शिवगोरक्ष गण महाराजिक देवतावाट मगर भएका हुन् -योगी नरहरिनाथ

Read Time:3 Minute, 32 Second

राज्यसत्ता
मगरबारे योगी नरहरिनाथको मत:
महादेवका गणदेवताका सन्तान ‘मगर’जाति र यक्षराज कुबेर गुह्यक वंशज गुरूङ्ग जातिको गौरवपूर्ण इतिहासबारे यस्तो जानकारी आयो

Image may contain: 5 people, including Thapa Hum, people standing and outdoor

उत्तरापथ हिमाल देवमानवको मूल अवस्थल हो । क्षराज कुबेर गुह्यकवाट गुरूङ्ग भए झै शिवगोरक्ष गण महाराजिक देवतावाट मगर भएका हुन् । अमरकोषादि शास्त्र पुराण इतिहास प्रसिध्द महादेवका गणदेवताका महाराजिक, महाराजि, महारा, महरा, मगरा, मगर हुदै आएका हुन् । शाके १२५८ तिरका सेजाधिराज पुण्यमल्लका कनक ताम्रपत्रशासनहरूमा पनि महाराजिक महर, महतो, मगर राजाहरूको उल्लेख छ ।
Image may contain: outdoor

अघि हिमालमा १२ किरात (किन्नर) झै १२मगरात सप्त गण्डकी प्रदेशमा उत्तरपट्टी गुरूङ्गको दक्षिणपट्टी मगरको राज्य थियो । २२० राजावाट घट्दै गएर पारकोट क्षत्रभित्र मात्र १२ राजा आज भन्दा १५० वर्ष  अघिसम्म थिए । १२ मगरात प्रशिध्द भयो । त्यसैले १२ भाई मगर १२ पन्थी मगर भन्न चलन छ । प्रशिद्ध कर्मबाट  पद तथा मूलअवस्थलबाट वासस्थलबाट  तथा वीरतास्थलबाट थर भएका हुन् । प्रायः सबै स्थल हिमालमा छन् ।
यसैगरी शक्त (समर्थ) शक्र शक, कश खश प्रभृति भएका हुन् । १२ निशी भुजिथर खाक भनेर पुरानागाउँको  सङ्केत गरिन्छ। थाक खोलामा वसेर थकाली भनिए। मूल अवस्थल अपाड राजधानी घोताक्यु, तोताक्यु, तातापानी (थकाली बोलीमा पानीलाई क्यु भनिन्छ)जुमला लाछुकोटमवाट आएका प्रतिष्ठान  प्युठानका चन्द्रवंशी  चन्द्र, राजाका सन्तान रामचन, गोपीचन,  गौचन  मानिकचन, खारचन, तुलाचन, फैचन, नुपचन , शेरचन, भट्टचन प्रभृति   राजाका सन्तान भटचन् प्रभृति राजाहरूका सन्तान मुस्ताङ्गी राजा थकाली गुरूङ्गहरू हुन् ।
निशिभुजिका महाराजिक

वंशज मगर राजाहरूका सन्तान उभरा नरवहादुर पुन प्रभृति रजौटाहरू अद्यापि छन् ।गोर्खाका मगर राजाका सन्तान सामरी प्रभृतिमा र थापा मगर (थपौला राजा)का सन्तान मनकामनाका शिध्द लक्ष्मण थापा मगर (शिवगोरक्षशिष्य सिध्द लषन थापा)का भाई दुर्गे थापाका सन्तति अद्यावधि मनकामनाका पूजारी छन् । सातधुरे काजी विराजथापा मगरका सन्तति महासिह थापा (बालातपस्वी योगी)ले लेखेको निर्गुण भजन् कतिपय ‘नेपाली’ पत्रिकामा छापिएका छन् । योगी नरहरिनाथको ज्ञान अचम्मलाग्दो देखिन्छ ।
(श्री गुरूङ् मगर वंशावली-योगी  नरहरिनाथ, कृष्णवहादुर गुरूङ्ग पेज न २६–२८बाट)

(साभार:गोरखा एक्सप्रेस साप्ताहिक, २०७५ साल असार १२ गते मंगलबार )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %