काठमाण्डौ, सावन १९ – तनहुँको ब्यास नगरपालीका वडा नं. १४ स्थित केशबटार र बन्दिपुर गाउँपालीकामा बुद्धको मुर्ति स्थापना हुने भएको छ ।
बुद्ध शिक्षा विकाश (BSB Foundation Nepal) नेपालले तनहुँमा यहि सावनको १६ र १७ गते दुई दिने बुद्ध शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । केशबटारको वडा सभाहल,बन्दिपुरको बौद्ध सदन शाक्यमुनी मोनेस्ट्री र दुलेगौडाको बौद्ध शान्ति सदन धम्महलमा बुद्ध शिक्षा प्रशिक्षण दिईएको हो । बुद्ध शिक्षा विकाश नेपालका संयोजक भिक्षु मेधङकर स्थविर र सदस्य एबं पूर्ब मन्त्री डा.केशबमान शाक्यले बुद्धदर्शनका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमलाई ब्यबस्थापन र सहजिकरण गर्नुहुने मगर संघ यू.केका निबर्तमान अध्यक्ष एबं चेरीउडका काउन्सीलर नेम थापा मगर , बन्दिपुर गाउँपालीकाका अध्यक्ष पुर्ण सिङ थापा मगर साथै ब्यास नगरपालीका वडा नं. १४ केशबटारका वडा अध्यक्ष काजिमान श्रेष्ठ र तनहुँको शुक्लागण्डकी – ४,दुलेगौंडा,पुलचोक स्थित बौद्ध शान्ति सदनका अध्यक्ष सु.सुर्य बहादुर थापा मगरले गर्नु भएको थियो । कार्यक्रममा प्रशिक्षार्थी उत्साहजनक उपस्थिति रहेको थियो भने धर्मदेसना सुनेर सबै उत्साहित भएका थिए ।