बौद्ध परम्परामा भिसी पुनलाई श्रद्धान्जलि

Read Time:2 Minute, 37 Second

संघाई स्ट्रिट स्थित नमो बुद्ध आमा समूह हंगकंगको गुम्बामा स्व. हनरेरी ले.(क्य़ु.जी.ओ) भिसी तुल बहादुर पुन मगरको श्रदाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।बृटिस गोर्खा भू.पु. सैनिक संगठन हंगकंग ,नमो बुद्ध आमा समूह, भारतीय भूपु सैनिक संगठन हंगकंग र भी।सी कै पल्टन ६ गोर्खा (एसोसिएसन) राइफल  को संयुक्त आयोजनामा  कार्यक्रम आयोजन गरिएकोथियो ।
लामाहरु बाट बौद्ध धर्म  परम्परा अनुसार  मंत्रोचारण गरि पुजा अर्चना र धुप बत्ति बालि स्व.पुन को चिर शान्तिको कामना गरिएको थियो ।  १ मिनेट मौनधारण गरि एकोथियो ।  कार्यक्रम आयोजकका सचिब  हिमाल चन्दले कार्यक्रम संचालन गरेका थिए भने सोकसभाका सभापति बेलायती गोर्खा भू.पु. सैनिक संघ हंगकंगका अध्यक्ष हेम प्रताप गुरुङले गरेकाथिए । 

सभामा भारतिय भू.पु. सैनिक संघ हंगकंग का अधक्ष जंग बहादुर गुरुङ,सस्था का निबर्तमान अधक्ष हेम बहादुर तामांग,आदिबासि जनजाति महासंघ तथा मगरसंघ हंगकंगका अधक्ष एम।बि थापा दर्लामी मगर,गेसो केन्द्रीय समितिका सदस्य मणि किरात राइ,६ गोर्खा एसोसियसन का अध्यक्ष क्या.तारा प्रसाद गुरुङ,नमो बुद्ध आमा समुहकी अध्यक्ष पदम कुमारी गुरुंगले मृतक प्रति समबेदना प्रकट गरेका थिए ।  ६ गोर्खाका सार्जेन्ट हितमान गुरुङले स्व। तुल बहादुर पुन मगर भी।सीको जिवनी प्रकास पारेका थिए ।

भी.सी.को श्रदाञ्जली कार्यक्रममा QGE,QGSIGNAL,QOGTR,2GR,6thGR,7thGR,10thGR,नेपाल आर्मी,१३ रोयल गडवाल राइफलका कमान डिंग अफिसर ले।कर्णल मिन बहादुर गुरुङ ,भारतीय भू.पु. सैनिक,संघ सस्था र धर्मालम्बी गरि करिब १५० जना जतिको उपस्थित रहेको थियो । कार्यक्रम बेलुकी ८ बजे सुरु भै राति करिब १ बजे सकिएको थियो ।

हुम थापा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %