बेलायतमा नेपालीहरुको बृक्षारोपण कार्यक्रम

Read Time:5 Minute, 47 Second

५ जुन २०११ को दिन फकस्टोन नेपाली समाज, बेलायतको आयोजनामा स्थानिय कम्युनिटी हलमा विश्व बातावरण दिवस मनाइयो । बेलायतका लागि नेपाली राजदुत डा. सुरेश चन्द्र चालिसे मुख्य अतिथि रहेको  उक्त कार्यक्रममा प्रकृति र पर्याबरण सम्बन्धी कबिता, कथा, बक्तब्य र पावरपोइन्ट प्रेजेन्टेसन गरिएको थियो। अन्त्यमा नजिकैको मैदानमा अतिथि डक्टर चालिसे र समाजका अध्यक्षका साथै उक्त कार्यक्रमका सभापति भु पु गोर्खा मेजर हर्कराज राई द्वरा बृक्षरोपन पनि गरिएको थियो । स्मरण रहोस विश्व बातावरण दिवस सयुक्त राष्ट्र संघले सन १९७२ देखि मनाउँदै आएको एउटा महत्वपुर्ण अन्तररास्ट्रिय कार्यक्रम हो । प्रत्येक बर्ष कुनै न कुनै नाराको साथ मनाइने यस्तो दिवसको यस बर्षको नारा ‘बनजङल प्रकृति हाम्रो सेवामा’ भन्ने थियो।
यस दिवसलाई सफल पार्न बिजय हितानको मातहतमा १० सदसीय आयोजक समिति गठन गरिएको थियो जसमा भु पु गोर्खा मेजर  हर्कराज राइ, रामलाल श्रेष्ठ, राम पुन, नबिन सिवा, ललित देवान, ध्रुब गौतम, दिपक काउचा, गोपाल गिरि, किशोर सापकोटा थिए । बातावरण दिवस दिनको ठीक २ बजे समाजका महासचिब श्री रामलाल श्रेष्ठको स्वागत मन्तब्यबाट आरम्भ भएको थियो। उनको स्वागत मन्तब्य पछि कार्यक्रमका मुख्य संयोजक बिजय हितानले आजको जल्दो बल्दो बाताबरणिय समस्या जलबायु परिवर्तनको बारेमा प्रकास पार्दै ब्यक्तिगत रुपमा के गर्न सके बाताबरणलाई जोगाउन सकिन्छ भन्ने बिषयमा चर्चा गरेकाथिए । बिशेष गरेर उनले भान्सा९घरबाट पैदा हुने के के मैलालाई कसरी करेसा बारिमा कम्पोस्ट गरेर मल बनाउन सकिन्छ भन्ने बिषयमा जानकारी दिएकाथिए । त्यसपछि ब्यावसायी तथा बरिष्ठ समाजसेवी किशोर सापकोटाले विश्व-ब्यावसायले बाताबरणमा पार्ने असरको बारेमा मन्तब्य दिएकाथिए । बातावरण दुषित हुनुमा बिकसित राष्ट्रहरु जिम्मेवारी रहेको तर यसको नकारात्मक असर नेपाल जस्तो अबिकसित देशहरुले ब्योहोर्नु परेको तथ्य उनले जानकारी दिएकाथिए ।
केन्ट विश्वबिद्यालयमा बी ए अनर्स अध्यनरत  निराज दुराले ‘बातावरणमा निर्भर’ र अर्का एम एस सी ग्रेजुएट महा राईले ‘बनजङलको महत्व’ शिर्षमा पावर पोइन्ट प्रेजेन्टेसन गरेकाथिए । त्यसै गरि पावरपोइन्ट प्रेजेन्टेसन दिने क्रममा बी एफ बी एस गोर्खा रेडियोमा नयाँ कार्यक्रम ‘युवा भाइब’ सन्चालकहरु लिना, लिसा र सरलाले घरमा पैदा हुने मैलालाई कसरी रिसाइकल गर्न सकिन्छ भन्ने बिषयमा अतिनै रोचक ढङ्गमा प्रस्तुत गरेकाथिए। यसै क्रममा ए लेभल अध्यनरत उमा मगरद्वारा रिसाइकल सामान जस्तै क्रिप्स र चाउचाउको प्याकेटहरु प्रयोग गरि निर्माण गरिएको ड्रेसको प्रदर्शनले दर्सकहरुलाई आश्चर्य पारेको थियो । बीएफबीएसका लोकप्रिय सन्चालक ध्रुब गौतमले रुख सम्बन्धी कथा बाचन गरेर रुखले मानिसलाई छहारी देखि दाउरा, घाँस, काठको साथै हावामा हुने दुसित ग्यास कारवनडाइ-अक्साइड लिन्छ र हामिले फेर्ने अक्सिजन दिन्छ भन्ने जानकारी दिएकाथिए ।
दोस्रो चरणको कार्यक्रममा गत मार्च महिनामा बी एफ बी एस मार्फत सम्पन्न ‘पृथ्वीलाई एक घन्टा’ अर्थात एक घण्टा घरको बिजुली बत्ति निभाउने कार्यक्रममा सोधिएको प्रश्नहरुको सहि उत्तर दिन सफल मेजर खुसिमान गुरुङ र मिस यू के नेपाल नबिना गुरुङलाई गोर्खा प्यालेस रेस्टुरेन्ट र गोर्खा चियाद्वारा प्रायोजित पुरस्कार प्रदान गरिएको थियो । त्यसपछि हल नजिकै हेजलनट भनिने बोटहरु राजदुत डक्टर चालिसे र समाजका अध्यक्ष भु पु गोर्खा मेजर हर्कराज राईको बाहुलिबाट रोपे पछि उक्त दिनको कार्यक्रम ठीक ५ बजे सिद्दिएको थियो। डक्टर चालिसेले फकस्टोन नेपाली समाजले बाताबरनिय जनजागरण जस्तो कार्यक्रम गरेर अरु नेपाली समाजहरुले भन्दा पृथक कार्यक्रम ल्याएको भन्दै बिशेष गरेर हाम्रा भान्जा भान्जीहरुको प्रस्तुतिबाट आफू अति नै प्रभावित भएको बताएकाथिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %