गृहमन्त्रीमा दुई जनजातिलाई लोप्पा । सत्तामा पुग्न बाहुन क्षेत्री नै हुनुपर्ने !

लामो समय देखि चर्को बहस चल्दै आएको गृहमन्त्री विवाद सामसुम भएकोछ । एमालेका झलनाथ खनाल र एमाओवादीका प्रचण्डले गोप्य सहमति गरेर सरकार बनाएपनि गृहमन्त्री कसलाई बनाउने भन्ने बारेमा निक्र्योल हुन सकेको थिएन । तर एमाओवादीले शुरुमा बर्षमान पुन अनन्तलाई गृहमन्त्री दिने बताएकोथियो ।

लक्ष्मी महर्जन

प्रचण्डले उनलाई आफ्नो उमेदवारको रुपमा प्रस्तुत गरेकाथिए । तर एमालेले गृहमन्त्री एमाओवादीलाई नदिने भन्दै रोकिराखेकोथियो । एमालेको भनाईमा शिविरमा माओवादीका लडाकाहरु भएकोले माओवादीलाई कुनै पनि हालतमा गृहमन्त्री दिइनु हुदैंन । उनीहरुको तर्कमा जनविद्रोह पारित गरेको दललाई गृहमन्त्री दिदा अनर्थ नै हुनेछ । उनीहरुले सत्ता कब्जा गर्नेछन् । तर अनन्तलाई उनको दलभित्रैबाट असहयोग पनि थियो । प्रचण्डले बाबुरामलाई तह लगाउन अनन्तलाई हदैसम्म प्रयोग गर्ने गरेकाथिए । कुनै बेला रामबहादुर थापा बादललाई उपयोग गरे जस्तै । अहिले बादल जसरी थान्को लगाइएकाछन् अनन्तलाई पनि थान्को लगाउन यसो गरिएकोथियो । यो षड्यन्त्रमा अन्य दलमा जस्तै माओवादीमा पनि खुब लागु गरिन्छ । उनले बाबुरामलाई संचारमाध्यमबाटै गाली गर्न थालेको त्यहि षड्यन्त्र अन्र्तगत थियो , प्रचण्को भाँउतोमा लागेर । बाबुरामले पनि उनलाई खुल्लमखुल्ला हकार्ने गरेकाथिए, संचारमाध्यमबाटै । यी दुईको एकपटक जुहारी नै चल्यो ।
प्रचण्डको खुराफात नबुझेका यी रोल्पाका ठीटाले बादलको नियती बिर्से । माओवादी झन बढी साम्प्रदायिक छ भन्ने पनि दिमागमा राख्न सकेनन् । त्यसरी जुहारी खेलेपछि उनलाई भट्राईले सहयोग गर्ने कुरै भएन । कुनै बेला एउटै छतमुनी बस्ने यी दुई मित्रलाई प्रचण्डले झगडा गराएर छुटाइदिएपछि अनन्त झन कमजोर भए । जनजाति लड्न र उपयोगका लागि मात्र हुन् । यीनका बुद्धि हुदैंन भन्ने कुरा बादल पछि अनन्तमा पनि प्रयोग गरे, प्रचण्डले । यसमा उनी सफल पनि भए ।
अर्कोतर्फ अनन्तलाई मोहन बैद्य (उनी प्यूठानका पोखरेल हुन् ) ले पनि गृहमन्त्री बन्न दिएनन् । उनको बदलामा अर्को जनजाति देव गुरुगंलाई अघि सारियो । त्यस प्यानलबाट । दोश्रो श्रीमती बाहुनी विवाह गरेका र जनजातिको ज सुन्न नचाहने र जातीय कुरा गर्नु भन्दा त्यसबाट भाग्ने गुरुगंलाई त्यसै कारण माओवादीले उनलाई जनजाति विभाग प्रमुख दिएकोथियो । बाहिर निकै जनजाति जातिको भाषण गर्ने तर श्रीमती र आफ्नो पीए उनकै सालीको सामुन्ने जनजातिको कुरा गर्न डराउने गुरुगंलाई गृहमन्त्रीको बलियो दावेदारको रुपमा खडा गरिएकोथियो । गुरुगंलाई कुरा मिलाउन हैन विगार्न वार्तामा पठाउने गरिन्छ । उनको छवि एउटा असभ्य र कर्कस नेताको रुपमा प्रचण्ड र बैद्यले नै प्रस्तुत गरिदिएकाछन् । उनले गृहमन्त्री पाउने भनिएकोथियो थियो । नामैले होस्, एउटा जनजातिलाई लोकतान्त्रिक ब्यवस्थामा गृहमन्त्री दिइने अपेक्षा राखिएकोथियो । तर भयो त्यसको ठिक उल्टा । चतुरहरुले यहाँ खेल्न सम्म खेले । दुई जनजातिलाई भिडाइदिए । आफु आफुमा लडे यी दुई जनजाति नेता । दाहाल, भट्राई र पोखरेलले पेट मिचिमिचि तमासा हेरे ।
