स्याङ्जाको चित्रेमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस

Read Time:3 Minute, 13 Second

मगर भाषा कविता प्रतियोगिताको आयोजना
हरिनास, ५ फागुन
स्याङ्जाको हरिनास गाउँपालिका–४, चित्रेभञ्ज्याङस्थित मातृभूमि माविमा १९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस फेब्रुअरी २१ को सन्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मगर भाषा कविता प्रतियोगिता सम्पन्न भएको छ ।

‘दिगो विकासका लागि भाषिक विविधता र बहुभाषिकताको गन्ती’ भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त प्रतियोगितामा प्रतियोगिहरूले मगर भाषामा आफ्ना रचना प्रस्तुत गरेका थिए ।

दश प्रतियोगीहरू सहभागी रहेको प्रतियोगितामा अमृता थापामगरले प्रथम स्थान प्राप्त गर्दै नगद रु.१,५०० तथा प्रमाणपत्र प्राप्त गरिन् । यसैगरी, अनुषा थापामगर र सुदर्शन थापामगर क्रमस द्वितीय र तृतीय स्थान प्राप्त गर्दै नगद रु. १,००० र नगद रु. ५०० सहित प्रमाणपत्र प्राप्त गरे । साथै, सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा हरिनास गाउँपालिका वडा नं. ४ का वडा सदस्य पहलसिंह थापामगर, हरिनास साहित्य मञ्चका सदस्य शिशिर रानामगर, मातृभूमि माविका शिक्षक दूरपति थापा मगरलगायतले पुर्खाले जन्माएको मातृभाषालाई जीवित राख्न पछिल्लो पुस्ता अग्रसर हुनुपर्नेमा जोड दिएका थिए । मगर लेखक संघ गण्डकी अञ्चल समितिका सदस्य हुमा थापामगरले सञ्चालन गर्नुभएको कार्यक्रम मगर लेखक संघ गण्डकी अञ्चल समितिका सह–सचिव तथा कार्यक्रम संयोजक रिमबाबु रानामगरको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिले मातृभाषा दिवसको अवशरमा विभिन्न संघ संस्थासँग समन्वय गरी प्रदेश नं. ४ का विभिन्न सात स्थानमा मातृभाषामा कविता प्रतियोगिता तथा साहित्यिक गोष्ठीको आयोजना गर्ने भएको छ । फागुन ७ गते तनहुँको दमौलीमा, फागुन ९ गते तनहुँको देवघाट गाउँपालिकामा र गोरखा जिल्लामा साथै पोखरा लेखनाथ महानगरपालिका गरी एकै दिन तीन स्थानमा आयोजना गर्ने जनाएको छ । तनहँुको भिमादमा शुक्रबार र स्याङ्जाको हरिनासमा शनिबार संघले मातृभाषामा साहित्य कार्यक्रम सम्पन्न गरिसकेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %