दुश्मनको मुटु हल्लाउने बहादुर अग्रजको श्रद्धान्जलि

Read Time:5 Minute, 58 Second

पहिलो र दोस्रो विश्व युद्धमा लडेका “वीरहरुको पनि वीर महावीर” तथा बेलायती सेनामा प्रदान गरीने सर्वोच्च पदक भी सीद्धारा सम्मानित हुनु भएका पहिलो र दोस्रो विश्य युद्धमा लडाई लड्ने भी. सी. स्वर्गीय हनरेरी लप्टेन (क्यू जी ओ) तुल बहादुर पुन मगरको पूण्य स्मृतिमा मगर संघ हंगकंगको आयोजनामा संघकै कार्यालय हलमा आदिवासी जनजाति महासंघका समेत अध्यक्ष रहेका संघका अध्यक्ष श्री एम। बि। थापा मगरको अध्यक्षतामा साथै भूतपूर्व व्रिटिस गोर्खा सैनिक संगठनका अध्यक्ष हेम प्रताप गुरुङको प्रमुख आतिथ्यमा श्रद्धान्जली सभा सुसम्पन्न भयो ।

प्रमुख अतिथिले दियो बाली कार्यक्रमको शुभारम्भ गरी पूmल र धूप साथै खादा चढाएर श्रद्धान्जली अर्पण गरेकाथिए । विशेष अतिथिहरुमा भारतीय भूतपूर्व सैनिक संगठनका प्रतिनिधि चन्द्र बहादुर पुन मगर र नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर, अतिथिहरुमा ६ गोर्खा राइफल्सका पूर्व क्या. नामसिंग थापा मगर, मगर संघ हंगकंगका पूर्व अध्यक्षहरु हुम बहादुर थापा मगर, एक बहादुर राना मगर, नेत्र पहराई मगर र विभिन्न संघ संस्थाका प्रतिनिधि साथै अन्य महानुभावहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्ण अतिथि तथा अन्य महानुभावहरुले मृत आत्माको चिर शान्तिको कामना गर्दै व्रिटिस गोर्खाको शोकमा बजाईने धुन बजाई एक मिनेट मौन धारण गरी पूmलको गूच्चा र खादा चढाएर श्रद्धान्जली अर्पण गरेकाथिए ।

अतिथि क्या. नामसिंग थापा मगरले  पुनले कसरी भीसी पाउन सक्षम हुनु भएकोथियो भन्ने कुरा बोली र सांकेतिक भाषा पनि प्रयोग गरी जानकारी गराउने क्रममा ठ्याक्कै लडाईको मैदानलाई स्मरण गराएको भूपूहरुको कथन थियो । विशेष अतिथि प्रदिप थापा मगरले उहाँलाई श्रद्धान्जली अर्पण गरी सम्मान गर्न पाउनु पनि हाम्रो लागि भाग्य हो भने । त्यस्तै विशेष अतिथि चन्द्र बहादुर पुन मगरले पुनको साहसको सदैव कदर र सम्मान गर्नुपर्ने बताए । त्यस्तै प्रमुख अतिथिले सम्वोधनको क्रममा हामी हंगकंग आउने आधार भनेको नै व्रिटिस गोर्खा भएको र हिजो गोर्खाहरुले यस्तै भी। सी। पाएकोले र इमान्दार भइ काम गरेको हुनाले अहिलेसम्म पनि हंगकंग मात्र नभई संसारमा नै गोर्खा भनेपछि छुट्टै सम्मानका साथ हेरिने र यो निरन्तरताको लागि अहिलेको नयाँ पुस्ताले पनि अलि सोचेर काम गर्नु पर्ने आवश्यक देखिएको छ भने । कार्यक्रममा संघका महासचिव सुरेश गलामी मगरको सञ्चालनमा सदस्य विष्णु थापा मगरको स्वागत मन्तब्य रहेको थियो । अध्यक्ष एम। वि। थापा मगरले समापन सम्बोधन गर्ने क्रममा फोटो र पल्टनमा बजाईने शोक धुन उपलब्ध गराइदिनु भएकोमा व्रिटिस गोर्खा भूतपूर्व सैनिक संघका सदस्य हितमान गुरुङ र क्या. नामसिंग थापा मगरलाई विशेष धन्यवाद दिएकाथिए ।

व्रिटिसको सान र गौरवको लागि ज्यानको आहुति दिएर सर्वोच्च पदक प्रदान गरीएको ब्यक्तिलाई पनि बेलायत जान कतिचोटी भीजा नै दिइएको थिएन । पछि पाएर बेलायत जानु भएको थियो । गोर्खालीको आन्दोलनलाई मौन नेतृत्व दिएर सफल पनि पार्नु भयो । यो उहाँको योगदान पनि गोर्खाहरुको लागि अविष्मरणिय क्षणको रुपमा मानसपटलमा रहिरहन्छ ।  संयोगले वहाँले युद्धमा घाइते भएका जुन अफिसरलाई  बचाउनु भएको थियो उनी  अभिनेत्री जुना लुम्लेका बाबा मेजर जोन लुम्ले थिए । त्यसैले पनि लुम्ले गोर्खा आन्दोलनमा सक्रिय लागिन र विजयमा पुर्याउन पनि सहयोग गरिन ।  नामसींह थापा भन्छन्, बेलायत बसाई पछि कुल पूजा गर्न भनी आपूm जन्मेको र कल्कले बैशमा ओराली र उकाली गरी सुस्केरा हाली पात बजाएर डाँडाकाँडा खेलेर हिडेको जन्म स्थान म्याग्दी जिल्लाको बेगखोला गाविस – तिब्ल्याङमा नै अन्तिम श्वास विसाउनु भएकोमा मलाई लाग्छ उहाँ धेरै भाग्यमानी हुनुहुदो रहेछ । हामी पनि अहिले हंगकंगमा छौ कहिले काहि हामी मध्ये कतिलाई सोचाइ आउछ होला मेरो पनि देहवसान यस्तै भए हुन्थ्यो । अव भी.सी.पाउने मध्येमा राम बहादुर लिम्वु जिवितै हुनुहुन्छ ।

भीम बराही मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %