मगर लेखक संघ कास्की अध्यक्षमा पूर्ण ठाडा रानामगर

Read Time:2 Minute, 24 Second

रुद्र श्रीसमगर
पोखरा, १९ माघ

नेपाल मगर लेखक संघ कास्कीको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा पूर्ण ठाडा रानामगर चयन हुनुभएको छ ।

शुक्रबार पोखरामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विवेक थापामगर, सचिवमा कल्पना पुर्जामगर, सह–सचिवमा स्मृति पुर्जामगर र कोषाध्यक्षमा पुनम थापामगर चयन हुनुभयो । त्यसैगरी, सदस्यहरूमा रेखबहादुर थापामगर, सुरज थापामगर, तुलेन्द्र पुनमगर र वीरेन्द्र मगर चयन हुनुभएको छ ।

यसअघि, अधिवेशनमा बोल्दै मगर लेखक संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगरले मगर भाषा, साहित्यको विकासका लागि लेखनसँगै सांगठनिक अभियानलाई समेत जोड दिनुपर्ने बताउनुभयो । मातृभाषा साहित्यको विकासका लागि मातृभाषा लेखन कार्यलाई प्रोत्साहन गर्नुपर्ने भन्दै श्रीसमगरले मातृभाषी साहित्यलाई राज्यले उपेक्षा गर्ने गरेको उल्लेख गर्नुभयो ।

संघका गण्डकी अञ्चल सदस्य कृष्ण थापामगर ‘मीगीन’ले मातृभाषा साहित्यको उत्थानका लागि सबै मगर लेखक, स्रष्टा एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । जहाँ रहेपनि जस्तो अवस्थामा भएपनि मगर साहित्यको विकासमा लाग्नुपर्ने भन्दै मीगीनले साहित्यको विकास विना जुनसुकै भाषाको मरण हुनसक्नेतर्फ सचेत गराउनुभयो ।

संघका नवनिर्वाचित कास्की जिल्ला अध्यक्ष पूर्ण ठाडा रानामगरले कास्की जिल्लामा मगर भाषा, साहित्यको विकासका लागि आफूले सक्दो काम गर्ने प्रतिबद्धता जनाउनुभयो । सबैको साथ र सहयोग पाएको खण्डमा आफूले धेरै काम गर्ने सोंच बनाएको भन्दै रानामगरले अग्रजहरूको सल्लाह बमोजिम संगठनलाई क्रियाशील बनाउँदै जाने बताउनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %