क्रान्ति आले ,मुना थापा मगर र रामजी खाँडले बेलायत थर्काए (मगरहरुको महाकुम्भ- फोटो फिचर )

Read Time:5 Minute, 7 Second

४ जुन २०११ युके
२५५५ बुद्ध जयन्ती तथा चन्डी पुर्णिमाको शुभवसरमा मगरसंघ युके द्वारा आयोजना गरिएको ओपन कन्सर्ट हजारौ दर्शकका बीच भव्य रुपमा सम्पन्न भएको छ । मगर संघ युकेले हरेक बर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम्मा नेपालका बहुचर्चित लोक दोहरी गायिका मुना थापा मगर, चर्चित लोक दोहोरी गायक रामजी खाँड र युवा पुस्ताका अत्यन्त लोक प्रिय गायक क्रान्ति आले उपस्थित थिए ।

कार्यक्रमको सभापतित्व मगर संघ युकेका अध्यक्ष कुल बहादुर थापा मगरले गरेकाथिए ।सन्चालन संघका महासचिव योग कुमार फगामीले गरेकाथिए । प्रमुख अतिथि बेलायतका लागि  नेपाली राजदुतका  काउन्सिलर   झपिन्द्र प्रसाद अर्याल थिए ।  बिशेष अतिथिहरुमा बेलायती सेनाको दोश्रो उत्च युद्ध पदक कन्सिप्क्युअस ग्यालन्ट्री क्रस विजेता कर्पोरल दिप प्रसाद पुन र एनआरएन युके का अध्यक्ष सुर्य गुरुङ  थिए ।

प्रमुख अतिथिले नेपालको नाम उचो राख्ने काम बहादुर गोर्खालीहरु सुप्रसिद्ध भि सी विजेताहरु तुल बहादुर पुन लगायतले गरि आएकोमा त्यसको निरन्तरता स्वरुप दिप प्रसाद पुनले गरेकोमा नेपालीहरुको गौरव अझ बढेको बताए । मन्तब्यकै क्रममा नेपाली भुमीको र नेपाली जनताको खातिर ज्यानको आहुती दिएका  नेपालका प्रथम सहिद लखन थापा मगरलाई प्रथम सहिद घोषणा गराउन पनि  आफ्नो तर्फ बाट सक्दो कोसिस गर्ने आस्वासन दिए ।

विभिन्न वक्ताहरुले मन्तव्य राख्ने क्रममा नेपालमा संबिधान बन्न ढीलाई भैरहेको र उक्त सम्बिधानमा सम्पुर्ण जात-जाति ,भाषाभाषी ,बर्ग ,समुदाय आदिको हितकर हुनुपर्ने कुरामा जोड दिइएको  थियो ।

कार्यक्रमको सुरुवात नेपाली राष्ट्रिय गीत बाट गरिएको थियो । त्यसको लगत्तै चर्चित लोक दोहोरी गायक रामजी खाँड स्तेजमा देखा परे । बेलायतमा यति धेरै नेपाली हरुले आफ्नो प्रस्तुती हेर्न आएकोमा सबैलाई धन्यबाद दिदै आफ्ना लोकप्रिय गीतहरु गाए ।  ध्यान दियेर सुन मायालु ,हेर्छौ ओठ टोकी ,देउरालीको लगायत बोलको गीत गाउदा सम्पुर्ण दर्शक दिर्घा उनको तालमा झुमी रहेका थिए ।

त्यस्तै  लोक प्रिय लोक दोहोरी गायिका मुना थापा मगर मन्च्मा आउदा दर्शकहरु निकै उत्साहित  देखिन्थे । बिशेष गरि मार्मिक गीत गाएर ख्याती कमाएकी  गायिका थापा मगरले बेलायतमा पाएको नेपाली मायाले निकै उत्साहित र हर्षित बनाएको व्यक्त गर्दै चिसो चिसो हावा सरर , माया आँफै हुदो रहेछ ,झल्को  आउछ त्यो आधी खोलाको, टाडै बसे मायाले बोलाको , बज्यो मादल ,तिते करेली लगायत चर्चित गीतहरु पस्की मनोरन्जन दिईन ।

युवा पुस्ताका   अत्यन्त चर्चित पप गायक क्रान्ति आले स्तेजमा देखा पर्दा ताली र हुटिङले गुन्जायमान भएको थियो । उनले आफ्ना सुप्रसिद्ध गीतहरु ए होइ ,सर्कारी जागिर ,चयङ्बा होइ चयाङबा ,सी इज द बम्ब लागायतका  गाउदा तन्नेरी  पुस्ताले उनलाई भरपुर साथ् दिएका थिए ।

प्रसिद्ध कलाकारहरु  संगै मगर संघ युकेका बिभिन्न शाखाका स्थानिय कलाकारहरुले पनि आ-आफ्नो प्रस्तुती दिई मनोरन्जन प्रदान गरेका थिए भने धौलागिरी नौमती बाजा समुहले पनि आफ्नो प्रस्तुती प्रस्तुत गरेको थियो ।

कार्यक्रमको अन्तमा रामजी खाँड ,मुना थापा मगर र अंमेरिकी गायिका आन्ना सँग लोक दोहोरी गीतमा दर्शक झुमेका थिए । कार्यक्रममा कडा सुरक्षा वव्यस्था गरिएको थियो भने जनचेतना मुलक स्टलका साथ खान पिनको पनि सुबिधा थियो ।

डा.  चजिन्द्र राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %