जापानीज समाजसेवी ओ के बाजेलाई पाल्पामा नागरिक अभिनन्दन !

Read Time:2 Minute, 33 Second

देब पचभैया
पाल्पा, फागुन ३०

Image may contain: 12 people, including Phoolmaya Gaha Magar, people smiling, crowd and outdoor
२५ बर्ष देखि निरन्तर पाल्पामा बसेर समाजसेवा गर्नुभएका जापानीज नागरिक काजुमासा  काकिमी (ओ.के बाजे ) लाई बिहिबार पाल्पामा नागरिक अभिनन्दन गरिएको छ । जिल्लाका १ सय ८० बढी विद्यालय एबम् बिभिन्न संघसंस्थाहरुले उहालाई सम्मान गरेका हुन् ।
Image may contain: 12 people, including Bishnukumar Sinjali, people standing and outdoor
पन्चे बाजासहितको र्यालीले तानसेन बजार परिक्रमा गरी टुडिखेल मैदानमा बिशेष समारोहको आयोजना  गरी सवाजसेवी ओ.के बाजेलाई सम्मान गरिएको मुल समारोह समितिका संयोजक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । 
Image may contain: 6 people, people smiling, people standing, crowd, shoes and outdoor
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालीकाका प्रमुख अशोक कुमार शाहीले सम्मान गरेपछि बिभिन्न संघ संस्थाहरुले उहालाई सम्मान गरेका हुन् ।
कार्यक्रममा जापान बाट आएका कलाकारहरुले समेत ओ. के बाजेको सम्मानमा बिभिन्न गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

Image may contain: 8 people, people smiling, people standing and outdoor
२५ बर्ष अघि पाल्पाका एक टे«किङ्ग गाईड संग पाल्पा आउनुभएका जापानिज समाजसेवी काजुमासा  काकिमी (ओ.के बाजे) ले जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, क्लब तथा गरिव जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्दे आउनुभएको छ । बिकास निर्माणका कार्यमा समेत ओ.के बाजेले पाल्पामा करोडौ आर्थिक सहयोग गर्नुभएको छ ।
Image may contain: 3 people, including Chandra Masrangi Magar
जिल्लामा भएका समस्या र मागलाई लिएर उहाले जापानमा रहेका विभिन्न संघ संस्थाहरु संग अनुरोध गर्ने र सहयोग गर्ने काम गरिरहनुभएको हो । शुरुमा नेपाल आउदा कुरा गर्दा ओ. के , ओ. के भन्ने भएकाले उहाँलाई स्थानीयले ओ. के बाजे भनेका हुन् । पछि सबैले उहाँलाई ओ.के वाजेकै रुपमा चिन्दै आएका छन् । यस अघि पनि ओ.के बाजेलाई पाल्पामा २ पटक नागरिक अभिनन्दन गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %