ख ब पु चन्चल फाइनलमा, जित निश्चित !

Read Time:4 Minute, 18 Second

“यसपालीको  च्याम्पियन रोल्पाली ” !

रोल्पाका प्रतिभावान कलाकार खद्ग बहादुर पुन मगर नेपाली रियालिटी शो “कमेडी च्याम्पियन”को शसक्त दावेदारका रुपमा उत्रिएका छन । 

सानै देखी नाच्ने, हसाउने, अभिनयमा रुची भएका ख ब पु कमेडी च्यापियनबाट बाहिरिए पनि दर्शक श्रोताहरुको अत्यधिक भोट् पाई वाइल्ड कार्ड मार्फत भित्रिएका थिए । उनका प्रस्तुतिहरु अत्यन्त सरल, सबैले बुझ्ने खालका रहेकोले पनि निर्णयक मन्डली र दर्शक श्रोताको मन जित्न सफल हुँदै आएका छन । उनी आफ्ना प्रस्तुतीहरुमा आफ्नै जीवन भोगाइका कथाहरु सुनाउने गर्छन् अत्यन्त सरल र हास्य रस मिसिएको भावमा ।

उनको सबै भन्दा राम्रो पक्ष उनी व्यङग गर्दा तुच्छ शब्द वा अपशब्द, अश्लील शब्दहरु प्रयोग गर्दैनन ।

{youtube}https://youtu.be/n_Kq6MDfQ0g{/youtube}

उनले हामीले अनुमान मात्र पनि लगाउन नसक्ने त्यो कहालिलो लाग्दो युद्दकाल जहाँ माओवादी र सरकारी दुबै पक्षबाट भय थियो । जुन सुकै बेला ज्यान जोखिममा पर्न सक्दथियो । यही त्रास र भयबाट बाँच्न रात दिन जङलमा लुकेर बस्नु पर्ने बाध्यता थियो । ती त्रासिदिलो दिनहरु, जहा के नाबालक के बृद्ध, के गर्भवती केही नभनी बिद्रोही वा सरकारी दुवै तर्फबाट निर्मम यातना दिई सोझा सिधाको ज्यान लीइन्थ्यो त्यस्तो दर्दनाक पिडा मानसिक त्रासबोकेको दिनहरुलाई पनि सरल मिठास पूर्ण भाषा शैलिमा गाउ, शहर सबैले बुझ्ने गरी प्रस्तुती दिदा सबैको वा वाही पाएका थिए । उनको पिडादायी बाल्यकालका सम्झनाहरु नाबालक अवस्था देखी नै आँफै संघर्ष गर्दै पढ्दाको क्षणहरु, रोल्पा देखी काठमाण्डाैं सम्मको यात्रा । आफ्नै जीवन सङिनी सँगको मिलनका क्षणहरु पनि कम्ता रोचक छैनन । उनको प्रस्तुतिहरु  फरक त छन नै नेपाली पन पनि बोकेकैले उनलाई अर्ज्ञानीक कमेडियनको ट्याग पनि लगाइदिएका छन उनका फ्यानहरुले । उनका एक पछी अर्को दम्दार प्रस्तुतीहरुमा झन निखारता थपिदै गएको पाईन्छ । उनी हास्न हसाउन मात्र होइन गाउँन र नाच्न पनि उत्तिकै खप्पिस छन ।

उनका प्रस्तुतीहरुले, समाज, देशको संस्कृती, माया भावना जिम्मेवारी बोकेका कारण पनि खबपु च्यापियन हुने निश्चित देखिन्छ । त्यसैले जजेजहरु पनि भन्ने गर्छन्, “यसपालीको च्याम्पियन रोल्पाली ” ! 

उनको क्रेज यती धेरै छ कि, उनलाई जिताउन देश बिदेशमा अभियान नै सन्चालन गरेका छन अनका शुभचिन्तकहरुले । अहिले उनी ठाउँठाउमा आफ्न शुभचिन्तक हरुलाई धन्यवादका साथ खबपु जिताउ अभियानमा जुतेका छन । 

उनी सँग हिमेश पन्त र सुमन कोइराला पनि फाइनलमा पुगेका छन ।

भोट गर्ने तरिका :-
नेपाल बाट आफ्नो मोबाईलमा Esewa App Download गरेर जति पनि भोट गर्न सक्नुहुनेछ । 

बिदेशबाट Comedy Champion App मार्फत भोट गर्न सक्नुहुनेछ । २४ घन्टाको अन्तरमा ५ भोटिङ गर्न सकिने छ । फेस्बुक वा गूगल आईडी मार्फत । फेब्रुरी 25 देखी मार्च 14 सम्म (25 February-14 March 2020).

फेस बुकमा जोडिनhttps://www.facebook.com/khabapu.magar 

{youtube}https://youtu.be/4vzL_i245eQ{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %