पूर्ण बहादुर राना मगपूर्ण बहादुर राना मगर
पूर्ण बहादुर राना मगर
अझै ताजै छ मलाई
चुनावको बेलामा
तिम्रो राज्यसत्तामा अधिकार
गयारेन्टि गराउन
तिमीसँग
भोट माग्दा
तिमी ठुस्केको
तिमी रिसाएको
तिमी नबोलेको ।
अझै ताजै छ मलाई
चुनावको बेलामा
तिमीसँग
जातिय समानुपातिक को लागि
घर चिन्हमा भोटमाग्दा
तिमीले भन्थ्यो
भोट दिन त हुन्थ्यो
तर,
भोट खेर जान्छ
त्यसैले
जातिय समानुपातिक
पार्टीलाई
भोट दिन सकिँदैन
हामी त
प्रतिसपर्धात्मक पार्टी
रूख चिन्हमा
भोट हाल्ने हो ।
हामीले
बहु पहिचानको लागि
१२५ सै जातिलाई
राज्यसत्ताको माालिक बनाउन
भोट माग्दा
तिमीले भन्थ्यो
भोट दिन त हुन्थ्यो
भोट खेर जान्छ
त्यसैले
बहुपहिचान
पार्टीलाई
भोट दिन सकिँदैन
हामी त
एकल पहिचान पार्टीलाई
एकल जातिको
सत्ताको लागि
भोट हाल्ने हो ।
हामीले
मातृ भाषामा शिक्षा,
देशको हित र जितको लागि
ईमानदार र कर्तव्यनिष्ठको लागि
बेरोजगार अन्त्यको लागि
भ्रष्टाचार र बेथिति अन्त्यको लागि
घर चिन्हमा भोट माग्दा
तिमीले भन्थ्यो
भोट दिन त हुन्थ्यो
घर चिन्हमा भोट हाल्दा
भोट खेर जान्छ
त्यसैले
हामीले घर चिन्ह पार्टीलाई
भोट दिन सकिँदैन
हामी त
सुर्य चिन्ह पार्टीलाई
भोट हाल्ने हो ।
हामीले
बहुजातीय लोकतान्त्रिक समाजवादको लागि
भोटमाग्दा
तिमीले भन्थ्यो
भोट दिन त हुन्थ्यो
तर,
भोट खेर जान्छ
त्यसैले
बहुजातीय लोकतान्त्रिक समाजवाद पार्टीलाई
भोट दिन सकिँदैन
हामी त
प्रतिस्पर्धात्मक र वर्गिय पार्टीलाई
भोट हाल्ने हो भन्थ्यो ।
तिम्रो भोट अमूल्य छ
१०० रूपियाँ
लाखौं करोडौं रूपियाँमा
किन्न नसक्ने अमूल्य मत
एक गिलास रक्सि
दुई चोक्टा मासु चिउरा
२ लिटर पेट्रोलमा
भोट बेच्नु र हाल्नु भनेको
भ्रष्टाचारको बीउ
भ्रष्टाचारको जरा
सुरू गर्नु हो भन्दा
तिमिले भोट रूखमा
मासु चिउरा मुखमा
भोट सुर्येमा
रमाइलो गर्ने
जाँड रक्सि हुर्रेमा
भन्थ्यौ ।
तिम्रो बिचार महान छ
किनकि तिमिले चुनावमा खाँदा
तिम्रो पार्टीका नेताहरूले
चुनाव जितेपछि खान्छन् ।
खान त खानेनै हो
तिमी चुनाव अघि
तिम्रो नेता चुनाव पछि ।
तिम्रो बिचार महान छ
किनकि
तिमिले जाबो
चुनावमा
दुई चोक्टा मासु
र एक गिलास रक्सिमा
मात्र त होनि
र्याल चुहाएको
करोड अरब खरबमा त होईननि ।
अरब खरब अंक त
तिम्रो जिवनको
क्यालकुलेटरमा
पनि अट्दैन र छैन पनि
साँच्चिनै
तिम्रो भोट खेर गाकै छैन
तिमी धन्यवादको पात्र हौ
तिम्रो भोटले
आज नेपाल
एसिया महादेशमा
पहिलो भ्रष्ट मुलुकको
स्थान ओगट्न
सफल भएको छ
तिमीलाई बधाई छ
बिचौलिया, दलाल
भ्रष्टाचार र बलात्कार
कालो बजारि महङ्गि
बढ्याबढै छ ।
तिमीलाई स्यालुट र सम्मान छ
हो तिम्रो भोट खेर गाकै छैन
सुन काण्ड
वाईडवडि काण्ड
एनसेल काण्ड
ओम्नि काण्ड
बालुवाटार काण्ड
सेक्युरिटि प्रिन्टिङ काण्ड
घटाउन सफल भएको छ
अब फेरि पनि
विश्वको भ्रष्ट मुलुकमा
स्थापित गर्न
तिमीले तिम्रो भोट
खेर नजाने पार्टीमा
भोट हाल्न नबिर्सनु है
किनकि
घर चिन्हमा भोट हाल्नु
र
बालुवामा पानी हाल्नु
एउटै एउटै हो ।
तिमी कति महान !
राज्यसत्ता सञ्चालकले
तिम्रो भाषा, सँस्कार मारेपनि
तिम्रो सर्वस्व गुमे पनि
तिमीमा रत्तिभर चिन्ता छैन
तिमी सत्ता बिहिन भएपनि
तिमीलाई दुःख लाग्या छैन
तिमी ठूलो हृदय भएको
तिमी ठूलो छाति भएको
तिमी ठूलो बिचार भएको
व्यक्ति भएकोले
कसैगरि
नबिर्सेर, नभुलेर नथाकेर
पुस्तौ पुस्ता
जसरि पनि
तिम्रो बाजे बाउको पार्टीमा
भोट हाल्नुपर्छ, भोट हाल्नैपर्छ
भोट हाल्नु है ।
फेरि पनि भन्छु
तिम्रो अधिकारको लागि
लडेको पार्टीलाई
भोट नहाल्नु है
किनकि तिम्रो भोट खेर जान्छ
बरू तिम्रो अधिकार खेर जाओस
तिम्रो भोट खेर नजाओस
त्यसैले तिमिले भनेको
सहि हो भोट
खेर जान दिनु हुँदैन
खेर जान दिनु हुँदैन
खेर जान दिनु हुँदैन ।
कबि : राष्ट्रिय जनमुक्ति पार्टी आबद्ध नेपाल विद्यार्थी मोर्चा केन्द्रीय समितिका अध्यक्ष हुन ।