मे २७ दोहा, कतार
दोहा स्थित नेपाली राजदूतावासले आज एक समारोह वीच तेस्रो गणतन्त्र दिवस भव्यताकासाथ मनाउने कार्य सम्पन्न गरेको छ भने दूतावास परिसरमा आजै साँझदेखि आगामी मे ३०, २०११ सम्म दीपावली गर्ने व्यहोरा जनाएको छ ।
नेपाली राजदूतावासका महामहिम राजदूत डा सूर्यनाथ मिश्रको सभापतित्व सम्पन्न कार्यक्रममा दोहा कतार स्थित विभिन्न नेपाली संघ संस्थाका पदाधिकारीहरु, पत्रकार, लेखक, समाजसेवीहरुको व्यापक सहभागिता रहेको थियो ।
उक्त समारोहमा आमन्त्रित अतिथिहरुले गणतन्त्र स्थापना भएको तीन वर्ष व्यतीत भै सक्दा पनि संस्थागत भइ नसकेकोमा गहिरो चिन्ता व्यक्त गर्दै आ–आप्mना मन्तव्य राखेकाथिए । यसरी मन्तव्य दिनेहरुमा नन रेसिडेण्ट नेपालीज एशोसियसनका केन्द्रीय उपाध्यक्ष सागर नेपाल, एनआरएन् कतार च्याप्टरका अध्यक्ष नरेन्द्र भाट, नेपाली जनप्रगतिशील मन्चका होमनाथ शर्मा, नेपाली जनसम्पर्क समितिका विमल सुवेदी, नेपाल लोकतान्त्रिक मन्चका रामहरी गैरे, आदिवासी जनजाति महासंघका अमृत गुरुङ, प्रवासी मुस्लिम समाजका साकिर अली, बुध्दिजीवीको तर्पmबाट करिमवक्स मिया, विनेश तामाङ र विद्यानन्द चौधरी तथा पाल्पा सेवा समाजका तर्पmबाट भुपराज दवाडीले आगामी दिनमा गणतन्त्रले गति लिन सक्ने छ भन्ने आशा व्यक्त गर्दै राजदूतावासले सरकार र जिम्मेवार राजनीति दलसम्म आप्mना कुराहरु पुर्याई दिन माग समेत गरेकाथिए ।
कार्यक्रमका सभापति एवं महामहिम राजदूत डा मिश्रले ज्ञात अज्ञात शहीदहरु प्रति श्रध्दाञ्जली अर्पण गर्दै गणतन्त्रको विकल्प तानाशाही व्यवस्था हुन नसक्ने विचार व्यक्त गदै गणतन्त्रले चाडै गति लिने कुरामा आपूm विश्वस्त रहेको बताए । साथै, नेपाली देश वा विदेश जहाँ रहे पनि नेपालको माया अटुट रुपमा रहिरहन्छ र देशमा परि आएको समस्यालाई आप्mनै समस्याजस्तै सम्झिने गरिएकोले समस्याबाट मुक्ति पाउन आप्mना सुझाव, राय र प्रतिक्रिया दिने कार्य स्वभाविक रहेको बताए
सोही, कार्यक्रममा दूतावासका द्वितीय सचिव जय बहादुर राईले स्वागत मन्तव्य राखेकाथिए भने कार्यक्रमको सन्चालन श्रम सहचारी ध्रुव प्रसाद ।कोइरालाले गरेकाथिए ।
दोहा नेपाली दुतावासमा गणतन्त्र दिवस
Read Time:3 Minute, 18 Second