राष्ट्रिय जनमुक्तिपार्टीको ११अाैं राष्ट्रिय भेला सिद्धार्थनगरमा सम्पन्न

Read Time:5 Minute, 5 Second

सोनु थापा मगर

२० चैत्र, बुटवल । महत्वपूर्ण राजनीतिक तथा सांगठनिक प्रस्तावहरु पारित गर्दै राष्ट्रिय जनमुक्ति पार्टीको ऐतिहासिक एघारौं राष्ट्रिय भेला रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको छ । भेलाले पार्टीको संशोधित नाम “नेपाल राष्ट्रिय जनमुक्ति पार्टी (Nepal Rastriya Janamukti Party)” समेत पारित गरेको छ । केन्द्र देखि स्थानीय तहसम्म पार्टीले छाँया सरकार (कभरीङ्ग गभरनेन्स)को अवधारणा अनुसार विशेष अभियान चलाउने कार्यनीति समेत पारित गरेको छ ।
भैरहवा स्थित होटेल पौवामा चैत्र १९ गते सम्पन्न बन्द सत्रले संघीय परिषदको तर्फवाट अध्यक्ष केपी पालुङवाद्धारा प्रस्तुत राजनीतिक कार्यदिशा सम्बन्धि प्रतिवेदन र पार्टी महासचिव केशव सूर्यवंशीद्धारा प्रस्तुत विधानको छैठौं संशोधन सम्बन्धि प्रस्ताव माथि प्राप्त सुझाव सश्लेषण गर्दै पारित गरेको छ ।
पार्टी एकिकरण अथवा बृहत राष्ट्रिय मोर्चाको लागि वैचारीक सामिप्यता भएका दलहरुसँग पहल गर्ने निर्णय भएको छ । संशोधित विधान अनुसार केन्द्रीय महाधिवेशन प्रत्येक ४ वर्षमा हुने, प्रदेशमा अधिकार सम्पन्न प्रदेश परिचालन समिति रहने र स्थानीय तह तथा जनसंगठनलाई समेत अधिकार प्रत्यायोजन गरिएको छ ।
चैत्र १७ गते गणतान्त्रिक सभागृहमा सम्पन्न एघारौं राष्ट्रिय भेलाको उद्घाटन सभालाई प्रमुख अतिथि पार्टी संस्थापक अध्यक्ष एमएस थापाले सम्वोधन गर्दै पार्टीको जीत एकदिन सुनिश्चित रहेको हुँदा कार्यकर्ताहरु उच्च मनोबलका साथ अगाडि बढ्न सुझाएका थिए । विशेष अतिथिको रुपमा आमन्त्रित डीएवि पार्टीका सस्थापक अध्यक्ष एवं हङकङ विधान सभाका पूर्व सभामुखले नेपाल अत्यन्त सुन्दर, प्रचुर मानवता भएको मूलुक भएको र शान्तिपूर्ण बाटोमा धैर्यतापूर्वक हिडिरहेको राष्ट्रिय जनमुक्ति पार्टीले विकास र निर्माणको नेतृत्व लिनेछ, भन्दै सुभकामना दिएका थिए । पार्टी वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख डीके बुद्धिष्ट तामाङले राष्ट्रिय जनमुक्ति पार्टीले वैचारीक निकटता भएका दलहरु सँग अन्तर्राष्ट्रिय भाईचाराको विकास गर्न चाहेको बताए ।
पार्टी अध्यक्ष केपी पालुङ्वा लिम्बुले पार्टीले सबै जाती, समुदायलाई एकताको सूत्रमा बाँध्ने राजनैतिक प्रणालीको विकास गरेर मात्र देशको आधुनिक एकिकरण हुनेछ भन्दै अब पार्टीले पहिचानको संघर्ष राष्ट्र विघटन र हिंसाको चपेटामा पुगेका विश्वका देशहरुले समेत “जनमुक्ति विचारधारा” लाई आफ्नो मार्ग निर्देशक सिद्धान्त मानेर अघि बढ्दै आएको बताए । भेलालाई पार्टी
वरिष्ठ उपाध्यक्ष एवं संघीय महासभा इन्चार्ज यम बहादुर बुढाथोकी, उपाध्यक्ष एवं राष्ट्रिय महिला मोर्चा इन्चार्ज कमला थापा र पार्टी नवप्रवेशीको तर्फवाट सूदुरपश्चिमका सामाजिक अभियन्ता खड्ग एसकेले सम्बोधन गरेका थिए भने कार्यक्रम सञ्चालन उपमहासचिव एवं विदेश विभाग उपप्रमुख टोप अस्लामीले र स्वागत मन्तव्य संघीय परिषद् सदस्य, संघीय यातायता विभाग प्रमुख एवं एघारौं राष्ट्रिय भेला मूल तयारी समितिका संयोजक सुर्य कुमार सारुले गरेका थिए ।
भेलाको पहिलो दिन देशका विभिन्न स्थानवाट आएका पार्टी कार्यकर्ता, नेता, सदस्यहरुको सहभागीतामा बृहत जनप्रदर्शन सहित नगर परिक्रमा गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %