हुबिमगर,
काठमाण्डौ, सावन ५ – रिब्डीकोट गाउपालीका ठिमुरे ६, घोर्लीखरक पाल्पामा निर्माणधिन “रिब्डीकोट बुद्ध बिहार” पाल्पालाई बुद्धमूर्ती पाप्त भएको छ ।
नगरमण्डप , श्री र्कीतिपूर बिहार, अमिल्स र्कीतिपूरमा यूबा बौद्ध समूह काठमाण्डौको सन्योजन र , बिश्व बौद्ध बिश्वबिध्यालय र कास्टिंग सोयल फर मेरिट ट्रष्टको आयोजनामा कार्यक्रम भएको थियो ।
बिश्व बौद्ध केन्द्रका अध्यक्ष, पूर्ब प्रधानमन्त्री एबं बर्तमान सांसद माधवकुमार नेपाल कार्यक्रमका प्रमुख अथिति हुनुहुथ्यो भने बिषेस अतिथिमा नेपालकालागी थाई राजदुत डा.भगवत टानस्कुल हुनुहुन्थ्यो ।
अन्य अथितिहरुमा सांसदद्धय कृष्ण गोपाल श्रेष्ठ,कल्याणी खड्का , डा.सुधन्ध भन्ते उर्फ अनिल शाक्य, गुणघोष महास्थाबिर,संखरा न.पा.का मेयर सुर्बण श्रेष्ठ, पूर्ब मन्त्री एबं यूबा बौद्ध महासंघका अध्यक्ष डा. केशबमान शाक्य, पूर्ब मन्त्री एबं ईतिहासबिद् एम.एस थापा मगर,बौद्ध महासंघका पूर्ब अध्यक्ष हर्ष मुनी शाक्य, मगर बुद्ध सेवा संघका अध्यक्ष क्या. देउ बहादुर राना मगर लगाएतका बिशीष्ट पाहुनाहरुको उपस्थित रहेको थियो ।
प्रमुख अथिति र बिषेस अथितिले संयूक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रम उद्धघाटन गर्नु भएको थियो । बिश्व बौद्ध केन्द्रका अध्यक्ष समेत रहेका माधव नेपालले आफ्नो मन्तब्य दिने क्रममा दाताहरु संग सातै प्रदेश, पांच महानगरपालिका र सबै नगरपालिकाको लागी बुद्ध मूर्ती दाताहरु संग माग गर्नु भएको थियो ।
डा. सुगन्ध भन्तेले बुद्ध मूर्तीको बिशेस्ता बारे जानकारी दिने क्रममा थाईलैण्डको झ्यालखानमा कैदिको रुपमा मृत्युडण्ड पाएका र मृत्युडण्ड कुरीरहेकाहरुलाई पापमोचन र चिन्तामुक्त होस भन्नाकालागी बनाउन लगाइएकोले यो मूर्ती एकदमै महगो पर्ने बताउनु भएको थियो । अपराधीको रुपमा मृत्युडण्ड पाएका कैदीहरुले बनाएको बुद्ध मूर्ती हाल सम्म उपासक, उपासीकाहरु बाट नेपालमा तिन चोटी हस्तान्तरण गरिसकेको बताउनु भयो ।
पूर्ब मन्त्री एबं यूबा बौद्ध महासंघका अध्यक्ष डा. केशबमान शाक्यले धन्यबाद ज्ञापन गर्नु भएको थियो भने शोभा शाक्यले कार्यक्रमलाई सहजिकरण गर्नु भएको थियो ।
मित्रराष्ट्र थाईलैण्डका बौद्ध उपासक उपासिकाहरु बाट नेपालका बिभिन्न बिहारलाई ४२ थान बुद्ध मूती हस्तान्तरण गरेका थिए । ब्यालिस थान मध्ये दश थान मगर बुद्ध सेवा संघ नेपाल आबद्ध मगरहरुले सन्चालन गर्दैगरेका बिहारहरुलाई प्राप्त भएको छ ।
बुद्ध मूती प्राप्त गरेका बिहारहरुमा रिब्डीकोट बुद्ध बिहार पाल्पाका बिहार निर्माण संयोजक हुम बहादुर पचभैया मगरलाई थाईलैण्डका बौद्ध उपासिका पुनदिन हाई पेनबुन फाउण्डेसनका प्रेसीडेन्ट ओरासोम सुतीसुक्रनले हस्तान्तरण गर्नु भएको थियो । त्यस्तै रामपूर नगर पालिका वडा नं. ४ पाल्पामा निर्माणधिन “जनहित बुद्ध बिहरको” तर्फबाट बिहारका प्रतिनिधि क्या.रोमन बहादुर राना मगरले प्राप्त गर्नु भएको थियो ।
बुद्ध मूर्ती पाप्त गर्ने अन्य प्रतिनिधि र जिल्लाहरुमा ईलाम बाट भोजराज लुंगेली मगर,धनकुटा बाट मिम बहादुर राना मगर, सुनसरी बाट दिर्ध कुमारी मगर , काभ्रे बाट सरस्वती पुलामी मगर ,पर्बत बाट डब बहादुर गर्बुजा मगर , तनहुं बाट ऋख बहादुर राना मगर , स्यांजा र कन्चनपुरलाई अन्य थाईलैण्डका बौद्ध उपासक उपासिकाहरु बाट हस्तान्तरण गरिएको थियो ।
उपस्थित उपासक,उपासिका तथा अथितिहरुलाई बिहानको चियानास्ता र दिनको भोजनको निसुल्क ब्यबस्था समेत गरिएको थियो ।
फोटो: हुबि मगर
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
केन्द्रकै अध्यक्ष माधवले मागे दाता संग मूर्ती !