बौद्धराष्ट्र” को लागि जनमत सृजना गर्न नपरोस ❗️

Read Time:1 Minute, 45 Second

 हिन्दुधर्मलाई राजकीयकरण र बुद्धधर्मलाई व्यावसायीकरण गरिएकाे छ ।

_ ✍️ बलदीप प्रभाश्वर चामलिङ / बिश्लेषक, लेखक “जातियमुक्ती र लोकतंत्र” सचिब – राष्ट्रिय जनमुक्ति पार्टी ।

 

हिन्दुधर्मलाई राज्यकाे हैसियत दिइएकाे छ भने बुद्धधर्मलाई कमाइखाने भाँडाे बनाइएकाे छ । बुद्ध जन्मेकाे देश भन्दै देशविदेश शयर गर्ने र चन्दा असुल्ने तर नेपालमा चाहिँ बुद्धकाे अपमान गर्ने पाखण्डीहरू छन् ।

लुम्बिनी विकासकाे नाममा देशविदेशबाट करोडाैँ ल्याउनेे र विकास काेषकाे प्रमुखमा गैह्रबुद्धिष्ट हिन्दुलाई राखेर अार्थिक दाेहन गरिन्छ ।

प्रम केपी अाेली एक अन्तर्राष्ट्रिय बाैद्धसम्मेलनमा भियतनाम र कम्बाेडियाकाे भ्रमणमा गएका छन् । तर बाैद्धधार्मिक सम्मेलनले डाकेर उनी त्यहाँ गएका हुन् भन्ने कुरा बताइएकाे छैन् ।

जाबाे फटाहा जाली याेगीहरूले बाेलाएकाे पुराणमा झ्याली पिटाएर जाने अाेलीहरू बाैद्धसम्मेलनमा जाँदा चाहिँ पण्डितहरूकाे टाेली लिएर सुटुक्क जानुले के सन्देश दिन्छ ?

हिन्दुराष्ट्रका हिमायती र अतिवादी अाेलीहरूकाे यस्ताे हर्कतविरूद्ध भाेली “बाैद्धराष्ट्र नेपाल” काे लागि जनमत सिर्जना गर्न नपराेस् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %