राज्यसत्ता संबादाता
तनहुं, भदौ २७ नेपालका महान बिचारक स्व. गोरेबहादुर खपांगी फाउण्डेशनको तनहुंमा जीबी फाउण्डेशन शाखा गठन भएको छ ।
गोरेबहादुर खपांगीको दोस्रो स्मृति दिवशको अवसरमा गोरेबहादुर खपांगी प्रथम स्मृतिकप २०७५ का संयोजक मोहन राना मगरको अध्यक्षतामा तिन सदसिय सल्लाहकार समिति र नौजनाको तर्दथ कार्यसमिति गठन भएको छ ।
नेपाल मगर संघ तनहुं जिल्ला समन्वय समितिका अध्यक्ष शिदान्त थापा मगर खपांगी फाउण्डेशनको संरक्षक हुनुहुन्छ भने, तनहुं शाखाका प्रमुख सल्लाहाकारमा राष्ट्रिय जनमुक्ति पार्टी तनहुं जिल्ला समितिका अध्यक्ष भुवन थापा मगर र सल्लाहाकारमा नेपाल मगर यूबा संघ तनहुं जिल्ला समितिका अध्यक्ष (बादल) केहरसिंह आलेमगर रहनु भएको छ ।
जीबी फाउण्डेशनको तनहुं शाखाको पदाधिकारीहरुको नामावली यस प्रकार रहेको छ ।
अध्यक्षमा : मोहन बहादुर राना मगर,
उपाध्यक्षमा : रिख बहादुर थापा मगर,
सचिबमा : हर्क बहादुर (एच.बि) थापा मगर ,
सह.सचिबमा : तिलक राना मगर,
कोषाध्यक्षमा : बिष्णु अस्लामी मगर चयन हुनु भएको छ ।
सदस्यहरुमा : सिजन थापा मगर , शरुना थापा मगर र दुईजना पछि थपगर्ने गरि नौ जनाको तनहुं जिल्ला समितिको शाखा गठन भएको छ ।
जीबी फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापा मगर र फाउण्डेशनकै सह कोषध्यक्ष चन्द्र बहादुर थापा मगरको बिशेस उपस्थितिमा १९ भदौ २०७५ का दिन तनहुं जिल्लाको सदरमुकाम दमौली बजारमा फाउण्डेशनको तनहुं शाखा गठन भएको हो ।
यस अघि जीबी फाउण्डेशनको शाखा स्व. खपांगीको गृह जिल्ला महोत्तरीमा २०७४ कार्तिक ५ गतेका दिन गठन भई सकेको छ भने हुमबहादुर थापा मगरको अध्यक्षतामा २०७२ साल मंसिर २८ गते काठमाण्डौमा जीबी फाउण्डेशनको जन्म भएको हो ।