‘हामी सबै सहयोग गर्न तयार छौं’- डिएवी हगंकगंका अध्यक्ष

Read Time:3 Minute, 48 Second

१२ जुन हंगकंग,
हगंकगं सरकारको प्रमुख दल डिएवि पार्टीका अध्यक्ष ताम यू चुङको प्रमुख आतिथ्यमा मगर संघ हंगकंगको आयोजनामा अल्पसंख्यक समदायका लािग साँस्कृतिक समायोजन नामक  अन्र्तरक्रिया कार्यक्रम याउ मा तेइ कम्यूनिटी हलमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सभामुख जेस्पर ता विशेष कारणबस उपस्थित हुन नसकेको जनाइएकोथियो । उनी जरुरी बैठकमा चीन तर्फ लागेकोले आउन नसकेको जनाइएकोथियो ।

प्रमुख अतिथिले  नेपाली अल्पसंख्यकको लागि डिएबी हरेक कुरा गर्न तयार छ र यसको लागि के कस्तो समस्या छ त्यो कुरा आफुहरुलाई जानकारी गराउन आग्रह गरे । त्यस्तै अर्का अतिथि डिएबी पार्टी एथ्नीक माइनोरीटि कमिटिका अध्यक्ष एल्वट लामले पनि डिएवीले नेपाली लगायत अन्य समुदायको समस्या समाधानका लागि भनी छुट्टै एथ्नीक समिति खोली काम गरीरहेको हुदा आफ्नो समस्या बताउन अनुरोध गरेकाथिए ।

त्यस्तै अर्का अतिथि बेनी योङले पनि बोलेकाथिए । कार्यक्रम सचिब बोध विक्रम थापा मगर र अरुणा आले मगरले सञ्चालन गरेको थिए भने संघका सदस्य विष्णु थापा मगरले स्वागत मन्तब्य राखेका थिए । संघका पूर्व महासचिव भीम थापा मगरले अन्र्तरक्रिया कार्यक्रमको बारेमा जानकारी दिएका थिए । अन्य अतिथिहरुमा मगर संघ हंगकगका पूर्व अध्यक्षहरु, नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर, आदिवासी जनजाति महासंघका महासचिव रीता गुरुङ लगायत थिए । कार्यक्रम अन्र्तरक्रिया भएकोले प्रश्नोत्तरको लागि हल खुल्ला गरीएको थियो ।

अन्तक्रिया भनिएपनि कार्यक्रममा भने सहभागी करिब सय जति नेपालीले सरोकारवालाहरुसंग प्रश्न नै गरेनन् । एक जना  अरुणा आले मगरले मात्र शिक्षा सम्बन्धमा  प्रश्न राखेकि थिइन । कार्यक्रम समापन सम्बोधन क्रममा अध्यक्ष एम बि थापा मगरले हंगकंगमा नेपालीलाई परेको समस्या कसरी समाधान गर्न सकिन्छ भनेर यस्तो कार्यक्रम गरेको र केही परे हामी सीधै सरकारी निकायमा गएर काम गर्न पनि सक्छौ भनि जानकारी दिएकाथिए ।

यस्तो किसिमको कार्यक्रम नेपाली समुदायको लागि पहिलो पटक आयोजना गरीएकोले कमीकमजोरी भएको हुनसक्ने बताउदै थापाले भने, ‘आफ्नो अधिकारका लागि  डिएबी पार्टी र सरकारसंग मिलेर काम गर्न सकिन्छ ।’ साँस्कृतिक कार्यक्रम सहित आयोजना गरीएको  कार्यक्रममा रात्री भोज र पेय पदार्थको पनि निशुल्क ब्यवस्था गरीएको थियो । युनाइटेड क्रिश्चियन नेदरसोल कम्यूनीटि हेल्थ सेन्टरद्धारा कार्यक्रममा सबैलाई निशुल्क स्वास्थ्य परिक्षण गरिएकोथियो ।

कार्यक्रमलाई राज्यसत्ताले प्रत्यक्ष प्रसारण गरेकोथियो ।

भीम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %