ट्याक्टर पल्टिंदा एकको मृत्यु दुईजना घाइते

Read Time:1 Minute, 22 Second

म्याग्दी, २७ असोज

म्याग्दीको सदरमुकामदेखि घतान जाँदैगरेको ग १ त ५८ नंवरको ट्याक्टर घतान गाविस वडा नंवर

३ स्थीत तोरीपानीमा दुर्घटना हुँदा एकजनाको मृत्यू हुनुका साथै दुइजना  घाइते भएका छन् ।

मृत्यू हुनेमा ट्याक्टरचालक पर्वतको मल्लाज गाविसका १८ वर्षिय प्रेम परियार रहेका छन् ।

सडक खन्नदैगरेको डोजरका लागि सदरमुकामबाट डिजेल बोकेर घतान जाँदैगरेको ट्याक्टर पल्टिंदा

त्यसमा सवार ट्याक्टर मालिक शिव शाही र सहचालक पात्लेखेत निबासी वर्ष २५ का रामु हमाल

घाइते भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकदेखि करिव एकसय मिटर तल बारीमा खसेको र चालकको घटनास्थलमै मृत्यू भएको

प्रत्यक्षदर्शी एगेन्द्र शेरपुञ्जाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरिक्षक

शालिग्राम शर्माको नेत्रृत्वमा एक टोलीले मृतक तथा घाइतेको उद्धार गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %