तमु टहो हयुल हङकङको आयोजनामा २५५५ औ बुद्ध जयन्ति याउ मा ते स्थित हेनरी जी लेउङ कम्यूनीटि हलमा विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न भयो । काउलुन पार्कमा ठूलो जनसमुदायको बिच हङकङ स्थित नेपाली महाबाणिज्य दुतावासका महाबाणिजय दुत विनोद उपाध्यायले रिवन काटि कार्यक्रमको उद्धाटन गरे पश्चात सो भेला बुद्ध शान्ति पद यात्रामा परिणत भएको थियो । उक्त भेला बजार परित्रmमा गरी हलमा आई शान्ति सभामा परिणत भएको थियो ।
सभाका सभापतित्व तमु टहो हयुल हङकङका अध्यक्ष अर्जुन कुमार गुरूङ्गले गरेका थिए । उपाध्यक्ष श्रीमति रीता गुरूङ्गले श्रद्धालु अतिथिहरूलाई स्वागत मन्तव्य दिएकी थिइन् भने संघकै सचिव श्री युवराज गुरूङ्गले कार्यक्रम सञ्चालन गरेका थिए । प्रमुख अतिथी विशेष कारणबश उपस्थीत भएनन् भने विशेष अतिथी तथा अतिथीहरूमा त्रिलोक गुरूङ्ग, एमबि थापा दर्लामी मगर, प्रदिप थापा मगर, कमला गुरूङ्ग, सोम बहादुर गुरूङ्ग, डेनी योङ, कमल दुरा, किशन राई, शत्रुधन सिङ, दुर्गा तामाङ, पाशाङ शेर्पा, देवी राज लामा, कुल प्रशाद गुरूङ, सुरेश तमु, अर्जुन गुरूङ्ग, लाल बहादुर गुरूङ्ग, श्रीमति इच्छा कुमारी गुरूङ्ग, कृष्ण पाण्डे, हेम प्रताप गुरूङ्ग, जंग बहादुर गुरूङ्ग, वसन्त श्रीनेट, श्रीमति नन्दा कुमारी गुरूङ्ग, तथा विभिन्न संघ संस्थाका प्रतिनिधी तथा विभिन्न संञ्चार माध्यमहरूको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमको समापन अर्जुन कुमार गुरूङ्गले गरेका थिए । सो कार्यक्रममा निशुल्क स्वास्थ्य परिक्षणको पनि व्यवस्था गरिएको थियो । साथै उक्त कार्यक्रममा विविध सांस्कृतिक नाचगान तथा दल बहादुर चोचाङी पुन मगर र लाल बहादुर गुरूङ्गले समय सार्न्दभिक कविता वाचन गरेका थिए । अन्तमा नेपालबाट जोर्डन क्लब नाइट नामक कार्यक्रमको शिलशिलामा आएका कलाकारदय कृष्ण सापकोटा र कृष्णा गुरूङ्गले दोहोरी गीत मार्फत कार्यक्रम थप रोमाञ्चक बनाएका थिए । कार्यक्रम दिनको १ बजे देखी बेलुका ८ बजे सम्म चलेको थियो ।
हुम बहादुर थापा मगर