आखिर अन्तिममा आफ्नो स्वार्थ पूरा भएपछि अर्थात दुई जना जनजाति नेतालाई भित्तामा पुर्याएपछि, कमजोर बनाएपछि कृष्ण बहादुर महरालाई गृहमन्त्री बनाईयो । गृहमन्त्रीमा बाहुन क्षेत्री बाहेक अन्य जातजातिका ब्यत्ति अयोग्य हुन्छन् भन्ने कुरा अन्य दलले त नियम नै लागु गरेकाथिए अघोषित रुपमा । अब क्रान्तिकारी दावा गर्ने एमाओवादीले पनि देखाइदियो । उ पनि टाठाबाठा र उच्च जातिकै दल हो भनेर खुलेरै आउन थालेको यो पछिल्लो उदाहरण हो । जति गरेपनि नेपाली राजनीतिमा उच्च जातिकै हालीमुहाली छ र उनीहरुको स्वार्थ विना कसैले केहि पाउदैन भन्ने कुरा फेरि सावित भएकोछ । जति चाकरी गरेपनि जनजाति जनजाति नै हुन् भन्ने कुरा देखाइदिएकोछ ।
यी दुई नेताको प्रचण्ड र बाबुराम इभन महरा भन्दा कुनै अर्थमा भूमिका कम थिएन । यी संस्थापक नेता हुन् माओवादीमा । अर्को महत्वपूर्ण करा के हो भने यी दुबै जनजातिका लागि मरिमेट्ने जनजाति नेता हैनन् । दाहाल र पोखरेलका पक्का हनुमान हुन् । तर यस्ता रामभक्त हनुमानले पनि एउटा गृहमन्त्री पद समेत पाउन सकेनन् । दिइएन । यीनmे कहिले पाँउछन्, प्रधानममन्त्री ? आखिर जनजातिलाई गृहमन्त्री नदिन यति लामो समय सम्म तिकडम गरिएको रहेछ । हिंजोसम्म माओवादीलाई गृहमन्त्री नदिन अड्डी कसेका खुखांर बाहुनवादी दल एमालेले अहिले महरालाई गृहमन्त्री दिदा भने चुप लागेर समर्थन गर्यो । अन्य दलहरु पनि मौन समर्थनमा छन् । जकबी महरा तिनै ब्यत्तिm हुन् जसले केहि महिना अघि एक चिनीया ब्यक्तिसंग करौंडाें रुपैया मागेको टेप सार्वजनिक भएकोथियो । एउटा विदेशीसंग खुल्लमखुल्ला आफ्नो उमेदवारलाई जिताउन पैसा माग्ने ब्यक्ति गृहमन्त्री पदमा कुन विध्न खतरनाक हुनसक्छन भन्ने कुरा यहाँ ध्यानै दिन चाहेको देखिएन ।
जातले बाहुन क्षेत्री भएपछि ती जतिसुकै भ्रष्ट भएपनि राम्रो हुने नेपाली नीति नियम यहाँ लागु भएकोछ । आफ्ना जातिलाई अगाडि सार्दा सबै दलका बाहुन क्षेत्री एक हुने यो नै नेपालको यथार्थ भैदिएकोछ । नेपालमा शासक हुन मगर गुरुगं, लिम्बु, तामागं राई भएर हैन पाण्डे, महरा, दाहाल, आचार्य, कोइराला भई जन्मनुपर्छ भन्ने अघोषित नियम कोर्ने काम भएकोछ ।  गृहमन्त्री प्रकरणमा त्यहि देखियो । बाहिर  जे  भनेपनि यस्तो षड्यन्त्रबाट रिसाएर अनन्तले शान्तिमन्त्रीबाट राजिनामा दिई साँकेतिक विरोध गरेका त छन् तर त्यो कत्तिको प्रभावकारी हुन्छ, हेर्नुछ । किनकी एमाओवादीको बहुमतको सरकार बन्दा उनलाई शान्तिमन्त्री दिइएकोथियो तर रातारात जनार्दन शर्मालाई ल्याइएकोथियो । त्यतिबेला अनन्त ठुस्किएर पनि दाहालको केहि लछारपटार लागेको थिएन । पछि उनै दाहालको झन नजिक पुगी उनको स्वार्थमा काम गरेकोथिए, अनन्तले । अनन्तले यसपटक पनि भएको मन्त्री पद पनि दिएर त्यस्तै नियति भोग्ने हुन् कि त्यसले दवाव श्रृजना गर्ने हो भविष्यले बताउला । गृहमन्त्री नपाएपछि गुरुगंले संचारमन्त्री लिन मानेनन् । यो उनको विरोध हो तर यसले के अर्थ राख्छ, अहिल्यै भन्न सकिन्न । तर  हाम्रा जनजाति नेताहरुले यो प्रकरणबारे के सोंच्याछन् कुन्नि ?