फेरि बोले चीनियाँ राजदूत

Read Time:2 Minute, 36 Second

असोज २७, गोरखा
      नेपालका लागि चिनियाँ राजदुत क्यु गोहाङले तीब्बतसंग सीमा जोडिएका नेपालका जिल्लाहरुमा चीनविरोधी गतिविधि हुन सक्ने आशंका गरेका छन् । पहिले तिब्बतीहरु काठमाडौमा मात्रै बस्दै आएपनि आजभोली अन्य जिल्लाहरुमा पनि सक्रियता बढाउन थालेको उनले बताए । तिब्बतसँग सीमा जोडिएको गोरखाको उत्तरी गाविस लापुको कालरात्री निमाविको भवन निर्माणका लागि सहयोग हस्तान्तरण गर्न बुधवार गोरखा सदरमुकाम आएका राजदुत हाङले तिब्बतीहरुको आवतजावत प्रति सरकारी निकायले पनि ख्याल गर्नुपर्ने बताए । उनले भने,“स्थानीय प्रशासनले पनि तिब्बतीहरुको गतिविधिबारे ख्याल गर्नुपर्छ ।”
उनले नेपालको एक चीन नीतिप्रति आशंका गर्ने ठाउँ नदिन पनि स्थानीय प्रशासनलाई आग्रह गरे । गोरखाको उत्तरी क्षेत्रका वासिन्दाको तिब्बतमा बढी ओहोरदोहोर हुने भएकोले उनीहरुको क्रियाकलापप्रति निगरानी गर्नुपर्ने पनि बताए ।
      गोरखाबाट प्रतिनिधित्व गर्ने सभासद्हरुको पहलमा लापुको सो विद्यालयलाई चिनियाँ दुतावासले १२ कोठे भवनका लागि २० लाख रुपैयाँ प्रदान गरेको छ । चिनियाँ राजदुतावास र विद्यालयवीच भवन निर्माण का लागि भएको ४ बुँदे सम्झौतामा पनि बुधवार नै हस्ताक्षर भएको छ । सम्झौतापत्रमा विद्यालयका तर्फबाट प्रधानाध्यापक टिकाप्रसाद तिमिल्सिना र राजदुतावासको तर्फबाट राजदुत हाङले हस्ताक्षर गरेका हुन् ।
      सो कार्यक्रममा बोल्दै गोरखा क्षेत्र नंबर ३ का सभासद् अमर तमुले उत्तरी गोरखा जोड्ने बेनिघाट आरुघाट आर्खेत हुदै लार्के सडक निर्माणका लागि पनि चिनियाँ सहयोग आवश्यक रहेको बताए । उत्तरी क्षेत्रका सबै गाविसलाई सडक सञ्जालले जोड्ने सो सडक निर्माणका लागि चीन सरकारको सहयोग आवश्यक रहेको उनको भनाई थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %