२०औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउ कसलाई ?

Read Time:2 Minute, 39 Second

२० बर्ष देखी साउदी जेलमा थुनिएका सन्त बहादुर पुनको व्यथा । 

-हुम सुनारी मगर,
रियाद , साउदी अरेवीया !
Image may contain: 1 person

अब त, नेपाली चाडपर्व के हो थाहा छैन मलाई।
२०औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउ कसलाई ।


सुखी परिवारको कल्पना गरेर प्रवास आएको थेँ।
कमाएर धन पठाउछु है सानु भनेर कसम खाएको थेँ।
प्रवास आएको केहि महिना मै दुर्भाग्य जेलमा परियो।
देश र परिवार सम्झी रुन्छु सधै, कस्तो खेलमा परियो।


अब त, देश र समाज कस्तो भयो थाहा छैन मलाई।
२०औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउ कसलाई ।

सयौं भेडाका गोठाले थियो मेरो जिम्मेवारी।
एक धूर्तले भेडा खोसेर खुब सताउनथ्यो सधैभरि।
भेडा सङ्ख्या घट्दा जवाफ दिनु पर्थ्यो कपिललाई।
वास्तविकता सुनाउँदा झूट भनेर कुटिन्थ्यो आफैलाई।


कालीनदी र पर हिमाल कस्तो भयो थाहा छैन मलाई।
२०औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउ कसलाई ।

धूर्तले भेडा खोसेको कुरा कपिललाई विश्वास नलाग्ने।
एउटै उपाए थियो मसँग त्यो धूर्तमाथि जाइलाग्ने।
त्यसलाई तर्साउन हतियार देखाउने गरे निर्णय।
आइ पो लाग्यो जाइलागे जीवन बन्यो अनिर्णय।


अबत मेरा सबै दौंतरी कस्तो भयो थाहा छैन मलाई।
२०औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउ कसलाई ।

ज्यानमारा मुद्धा सदर गर्न पुग्यो साउदीको अदालत।
२०औं बसन्त जेलको भित्ता हेर्दै बस्नु मेरो धरातल।
अब झुण्ड्याउछ अरे घाँटी रेट्छ अरे भन्ने सुन्छु सबेरै ।
कस्तो जन्म लिएर आएछु दैव मेरो जीवन दिन्छ कसले हे बरै।


मेरी सानु अनि बालबच्चा कता छन् थाहा छैन मलाई।
२०औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउ कसलाई ।


(यो लेख लेख्दै गर्दा आफैले आँशु थाम्न सकिन । साउदी अरेवीयाको जेलमा बिगत २० वर्षदेखि मृत्यू पर्खेर बसेका म्याग्दीका सन्त बहादुर पुनको वास्तविक घटना) 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %