त्रिलोक सिहं थापा मगर
परिचयः
सन् १८९५ डिसेम्वर २९ तारीखमा बुहयामिक व्यक्तित्व मास्टर मित्रसेन थापा मगर को जन्म भारतको हिमाचल प्रदेश जिल्ला कागडा, भाग्सू धर्मशाला छाउनीको धारा खोला गाउँमा भएको थियो । उनी सिजाँली मगर हुन् । उनको पुख्यौली घर पश्चिम नेपालको तत्कालीन वागलुङ्ग जिल्ला (हाल पर्वित जिल्ला) अन्र्तगत पर्ने राखु पुल्ला गाउँ पर्दछ । यिनको हजुर बुबा सुन्दर थापा मगर सेनापति वडाकाजी अमरसिंह थापाको गोर्खाली फौजमा भर्ना भएर भारतको हिमाचल प्रदेशमा पर्ने कागडा किल्ला पुगेका थिए । जनरल अमरसिं थापाको गोर्खाली सेनाले १६०० बर्ष पुरानो प्रसिद्ध कागडा किल्ला लाई सन् १८०३ साल देखि सन् १८०९ सम्म आफ्नो घेरामा राखेको थियो । त्यस पछि सन्धी अनुसार जनरल अमर सिंह थापा आफ्नो सेनाका साथ स्वदेश फर्किए । केही गोर्खाली सैनिक कागडा किल्लाको छेउ छाउमा बसोबास गर्न मन पराए । मित्रसेनको हजुरबुबा सुन्दर थापा मगर पनि त्यही बसोबास गरे । त्यही सुन्दर थापाको छोरा मनवीर सेन थापाको जन्म भयो । मनवीर सेन थापा र आमा राधा थापको छोरा मित्रसेन थापा हुन् ।
सैनिक जीवन :
मास्टर मित्रसेन थापा मगरले सन् १९१२ साल देखि १९२० सम्म आफ्नो पुर्खौली पेशा सैनिक जीवन व्यतीत गरे । आफ्नो बुबा र बाजेको पल्टन पहिलो गोर्खा राइफलको सिगनल शाखामा कार्यरत रहे । प्रथम विश्व युद्धको समय उनि यूरोप, मध्य पूर्व र अफ्रिका कयौ मुलुकमा युद्धका लागि गए । युद्धको हिंसा, रक्तपात र नरसम्हारले गर्दा मित्रसेन ज्यादै दुःखीत थिए ।प्रंथम विश्व युद्ध समाप्त भए पछि सैनिक जीवन वाट स्वेच्छाले अवकास लिए । तत्पश्चात सङ्गीत र साहित्य साधना, गोर्खाली भाषाको प्रचार, गीत, कविता, नाटक, कथा लेखन र समाज सुधारका कार्यमा जीवनको २५ वर्ष सम्म व्यत्तीत गरे । भारत र नेपालका विभिन्न ठाउँहरुमा भ्रमण गरेर नेपाली लोक सङ्गीत, सुगम सङ्गीग, तथा संस्कृतिको प्रचार गरे । “गोरखा सत्सङ्ग प्रचारणी संघको गठन गरेर गोर्खालि समाजमा सामाजिक चेतनाको अभियान संचालन गरे । सन् १९४६ अफ्रिल ९ दिनांकमा भाग्सू आफ्नै गाउँ तोतारानीमा उनको देहावसन भयो ।
कृतिहरु :
मास्टर मित्रसेन थापा मगर स्वंय आफै गीत, कथा, नाटक, कविता र लेखहरुका रचियता थिए । उनका ११ वटा खण्डकाव्य, ९७ वटा गीतहरु मध्इे ३२ वटा डिस्क रेकर्ड भएका गीत १४ वटा हिन्दोस्तानी र उर्दु भाषामा नाटक ५ वटा नेपाली नाटकका डिस्क रेकर्ड हाल सम्म फेला परेको छ । ५ वटा कथा, ६ वटा निवन्ध, २ वटा कविता गोर्खा सेवक (सन् १९३६) र शारदा पत्रिकामा प्रकाशित भएको पाइन्छ । मास्टरमित्रसेनको दर्जनौँ कृतिहरु अझ पनि भारतको हिमाचल प्रदेश धर्मशाला माग्स्को सरकारी म्युजियममा पाण्डुलिपी अवस्थामा छ । उक्त पाण्डुलिपीहरुको सम्पादन र प्रकाशन अत्यन्त आवश्य छ । उक्त पाण्डुलिपी राष्ट्रिय सम्पदा हुन् ।
बहुमुखी व्यक्तित्व :
मित्रसेनले नेपाली भाषाका साथै हिन्दुस्तानी र उर्दु भाषामा पनि कतिपय रचना गरे । अंग्रेजी, सस्कृत, मगर र नेवारी भाषाका पनि उनि जानकार थिए । कविता, गीत, भजन, गजल, कववाली, झ्याउरे, कथा, निवन्ध, डायरी, लेख, अनुवाद, रेडियो नाटक आदिको लेखन र मञ्चन समेत गरे । समाज सुधारक र समाज सेवाका अतिरिक्त उनि धर्म प्रचारक पनि थिए ।
फलस्वरुप उनको साहित्यक एंव साङ्गितिक रचना माथि भारत र नेपालका विश्वविद्यालयले दुई जना शोध कर्तालाई विद्यावारिधी प्रदान गरेको छ । नेपाल र भारत सरकार हुलाक विभागले सस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ । दुई देशले हुलाक टिकट प्रकाशन गर्नु ठूलो कुरा हो ।
नेपाली र हिन्दी भाषामा उनको साहित्यिक एंव साङ्गितिक योगदान वारे पुस्तक प्रकाशित भएको छ । नेपाल र भारतमा मित्रसेनको नाममा संस्थाहरु स्थापना भएको छ । सदावहार गीतका गायक एवं सर्जक मास्टर मित्र सेन थापाको लोक प्रियता आज पनि जन मानसमा यथावत छ ।
जन्म जयन्ती :
सन् २०१७ साल डिसेम्वर २९ तारिखमा नेपाल र भारतका विभिन्न ठाउँहरुमा नेपाली साहित्यका महान विभूति र गीत सङ्गगीतका अमर साधक लेखक तथा बिचारक मास्टर मित्रसेनको जन्म जयन्ती मनाइएको थियो । भारत भाग्सू धर्म शाला बाट प्रकाशित हुने अक्टोवर २०१८ को “भाग्सू वाणी” पत्रिका पृष्ठ ३३ मा प्रकाशित “मित्र सेनको १२२ औ जन्म जयन्तीको समाचारको विवरण यस प्रकार उल्लेख गरिएको छ ।
“इंग्लैण्डमा :
२९ दिसेम्बर २०१७ शनिबारका दिन मगर संघ युके केन्ट शाखाले मास्टर मित्रसेन थापामगरको १२२ औं जन्म दिवस मनायो। पर्यावरण विद साहित्यकार विजय हितान र अरु साहित्यकार, सङ्गीगतकाहरुको पहलमा जनवरी २१ तारिखमा जन्म दिवन इंग्लैण्डमा मनाइएको थियो ।
जन्म दिवसमा विशेष गरेर बेलायतस्थित नेपाली संघ संस्थाका पदाधिकारीहरुलाई अतिथिको रुपमा बोलाइएको थियो। कार्यक्रममा मगर संघ युकेका अध्यक्ष नेम थापा, राई आयोख्या मेडस्टोन साखाकी सचिव रन्जना राई, मगर बौद्ध समाज युकेका अध्यक्ष कृष्ण दर्लामी, मगर महिला समिति प्लस्टिड की अध्यक्ष देवरुपी थापा र निवर्तमान अध्यक्ष देवीमाया पुन, खोटाङ समाज युकेका पूर्व अध्यक्ष रत्न राई साथै दर्जनौ सर्बसाधारणको उपस्थिति थियो।
मास्टर मित्रसेन थापाको थिए, गोर्खाली समाज सुधारका कार्यमा उनको कस्तो भूमिका थियो, उनको साहित्यिक तथा साङ्गितिक देनहरू केके थिए भन्ने विषयमा बिजय हितानद्वारा प्रबचन दिइएको थियो। साथै उनका गीतहरुलाई पहलसिङ थापा नेतृत्वको एक सांगितिक दलद्वारा प्रत्यक्ष गाएर प्रस्तुत गरिएको थियो। मित्रसेनका लोकप्रिय गीत र झ्याउनेर गीतहरु“लाहुरेको रेलिमै”, “मलाई खुत्रुक्कै प¥यो जेठान”, “अब त जाउँ कान्छी घर”, “तान्सेनको सितल पाटी”आदी लाई क्याप्टेन वीरबहादुर थापाले गाउनुभएको थियो भने मादलमा तुल्सी राना, बाँसुरिमा दिनेस गुरूङ, र हार्मोनी मा पहलसिङ थापाले साथ दिनुभएको थियो। गायनको बिच बिचमा घन थापा, बिशन थापा र बिजय हितानले आफ्ना कबिता साथै मित्रसेनका गीत, भजनहरू बाचन गर्नुभएको थियो ।
अध्यक्ष नेम थापा र सचिव रन्जना राईले आआफ्नो मन्तव्य राख्नुभएको थियो। नेमा थापाले मास्टर मित्रसेनको जन्मदिनलाई भविष्यमा मगर संघ युकेको नेतृत्वमा अझे भव्यरूपमा मनाउने बचन दिनु भयो। रन्जना राईले गीतहरू सुनेको तर यसमा गायक तथा रचयिता मास्टर मित्रसेन थिए भन्ने कुरा पहिला थाहा नभएको कुरा राख्नुभएको थियो।
स्मरण रहोस, गोर्खा पल्टनमा अति नै चर्चित गीत ‘लाहुरे दाईको रेलिमाई फैसने राम्रो, रातो रुमाल रेलिमै खुकुरी भिरेको… ‘गीत का रचयिता, संगितकार र गाएक उनै मास्टर मित्रसेन थिए। यो गीतलाई ब्रिगेड आफ गोर्खाजको ब्यान्डले कर्ण्प्रिय धुनमा परिणत गरेर विशेष परेडहरुका बेला लामो समय अघिदेखी बजाऊदै आएको छ। उनका प्रायजसो गीत झाउरे भाकाका भएकाले उनलाई झाउरेका किङ उपनामले पनि चिनिन्छ ।
देहरादूनमा :
हाम्रो गोर्खा गौरव महान गीतकार, संगीतकार एवं गायक मास्टर मित्रसेन थापा ज्यूको पुन्यतिथि र स्मरणमा गोर्खा मिलेट्री इंटर कालेज, गढ़ी केंटमा भारतीय मगर समाज समिति देहरादूनको तत्वाधानमा आज दिनांक 27.12.2017 बाट 29.12.2017 सम्मा मास्टर मित्रसेन थापा मेमोरियल फूटबाल टूर्नामेन्टको आयोजन प्रारम्भ भयो। यस टूर्नामेन्टको मुख्य उद्देश्य मास्टर मित्रसेनज्यूलाई श्रद्धान्जलीकोे संग संगै देहरादूनको गोर्खा खेल प्रतिभालाई प्रोत्साहन दिने भनाई थियो ।
टूर्नामेन्ट को उद्घाटन अध्यक्ष कर्नल डी.बी. थापाज्यूको गौरवमयी उपस्थितिमा जी.एम.आई.सी. को प्रधानाचार्य श्री जे. पी. जागुडीज्यू र पूर्व प्रधानाचार्य श्री समरसिंह ज्यूले गर्नु भयो।
दिनांक 29.12.2017 मा भारतीय मगर समाज समिति देहरादूनको तत्वाधानमा महान गोर्खा गायक, गीतकार र संगीतकार मास्टर मित्रसेन थापाज्यूको १२२ औ जन्मदिन धूमधाम संगले मनाउनो मौका पायो। यो शुभ अवसर मा समिति अध यक्ष कर्नल डी.बी. थापाज्यू, मुख्य संरक्षक मेजर बी.पी. थापा ज्यू, उपाध्यक्ष कैप्टन बी.पी. थापा ज्यू, महासचिव गोवर्धन राना, संगठन मंत्री सुरेश थापा ज्यू, ललित थापाज्यू, सल्लाहकार श्री अनुरूपे थापाज्यू, शाखा अध्यक्ष ज्यूहरू, सहित थुप्रै सहभागी हरू हुनुहुन्थियो ।
मास्टर मित्रसेन थापा ज्यूको स्मरणमा गोर्खा मिलेट्री इंटर कालेज गढ़ी केंटमा फूटबाल टूर्नामेन्टको फाइनल मेचको पनी आयोजन भयो। जसमा क्लेमेंनटाऊन र मानव केन्द्रको बीच फाईनल मैच भयो जसमा क्लेमेंनटाऊनको टीम विजयी भयो।गोवर्धन राना (रवि राना), महासचिव, भारतीय मगर समाज समिति देहरादून वाट प्राप्त समाचार ।
२९ दिसम्बर, २०१७ आज नेपाली साहित्य सम्मेलनको सुधपा भवनमा मगर संघ भारतको आयोजनमा मास्टर मित्रसेन थापाले १२२ औं जयन्ती स्मरण दिवसको रूपमा संचालन गरियो।
मास्टर मित्रसेन थापा सालिग निर्माण समितिका मूलसचिव अजय थापाद्वारा संचालित यस स्मरण दिवस कार्यक्रम सालिग निर्माण समितिका अध्यक्ष हरेन आलेको अध्यक्षतामा, अग्रज प्रतिष्ठित संगीतकार, गायिका, शान्ति ठटालको प्रमुख आतिथ्य, मास्टर मित्रसेन थापा पुरस्कारद्वारा सम्मानित मानसिङ मोक्तान, संगीतकार बसन्त छेत्री, साहित्यकार नन्द हाङखिम, गायिका दावा ग्याल्मोको विशिष्ट आतिथ्यमा गरियो। मास्टर मित्रसेन थापा जयन्ती विश्वभरि मान्नुपर्छ र मास्टर मित्रसेन थापा सालिग निर्माण समितिले मास्टर मित्रसेन थापाको सालिग निर्माण गर्नु र मास्टर थापामाथि स्मरण दिवस आदि कार्यक्रमहरू आयोजना गर्नुको मूल उद्देश्य उजागर गर्दै आयोजक समितिको पक्षमा अमित थापाले स्वागत मनतव्यमा उल्लेख गरेका थिए ।
मास्टर थापाको १२२ औं जयन्तीको अवसरमा उपस्थित अतिथिगणहरू लगायत दर्शकवर्ग सबैले मास्टर मित्रसेन थापाप्रति श्रद्धा अर्पण गर्दै उनको तस्वीरमा माल्यार्पण गरे।
मास्टर मित्रसेन थापा जयन्ती एवं स्मरण दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै हिमाचल दर्पण ब्यूरो चीफ बिमल राईले मास्टर थापाका विभिन्न पक्षलाई प्रकाश पार्दै आफ्नो मन्तव्यमा प्रत्येक क्षेत्रका व्यक्तिविशेषले मास्टर थापाको विभिन्न क्षेत्रलाई केलाउँदै उनको सम्पूर्ण विषयमाथि प्रत्येकले शोध, खोज गर्नपर्ने बताए। मास्टर उपाधि मास्टर थापाले त्यसै पाएका होइनन्। यो उपाधि उनलाई भारत सरकारले दिएको होइन तर त्यस्ताक का नवाबहरूले दिएका हुन्। जसलाई पछिबाट गएर द्दण्ण्ज्ञ सालमा भारत सरकारले पनि नर्कान सकेन। उनीसित मास्टरको उपविध संलग्न हुनु छुट्टै महत्त्व र मूल्य रहेको छ। आज सम्म हामीले उनका कार्यहरू जति बिर्सियो तर अब हामी सम्झौं र प्रतिशत बड़ाउँ दार्जी्लिङको योगदान पनि धैरे नै छ । खोजी गर्ने व्यक्तित्वहरू हामीसित छन्। सिक्किम सरकार र हिमाचल प्रदेशमा गएर पनि खोजी भएको छ, भइरहेको छ र हामीले थप उनका अन्य तथ्यहरूलाई खोज्ने क्रम राख्नुपर्छ भन्ने बताउँदै सालिग निर्माणको जुन कदम मगर संघ भारतले चालेको छ, त्यो सराहनीय छ भन्ने बताउँदै मास्टर थापामाथि थप भनाईहरू प्रस्तुत गरे। वक्तव्यकै क्रममा सांगीतिक एवं इतिहासविद् डीएस मोक्तानले प्रमुख अतिथि संगीतकार शान्ति ठटालकै जीवनीलाई स्पर्श गर्दै उनकै समयकाल अवधिदेखि मास्टर मित्रसेनथापाको गीत(संगीतको विषय बूंदालाई राख्दै मास्टर मित्रसेन थापाको जातीय एवं सामाजिक योगदानमाथिको क्रियाकलापलाई आफ्नो वार्तामा सविस्तार प्रस्तुत गरे।
समारोह प्रमुख अतिथि शान्ति ठटालले आफ्नो वक्तव्य राख्दै कालजयी गीत–संगीतलाई समेट्दै मास्टर मित्रसेनथापासितै अग्रज कलाकारहरूसितको घनिष्ठता र महत्वलाई । सम्बोधनमा राख्दै सारगर्भित सम्भाषण प्रस्तुत गरे।
मास्टरमित्रसेन थापाको यस कार्यक्रमलाई स्मरण दिवसको रूपमा मानिलिएवापत् मास्टर थापाका प्रसिद्ध गीतहरू लाहुरेको रेलीमै फेशनै राम्रो, खुत्रुकै पा-योलगायत अन्य गीतहरूलाई गायक राजेन आले अनि प्रबल थापाले वाद्यवादकहरू मनिष थापा, विनय सेवा, उपेन्द्र दर्नालका साथमा गाएर सबैलाई मनोरञ्जन दिलाए ।
अन्त्यमा अध्यक्षीय सम्बोनधनमा अध्यक्ष हरेन आलेले उपस्थित मास्टर मित्रसेन थापामाथि वक्तव्य प्रस्तुत गर्ने वक्ताहरू लगायत सबैप्रति आभार प्रकट गर्दै मास्टर मित्रसेनमाथि गरिएका चर्चा परिचर्चामाथि गहिरिएर सोचविचार गर्ने निर्देश गर्दै कार्यक्रम समापनको घोषणा गरे।उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिविशेषहरू उपस्थित थिए।
धर्मशाला (भाग्सू)
मास्टर मित्रसेन थापाको १२२ औँ जन्म जयन्ती उनको लोकप्रिय गीत, भजन, किर्तन गायनका साथै मनाइएको समाचार प्राप्त भएको छ । उनको तोतारानी गाउमा सतसंग, भजन, पर्वचन, किर्तन तथा मित्रसेन विद्यालयमा चित्रकला प्रतियोगिताका साथ जन्मदिवस मनाइएको थियो ।
काठमाण्डौ
मास्टर मित्रसेन स्मृती प्रतिष्ठानको अध्यक्ष त्रिलोक सिंह थापाको अध्यक्षतामा मव्य रुपमा मित्रसेनको १२२ औँ जन्म जयन्ती मनाइयो । सो समारोहमा विभिन्न साहित्यकार एंव सङ्गीतकारहरुको सहभागीता थियो ।
मीडियामा :
बहुआयामिक प्रतिभाका धनी संगीतकार, साहित्यकार, गीतकार, नाटककार र गोर्खा समाजका सुधारक मास्टर मित्रसेन थापा मगरको १२२ औँ जन्म जयन्तीको शुभ अवसर मा हिजो बी०बी०सी० रेडियो का कला संस्कृति संयोजक सुश्री सेवा भटराईले विशेष कार्यक्रम प्रस्तुत गरे का थियै र मित्रसेन प्रतिस्थान का अध्यक्ष त्रिलोक थापा शोध कर्ता, डाक्टर खगेन शर्मा, साहित्यकार प्रकाश श्यामी, र चेतन कार्की संगको अन्तर्वार्ता तथा मित्रसेनका मधुर गीतहरूका प्रस्तुति ले सो अति रोचक कार्यक्रम हुन गयो को थियो। गोर्खा रेडियो । (BFBS) का संयोजक श्री विनोद खड्काले भारत भाग्सु धर्मसाला मा बसोबास गर्दै आयोको मित्रसेनको बुहारी देव कन्या गोर्खा एसोसिएशनका अध्यक्ष रविन्द्र राना संग अन्तर्वार्ता लिनु भयर मित्रसेनको योगदानका विषयमा धैरे जानकारी प्राप्त भयो । त्यस्तै सगरमाथा Radio F.M. का सुश्री मिरा Mira Rana Bhat ले प्रतिस्था का Master Mitrasen Academy Kathmandu उपाध्यक्ष गौ बहादुर आलेको अन्तर्वार्ता र मित्रसेनका मिठो । गीतको रेकर्ड का प्रस्तुति करणले कार्यक्रम अति मनोरन्जक हुनु गयो। सेवा भटराई अनुसार बी.बी.सी. को वेबसेट मा मित्रसेनको परिचय र फोटो समावेस गर्ने भयोको छ। सिक्किम र दार्जी्लिंगका दैनिक समाचार पत्रमा मित्रसेनको विषयमा लेखहरु प्रकाशित भएको थियो ।
अन्तमा :
साहित्यकार इन्द्र बहादुर राईको शब्दमा मित्रसेन औधी लोक प्रिय थिए । भाग्सू देखि इम्फाल सम्म, दार्जलिङ्ग देखि मुम्वइ सम्म त्यस बेला हामी उनलाई चिन्थ्यौँ, गायक र नाटककारको रुपमा । पछि थाहा पायौँ मित्रसेन त नेपाली वा गोर्खाली जातिका एक महान सेवक रहेछन् । लोकप्रिय गायक हिरण्य भोजपुरले मास्टर मित्रसेन लाई नेपाली संगीतका आदि गायक वा आदि संगीतकार भन्न खोजेका थिए भने साहित्यकार कृष्ण विलास पौड्यालले “मित्रसेन साहित्यका महान विभूति र कलाका अमर साधक एवम गीत र सङ्गीतका माहुर हुन” त्यस्तै डा. खगेन शर्माले “नेपाली संङ्गीतका भानुभक्त मास्टर मित्रसेन हुन भनेर” उल्लेख गरेका छन् ।