हुबिमगर
काठमाण्डौ, बैशाख २९ – नेपाल मगर संघ केन्द्रीय समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई ३ सुत्रिय माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।
मगर , थारु, कुमाल , छन्त्याल र भूजेल लगाएतका नेपालीहरुको प्रमुख राष्ट्रिय सास्कृतिक चांड माघेसकराति माघ १ गतेमा नेपाल सरकारले दिईरहेको सार्बजनिक बिदा कटौती गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको हुनाले उक्त बिदा कटौती गर्ने निर्णय अबिलम्ब फिर्ता लिन सरकार संग नेपाल मगर संघले जोडदार माग गरेको छ ।
मदिरा निषेध गर्ने नाममा मगर समुदायको पाठपुजा वा बिभिन्न सस्कारहरुमा चढाउनका लागी अपरिहार्य रहेको हुनाले घरमा बनाएको रक्सी बन्देज गरेर मगर समुदाय लगायतका नेपालका आदिबासी जनजातिहरुको मौलिकता मेटाउने सरकारको निर्णय प्रति हाम्रो गम्भीर ध्यानाक्र्रषण भएको हुनाले निर्णय सच्याउन जोडदार माग गर्दछौ । ज्ञापन पत्रमा भनिएको छ , यद्यपी मदिराका कारण देशमा भैरहेको दुब्र्यसनी तथा कुलतलाई नियन्त्ररण गर्ने सरकारको निर्णयमा भने हाम्रो साथ सहयोग र सर्मथन रहने मगर संघले ज्ञापन पत्रमा उललेख गरेको छ ।
मगर लगायत नेपालका आदिबासी जनजातिहरुले परम्परागत मासुको रुपमा प्रयोग गरिरहेको मरेको गाईको मासु खादा पक्रिने र झुट्टा मुद्धा लगाई झेल चलान गर्ने सरकारको गलत कार्यलाई तत्काल रोकी नेपालको संबिधान बमोजिम धर्मनिरपेक्षताको कार्यन्वयन गरि सबैलाई समान ब्यबहार गर्न नेपाल मगर संघले जोडदार माग गरेको छ । साथै झुट्टा मुद्दालगाई जेल जिवन बिताईरहेकाहरुलाई अबिलम्ब निर्शत रिहा गर्न समेत मगर संघले जाडेदार माग गर्दछौ भनि केन्द्रीय अध्यक्ष नबिन रोका मगरको हस्ताक्षर गरिएको ज्ञापन पत्र गृहमन्त्री रामबहादुर थापा मगर बादललाई १५ सदस्यीय प्रतिनिधि मण्डलले उहांकै निवासमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले बिदाको बारेमा कुनैजाति बिशेषलाई सम्रक्षण गर्न नभै कर्मचारीहरुलाई कन्र्टोल गर्न यसो गरिएको हो, सबै जातिको बिदामा कर्मचारीहरुले बिदामा बस्थे भने अब आफ्नो चांढ पर्बमा बाहेक अरु दिन कर्मचारी काममा जानु पर्छ , बादलले भन्नु भयो ।
मदिराको हकमा पुनरबिचार गर्न सकिन्छ भने , लागु औषधी र दुब्र्यसनी भने पूर्णरुपमै नियन्त्ररण गर्ने सरकारको योजना रहेकोले तपाईहरु सप्पैले सहयोग गर्नु गर्छ , गृहमन्त्री बादलले सहयोग माग्नु भयो ।
मरेको गाईको मासु खादा पक्रने जुन नियम छ, त्यो पञ्चायती ब्यबस्थाको हिन्दु धर्म सापेक्ष भएकोले हो, नेपालको नया संबिधानमै धर्मनिरपेक्ष भनेर लेखिसकिएकोले अब कानुनमा संसोधन गरि नया ब्यबस्था गरिने जानकारी दिनु भयो ।
प्रतिनिधि मण्डलमा अध्यक्ष नबिन रोका मगर,उपाध्यक्षत्रय गंगा खासु मगर,मन्धरी आले मगर र तेज तरामी , कोषाध्यक्ष कमला थापा मगर , महासचिब ज्ञानेन्द्र पुन मगर , नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रीय अध्यक्ष हुमबहादुर थापा मगर, मगर महिला संघका अध्यक्ष बिनीता आले मगर, मगर बिध्यार्थी संघका अध्यक्ष कमल थापा मगर, मगर सास्कृतिक संघका अध्यक्ष कबिराज थापा मगर,मगर बैदेशीक ब्याबशाई संघका अध्यक्ष के.एस. आले मगर, ललीतपुर मगर जिल्ला समितिका सदस्य किरण थापा मगर,बाग्लुंग जिल्ला समितिका सदस्य रेशम थापा मगर लगाएतका उपस्थित हुनुहुन्थ्यो ।
ज्ञापन पत्रको पूर्ण पाठ पढ्नुहोस :
नेपाल मगर संघ ,केन्द्रीय समिति
कलंकी, काठमाण्डौ
मितिः २०७५ बैशाख २८
माननीय गृहमन्त्री रामबहादुर थापा बादल ज्यू
गृहमन्त्रालय,सिंहदरबार काठमाण्डौ, नेपाल ।
बिषयः ज्ञापनपत्र सम्बन्धमा ।
बहुजातिय, बहुभाषीक, बहुधार्मिक र बहुसास्कृतिक मुलुक नेपालमा सबै जातजाति र समुदायको छुट्टाछुट्टै पहिचान र अस्तित्व सहित ईन्द्रेणी रंगमा बिकाश भईरहदा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पछिल्लो सरकारले नया संबिधान कार्यन्ययन गर्ने र समृद्धि नेपालको स्थापनाको नाममा केहि जातिवा धर्म समुदायलाई फलाउने फुलाउने र बांकी जाति समुदायलाई निमोेठेर फ्याक्ने कार्य भई रहेको प्रति ३० लाख मगरहरुको साझा अधिकारबादी सस्था नेपाल मगर संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
यसरी सरकारले कुनै जाति बिशेषलाई पहिलो दर्जाको र बांकी समुदाय जाति बिशेषलाई दोष्रो दर्जाको नागरिकको हैसिएतमा ब्यबहार गरिरहदा मगर समुदायले समाबेशी र समानुपातिक सिद्धान्त र पद्दतिको ठाडो उलंधन भएको महसुस गर्दै तपशिल बमेजिमको मागहरु पुरा गर्नका लागी नेपाल सरकार गृहमन्त्रालयसंग यस ज्ञापन पत्र पेश गरिएको छ ।
१) देशको बहुंजातिय र बहुंसास्कृतिक बास्तविक्ता बमोजिम मगर , थारु, कुमाल , छन्त्याल र भूजेल लगााएतका नेपालीहरुको प्रमुख राष्ट्रिय सास्कृतिक चांड माघेसकराति माघ १ गतेमा नेपाल सरकारले दिईरहेको सार्बजनिक बिदा कटौती प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको हुनाले उक्तत बिदा कटौती गर्ने निर्णय अबिलम्ब फिर्ता लिन जोडदार माग गर्दछौ ।
२) मदिरा निषेध गर्ने नाममा मगर समुदायको पाठपुजा वा बिभिन्न सस्कारहरुमा चढाउनका लागी अपरिहार्य रहेको हुनाले घरमा बनाएको रक्सी बन्देज गरेर मगर समुदाय लगायतका नेपालका आदिबासी जनजातिहरुको मौलिकता मेटाउने सरकारको निर्णय प्रति हाम्रो गम्भीर ध्यानाक्र्रषण भएको हुनाले निर्णय सच्याउन जोडदार माग गर्दछौ । यद्यपी मदिराका कारण देशमा भैरहेको दुब्र्यसनी तथा कुलतलाई नियन्त्ररण गर्ने सरकारको निर्णयमा हाम्रो साथ सहयोग र सर्मथन रहने अवगत गराउदछौ ।
३) मगर लगायत नेपालका आदिबासी जनजातिहरुले परम्परागत मासुको रुपमा प्रयोग गरिरहेको मरेको गाईको मासु खादा पक्रिने र झुट्टा मुद्धा लगाई झेल चलान गर्ने सरकारको गलत कार्यलाई तत्काल रोकी नेपालको संबिधान बमोजिम धर्मनिरपेक्षताको कार्यन्वयन गरि सबैलाई समान ब्यबहार गर्न जोडदार माग गर्दछौ । यस सम्बन्धमा झुट्टा मुद्दालगाई जेल जिवन बिताईरहेकाहरुलाई अबिलम्ब निर्शत रिहा गर्नुहुन जोदार माग गर्दछौ भनि केन्द्रीय अध्यक्ष नबिन रोका मगरको हस्ताक्षर गरिएको ज्ञापन पत्र गृहमन्त्री रामबहादुर थापा मगर बादललाई १५ सदस्यीय प्रतिनिधि मण्डलले उहांकै निवासमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।