बहुसांस्कृतिक कार्यक्रममा नेपाली महाबाणिज्यदुतावासको उपेक्षा

Read Time:2 Minute, 4 Second

०२ मे २०११ का दिन HKSAR YUENLONG YOUTH MULTICULTURAL FESTIVAL 2011:  युन्लोंग स्थित वांग यात  स्क्वार, तिन स्वै वाई  युन्लोंग युथ  जिल्ला परिसदले बहु-सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ  । विभिन्न देसका महाबाणिज्यदुतहरुको उपस्थिति रहेतापनि नेपाली महाबाणिज्यदुतावासका भने कोही सहभागी थिएनन् ।


बाजागाजा र आ-आफ्ना संगठनको प्लेकार्ड, ब्यानर सहित करिब ४५ मिनेट बजार बाहिर पार्कमा  र्यालीले परिक्रमा गरिएकोमा धेरै संख्यामा रहेको स्थानीय प्रहरी हरुले पनि साथ दिएका थिए । सो कार्यक्रममा नेपाल लगाएत हंगकंग,फिलिपिनो,ईन्डोनेसिययन,बंगलादेश,थाईलान्ड,भारत,पाकिस्तान,श्रीलंका गरि ९ रास्ट्रको सहभागिता थियो । प्रत्येक रास्ट्रबाट धेरै भन्दा धेरै संघ संगठन हरु ले आ आफ्नो देसको पहिचान दिन आ आफ्नै देशको भेस भुसामा सजिएर विविध बहुसांस्कृतिक झांकी हरु प्रस्तुत गरे ।  विविध सांस्कृतिक झांकी पश्चात आ-आफ्नो देस र जातिको रास्ट्रीय खाना आ-आफ्नै स्टल मा सजाइएको थियो ।

उपस्थित सम्पूर्ण अतिथि,पाहुना तथा कलाकारहरुले सबै देसको स्टलमा गएर  खानाको स्वाद लिएका थिए । हंगकंग नेपालीको तर्फ बाट नेवार समाज हंगकंग,ओभरसेस नेपाली वोर्कर युनियनले सो कार्यक्रममा भाग लिएका थिए ।  ५५ वटा संस्थाले भाग लिएकोमा २५ वटा स्टल राखिएकोथियो ।

हुम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %