आमा भाषा ( कबिता) )

Read Time:3 Minute, 5 Second

पूर्ण बहादुर राना

आमा भाषा जोगाऔं

बाबा भाषा जोगाऔं
बाजे भाषा जोगाऔं
बजै भाषा जोगाऔं
आफ्नो देशको भाषा जोगाऔं
आफ्नो समुदायको भाषा जोगाऔं
घरको भाषा जोगाऔं
आफ्नो भाषा जोगाऔं
आफ्नो सन्तानको गहना भाषा जोगाऔं
आफ्नो नाती नातिनिको ऐतिहासिक गौरवको भाषा जोगाऔं
सबै भाषा बराबर छन्
भाषा सानो ठूलो छैन
अन्तर्राष्ट्रिय अँग्रेजी र राष्ट्रिय नेपाली खस भाषामा पढेर
देश विकास हुने भए
नेपाली र अँग्रेजी भाषा पढेको
२०० वर्ष भईसक्यो
अनि नेपालमा थोत्रो गाडीको टायर टाल्ने होईन
नयाँ गाडी, जहाज र मोबाईल बन्थ्यो होला ।
सुगर, एचआईभी र क्यान्सरको औषधि बन्थ्यो होला ।
खाद्य सामाग्री विदेशबाट आयात गर्न पर्ने थिएन होला ।

यसको मतलब नेपाली र अँग्रेजी भाषा नपढ भनेको होईन
अब नेपाली र अँग्रेजिमा पनि पढ
सके चाईनिज, जापानीज र फ्रेन्चमा पनि पढ
राई लिम्बू तामाङ र थारूमा पनि पढ
मगर गुरूङ मैथिली, शेर्पा नेवार अन्य भाषामा पनि पढ

मातृ भाषामा पढेर देश विकास नहुने होईन
पाठ्यक्रम र राज्यको नीति खराब भए
विकास नहुने हो ।
अब मातृ भाषामा नयाँ औषधि, जहाज, मोबाईल कसरी बनाउने?
बैज्ञानिक र व्यावसायिक खेति कसरी गर्ने ?
बिजुलि कसरी निकाल्ने?
ईन्फरमेसन टेक्नोलोजी कसरी विकास गर्ने ?
कपडा कसरी बनाउने ?
नयाँ आविष्कार र सिर्जना कसरी गर्ने ?
यी विषयलाई समेटेर पाठ्यक्रम बनाऔं ।
व्यवहारमा कार्यान्वयन गरौं
अनि देश विकास गरौं ।
देशमा समृद्ध ल्याऔं ।
नागरिकमा खुसि ल्याऔं ।
त्यसैले मातृ भाषा हुनेहरूले
आफ्नो भाषा जोगाऔं ।
लोप भएकाहरूले भाषा खोजौं
लोप हुन लागेकाहरूको भाषा जगाउ
जे भन
जसो गर
जता बस
जता जाउ
जहिले पनि जहाँ पनि
तिम्रो ठूलो काम
तिमिले आफ्नो भाषा जोगाउने हो ।
किनकि तिम्रो मातृ भाषामा
तिम्रो मातृ भाषामा ममत्व छ ।
तिम्रो अपनत्व छ ।
तिम्रो स्वामित्व छ ।
तिम्रो अधिकार छ ।
फेरि त्यसैले त भन्छु म तिमिलाई
सबैले आफ्नो आमाको भाषा जोगाऔं ।

(राना भाषाविद एवं नेपाल विद्यार्थी मोर्चाको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %