अध्यक्ष प्रचण्ड नै अध्यक्ष चुनिए

Read Time:3 Minute, 21 Second

    काठमाडाँै, २७ असोज ।
संविधान निर्माणमा विवादित विषयको निरूपणका लागि गठित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू रहेको कार्यदलको आज बसेको बैठकले एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संयोजक चयन गरेको छ ।
संविधान निर्माणमा दलहरूबीचको असमझदारी हटाउन सभाध्यक्ष सुवास नेम्बाङको कार्यकक्षमा आज भएको बैठकले संयोजक चयन गर्दै कार्यदललाई सघाउन सम्बन्धित पार्टीबाट दोस्रोस्तरका नेताहरूको नाम पनि तय गरेको छ ।
यही असोज २५ गतेको शीर्ष बैठकले संविधानसभाका सात वटा विषयगत समितिले तयार पारेका मस्यौदा प्रतिवेदनमा विवादित विषयमा  

राजनीतिक सहमति जुटाउन सात सदस्यीय कार्यदल गठन गरिएको थियो ।
बैठकपछि माओवादीका नेता देवप्रसाद गुरुङले दिनुभएको जानकारीअनुसार संविधानका विवादित मुद्दामा आपसी छलफल गरेर टुङ्गोमा पु¥याउन शीर्ष नेताहरूमा सहमति भएको छ ।
कार्यदलमा सघाउने गरी तोकिएका अन्य नेताहरूमा माओवादीबाट गुरुङ, नेपाली काँग्रेसबाट डा रामशरण महत र रमेश लेखक, नेकपा (एमाले) बाट भरतमोहन अधिकारी, मधेसी जनाधिकार फोरमबाट रत्नेश्वरलाल कायस्थ, नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति तथा प्रेमबहादुर सिंह र  रुक्मिणी चौधरी हुनुहुन्छ ।
आजको बैठकमा माओवादीबाट अध्यक्ष दाहाल, काँग्रेसबाट संसदीय दलका नेता रामचन्द्र पौडेल, एमालेबाट अध्यक्ष झलनाथ खनाललगायतका नेता सहभागी हुनुहुन्थ्यो ।
कार्यदलले आगामी कात्तिक ७ गतेसम्म सहमतिको प्रतिवेदन बुझाउने छ । कार्यदलले राज्यको शासकीय स्वरुप, व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण, न्याय प्रणाली, मौलिक अधिकार तथा निर्देशक सिद्धान्त, राष्ट्रिय हितको मौलिक सिद्धान्तलगायतका विवादित विषयमा देखिएका २०० भन्दा बढी प्रश्नावलीमा छलफल गर्नेछ ।
बैठकपछि सभाध्यक्ष नेम्बाङले दलहरूबीचको पछिल्लो छलफलबाट जनतामा नयाँ आशाका सञ्चार हुने बताउँदै संविधान निर्माणका लागि पहिलो मूल राजनीतिक सिद्धान्तमा सहमतिमा पुग्न आग्रह गरेको बताउनुभयो ।
उहाँले नेताहरू विवादित विषयमा सहमतिमा पुग्न सकेमा संवैधानिक समितिको काममा पनि निकै सहजता हुने उल्लेख गर्नुभयो ।

    कार्यदलको बैठक भोलि बिहीबार १२ः०० बजे पुनः बस्नेछ ।

 

 

 

रासस

   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %