो । ओसामा बिन लादेनलाई पकड्न र सफाया गर्न अमेरिकाले अनेक हतकण्डा र उपाया अपनाएको थियो । अन्तमा ओसामालाई अन्तिम पाकिस्तानी सहर अबोटाबादमा मारिएको थियो । ओसामा बिन लानेदलाई मार्न १० वर्ष लाग्यो भने उनलाईमारेको १० वर्षसम्म युद्ध जारी रह्यो । अहिले अचानक अमेरिकी सेना फिर्ता भएपछि यसको १० दिनमा तालिवानले अफगानिस्तान कब्जा गर्यो । ब्राउन युनिभर्सिटीले कस्ट अफ वार प्रोजेक्टको तथ्यांक निकाल्यो । यस तथ्यांकअनुसार अमेरिकाले २० वर्ष अभि सुरु गरेको युद्धमा २ लाख ४९ हजारले जिवन गुमाएको बताएको छ । यसमा ७८ हजार ३ सय १४ अफगान सैनि क, ८४ हजार १ सय ९१ तलिवान लडाकु, ७१ हजार ३ सय ४४ सर्वसाधरण र २ हजार ४ सय ४२ अमेरिकी रहेका तथ्यांकमा उल्लेख छ ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %