श्रीनगर एफ,एमका म्यानेजरलाई उत्कृष्ट पत्रकारिता पुरस्कार !

Read Time:5 Minute, 27 Second

राज्यसत्ता संबादाता

पाल्पा, असोज ७ – श्रीनगर एफ,एम पाल्पाका स्टेशन म्यानेजर देब पचभैया उत्कृष्ट पत्रकारिता पुरस्कारवाट पुरस्कृत हुनुभएको छ । बरिष्ठ समाजसेवी मनवीर गर्बुजा पुन मगरको सातौं स्मृति समारोहमा  नेपाली पत्रकारिताको क्षेत्रमा क्रियाशिल रहेर सुचना सञ्चार सम्प्रेषित गरी प्रशसंनीय काम गरेको भन्दै आईतबार बुटवलमा एक कार्यक्रमका बिच पचभैयालाई रेडियो समावेशीले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत गरिएको हो ।

Image may contain: 3 people, including Dev Pachabhaiya, people standing

श्रीनगर एफएम पाल्पाका प्रबन्धक एवं फोनिज प्रदेश नं. ५ का इन्चार्ज पचभैया झण्डै १७ बर्ष देखि निरन्तर पत्रकारीतामा सक्रिय हुनुहुन्छ ।  प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल मगरले पचभैया संगै उत्कृष्ट समाजसेवी पुरस्कारबाट  शकुन्तलादेवी पुनलाई पुरस्कृत गर्नुभएको हो । वरिष्ठ समाजसेवी मनवीर गर्बुजा पुन मगरको सातौं स्मृति समारोहका अवसरमा “सामाजिक क्षेत्रमा मनवीर गर्बुजा मगरको योगदान” बिषयक गोष्ठी समेत सम्पन्न भएको छ । समारोहमा बोल्दै प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल मगरले मनवीर गर्बुजा सबैको अभिभावक भएको भन्दै राजनीतिक तथा सामाजिक उत्पीडनका विरुद्ध जीवनपर्यन्त क्रियाशीलता रहेको स्मरण गर्नुभयो । मन्त्री बरालले गणतान्त्रिक आन्दोलनमा गर्बुजाको उच्च योगदान रहेको भन्दै उहाँको अथक योगदानको प्रेरणाले अहिले थुप्रै सामाजिक व्यक्तित्वहरुलाई जन्माएको बताउनुभयो । उहाँले गर्बुजाको सपना पुरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

Image may contain: 6 people, people sitting, people standing and indoor

कार्यक्रममा लेखक दिल साहनीले मनवीर गर्बुजाले मुलुकको वाम तथा उत्पीडित वर्ग समुदायको आन्दोलनलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँ समाजको एउटा जिउँदो र उदाहरणीय व्यक्ति रहेको बताउनुभयो । उद्यमी एवं समाजसेवी गोपाल रानाले बुटवलको हिलपार्क, मणिमुकुन्द सेन उद्यान, मगरघाट, देवीनगरस्थित फुटवल स्टेडियम, शिक्षा, सडक निर्माण र मिडिया क्षेत्रलाई सबल बनाउन गर्बुजाले महत्वपूर्ण योगदान गरेको जानकारी दिनुभयो । नेपाल मगर संघका जिल्ला अध्यक्ष गिता सारु मगरले आदिबासी जनजाति एवं मगर समुदायको भाषा, संस्कृति संरक्षणका लागी मनवीर गर्बुजाको योगदान रहेको भन्दै राज्यले अझै बहुभाषिक शिक्षा नीति लागु गर्न नसकेको बताउनुभयो ।

रेडियो समावेशीका अध्यक्ष प्रकाश रानाले मनवीर गर्बुजाको सपना पुरा हुन नसकेको बताउनुभयो । पत्रकार देव पचभैया मगरले अहिलेको समाज धनवीर र मनवीरहरुको अन्तरविरोधमा रहेको भन्दै मनवीरहरुको जीतले सवैको न्याय हुनेमा जोड दिनुभयो ।

उहाले पत्रकारिता क्षेत्र अझै समावेशी हुन नसकेको बताउनुभयो । कार्यक्रममा भूपू सैनिक कल्याण क्लबका अध्यक्ष एवं प्रतिष्ठानका कोषाध्यक्ष क्या.पदमबहादुर पुन, तमु छो धींका केन्द्रीय सल्लाहकार सूर्यलाल गुरुङ, आदिबासी जनजाति महासंघ प्रदेश सचिव मनोज राना लगायतले गर्बुजाको सामाजिक योगदानवारे बोलेका थिए ।  मनवीर–माया गर्बुजा पुन मगर प्रतिष्ठान नेपाल, मनवीर स्मृति अक्षयकोष र भूतपूर्व सैनिक कल्याण क्लबको संयुक्त आयोजना गरिएको समारोहमा प्रतिष्ठानका अध्यक्ष तुलबीर गर्बुजाको अध्यक्षता, सामाजिक विकास मन्त्री माननीय सुदर्शन बरालको प्रमुख आतिथ्यता, अक्षयकोषका अध्यक्ष क्या.जनक थापा मगरको स्वागत तथा प्रतिष्ठानका सचिव खोमा तरामु मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिष्ठानका तर्फबाट मनकुमारी गर्बुजाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । स्मृतिको सन्दर्भमा प्रतिष्ठानले देवीनगरस्थित अन्तर्राष्ट्रिय बौद्ध विहारमा खाद्यान्न तथा फलफूल वितरण समेत गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %