उपराष्ट्रपति र मन्त्री हरूलाई सैनिकले गरे सम्मान ।
हुबि मगर
काठमाण्डौ, बैसाख १४ – नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ, केन्द्रिय समितिले नवनिर्बाचित सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन मगरज्यू र माननीय मगर मन्त्रीज्युहरुलाई एक कार्यक्रम गरि बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । माननीय गृहमन्त्री रामबहादुर थापा मगरज्यू, माननीय ऊर्जा, लजस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनज्यू, माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरज्यू, माननीय खाने पानी तथा सरसफाई मन्त्री विना मगरज्यू र माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा मगरज्यू बिशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए । नेपालको राष्ट्रिय गान बाट सुरु भएको यस कार्यक्रममा नेपालका प्रथम शहिद क्या. लखन थापा मगर र मगरको शब्दकोषका लेखक एबं इतिहास बिद स्व. हीरा सिंह थापा मगरको संझनामा एक मिनेट मौन धारण गरिएको थियो ।
नेपाल प्रहरी तथ सैनिकको तर्फ बाट पूर्ब प्रहरी प्रमुख कुबेर सिंह राना मगरज्यूले सम्माननीय उपराष्ट्रपतिज्यूलाई , भारतीय सैनिकको तर्फ बाट मेजर डिल बहादुर आले मगरले माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरज्यू र बेलायती सैनिक र सिगापुर प्रहरीको तर्फ बाट मेजर हरि बहादुर थापा मगरज्यूले माननीय खाने पानी तथा सरसफाई मन्त्री विना मगरज्यू लाई टिका, माला र फेटा लगाई दिएका थिए ।
यस सम्मान कार्यक्रममा नेपाली सेनाका पूर्ब मेजर जनरल प्रेम प्रकाश थापा मगर, बृगेडिएर जनरल मानध्वज बुढा मगर र श्याम बहादुर थापा मगर, कर्णेल झपट बहादुर थापा मगर, पूर्ब प्रहरी ए.आई.जि.पी डा.गोबिन्द प्रशाद थापा मगर, बहालवाला डि.आइ.जी दुर्गा थापा पुन मगर र एस.पि हृदय थापा मगर, पूर्ब प्रहरी एस.एस.पी मन बहादुर रजाली, मेजर कृष्ण कुमार आले मगर लगाएत नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, बेलायती सेना, सिगापुर प्रहरी र भारतिय भूपू सैनिकहरुको उल्लेखनिय उपस्थित रहेको थियो ।
कार्यक्रको सुरुवातमा भूपू सैनिकहरुलाई परेको समस्याको बारेमा संस्थाका ईन्चार्ज दलबहादुर बिरकटा मगरले ज्ञापन पत्र बाचन गर्नु भएको थियो भने अध्यक्ष हुमबहादुर थापा मगरले प्रमुख अतिथि र बिशिष्ट अतिथिज्यूहरुलाई १३ बुंदे ज्ञापन पत्र बुझाएका थिए ।
शुभकामना मन्तब्य दिदै मगर भूपू सैनिक तथा प्रहरी सामान्य ब्याक्तिहरु होइनन् । उहाहरुको बीरताको गाँथाले नेपाल र नेपालीको शिर उच्च रहेको चर्चा गर्दै, उपराष्ट्रपति पुनले भने- मगरहरु ईश्वरको दुत हुन ।
अर्का बक्ता माननीय मन्त्री बिना मगरज्यूले यो ज्ञापन पत्रमा उल्लेख भए अनुसार सैनिकहरुको कथा ब्यथाले आफु अत्यन्तै मर्माहात भएको उल्लेख गर्दै मानीस भएर जन्म लिएता पनि मृत्यु भएमा आफ्नो जन्म भूमिमा दाहसस्कार गर्न नपाउनुले यो ज्ञापन पत्र नेपाल सरकारलाई जानकारी गराउने प्रतिबद्धता ब्यक्त गरेका थिए । अर्का माननीय मन्त्री थम माया थापा मगरले बाउ बाजेको थांतथलोमा बिकास नगर्दा सम्म मगरको बिकास नहुने र कुरीति, कुसस्कारको अन्त्य नगर्दा सम्म मगरहरु अगाडी बढ्न नसक्ने धारणा राखेका थिए । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबिन रोका मगर, पूर्ब प्रहरी प्रमुख कुबेर सिंह राना मगरले पनि शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा मगरको अध्यक्षतामा संघका ईन्चार्ज दल बहादुर बिरकट्टा मगरको स्वागत मन्तब्य र महासचिब क्या. भिम बहादुर राना मगरले संचालन गरेका थिए ।
कार्यक्रमको दोश्रो सेशनमा “मगर समुदयमा सबागीर्ण बिकासका लागी भूपू सैनिक तथा प्रहरीहरुको भूमिका” भन्ने बिषयमा अन्तरकृया कार्यक्रम रहेको थियो ।
बधाई तथा सम्मान कार्यक्रम अध्यक्ष बाट समापन गरे पछि दोस्रो सेसनको ” मगर समुदायको सरबांगिर्ण बिकाशको लागी मगर भूपू सैनिक तथा प्रहारीको भूमिका” बिषयक एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

