काठमाडौँ, २७ असोज । राष्ट्रपति डा रामवरण यादवबाट यही असोज ३१ गते आइतबार विजयादशमीका दिन इच्छुक महानुभावका लागि अपराह्न १ बजेदेखि राष्ट्रपति भवन, शीतलनिवासमा टीका लगाइदिने कार्यक्रम रहेको छ ।
उक्त कुरा राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
रासस