लण्डन ,अप्रिल ११ – विजय हितानले वातावरणीय गित ‘संरक्षणका हातहरू’ सार्वजनिक गरेका छन । अर्थ आवरलाइ पारेर २७ मार्च २०२१ का दिन बिएफबिएस गोर्खा रेडियोमा प्रसारण गरेर यसलाइ सार्वजनिक गरिएको हो । यसको लिरिकल भिडियो पनि सोहि दिन हितानकै ब्यक्तिगत यूट्युब च्यानलबाट रिलिज गरिएको थियो। जसको लिंक यस प्रकार छ- https://www.youtube.com/watch?v=ap_9tB7Md_M
यस गितमा संङ्गित राजकुमार बगरले भर्नुभएको छ भने स्वर नवराज थापाको छ । नवराज थापा उदित नारायण झा को जस्तै स्वर छ भनेर पनि नेपालि संगित क्षेत्रमा परिचित हुनुहुन्छ । यसको लिरिकल भिडियो भने सुरेन्द्र इंगनाम द्वारा निर्माण गरिएको हो । ‘स्रोता दर्शकको प्रतिकृया कस्तो आउने हो थाहा छैन, तर आफैलाइ अति आत्मसन्तुष्टि मिलेको अनुभव गरेको छु।‘ हितानले भन्नुभएको छ ।
सोहि दिन भर्चुवल माध्यमद्वारा विश्व नेपाली साहित्य महासँघ साउथ युकेले ‘इको गित वाचन तथा सृजना कार्यक्रम’को आयोजना गरेको थियो । उक्त कार्यक्रममा पनि यस गितको लिरिकल भिडियो प्रदर्सन गरिएको थियो । प्रदर्सन पस्चात, ‘रहरहरू अनेक हुन्छन मान्छेका । मेरा पनि थिए र छन् । कसैका माया पिरतीका गित लेख्ने । तर मेरा इको इर्थात वातावरणीय गित लेख्ने । तिनै मध्यका एक रहर आज पुरा भएको महसुस गरेकोछु।‘ भनेर हितानले आफ्नो मन्तव्य उपस्तथित स्रजकमाझ राखेका थिए। अर्थ आवर एक अन्तर्राष्ट्रिय स्तरको वातावरणीय जनचेतना फैलाउने कार्यक्रम हो । यो प्रतेक बर्षको मार्च महिनाको अन्तिम सनिवार बेलुकाको ८३० देखि ९३० बजेसम्म बिजुलि बत्ति निभाएर मनाइन्छ ।
हितानको शब्दमा यो प्रथम रेकर्डेड गित हो । हितान पेसाले वातावरण बिज्ञ हुन भने नेपालि इको साहित्यका एक अभियन्ता पनि हुन् ।