“रातो झोला हातैमा बोकेर”
“आसुँ ढिका आँखैमा रोकेर”
…..आएं परदेश छोडेर जन्म घर ।
आउँला आमा आघुमको दसैंमा बिरानो भो झिलिमिली यो शहर ।
गायक तथा संगीतकार भुवन सिं थापाले निकै मर्मस्पर्शी गिती भिडियो “रातो झोला” सार्वजनिक गरेको छ ।
लोक आधुनिक बिधाको यस गितमा स्वर, शब्द तथा संगीत स्वयम भुवन सिं थापाको रहेको छ साथै गीतको भिडियो डाइरेक्सन, क्यामरा तथा भिडियो सम्पादन समेत स्वयम गायक भुवन सिं थापाकै रहेको छ । बिशेष गरी चाडबाडको बेलामा पर्देशमा रहेका पर्देशिहरुको पिडालाई गीत मार्फत ब्यक्त गर्न खोजेको यस गीतमा कौडा बुढा मगरको एकल अभिनय हेर्न सकिन्छ ।
क्यामरा सहयोगिमा ए वाइबीको र संगीत संयोजन अर्का चर्चित संगीतकार सरोज लामाको रहेको यस गीतलाई म्युजिक नेपालको युट्युब च्यानलले सार्वजनिक गरेको छ ।
{youtube}https://www.youtube.com/watch?v=44zzHufaG-w{/youtube}