यस कारण गरियो मगर संघ बिघटन !( प्रेश बिज्ञप्ती सहित )

Read Time:6 Minute, 2 Second

 

जातिय संघसंस्थाको भूमिका “डमी ” शो मात्र ।

 पहिचान र अधिकारका निम्ति गठित जातीय संस्थाहरू, आफ्नो पहिचान र अधिकार प्राप्ती भूमिकामा दिशाहिन अर्थात मृततुल्य देखिनु मात्रै होइन,झन् पछिल्लो कालखण्डमा सम्पूर्ण जातिय संस्था केवल नृत्यनाटक क्लबले जस्तै नाच-गान देखाउने “डमी” शो पिसको रूपमा मात्र सीमित हुनपुग्नु जातीय संस्थाहरुको औचित्य समाप्त भएको स्पष्ट देखिन्छ । -शुशी पुलामी मगर,अध्यक्ष नेपाल मगर संघ यु ए ई ।

०१ जनवरी , निरंकुश पन्चायती व्यवस्थादेखि नै,समाज सुधारका विभिन्न बहानामा, आफ्नो जातिको,पहिचान र अधिकार सुनिश्चितताको निम्ति विभिन्न रुपमा देखिएका जातिय संघ संस्थाहरु, देश बहुदलीय व्यवस्थामा प्रवेशको ०४६/४७ को छणमा अस्तित्वमा देखिए। मुलुकमा ०६२/६३ मा गणतन्त्र आउँदा र तत्पश्चात प्रथम सम्विधान विघटन नहुदासम्म जातिय संघ संस्थाको भूमिका महत्त्वपूर्ण रह्यो।

कतिथ दोश्रो संबिधान  निर्वाचन र नश्लिल राज्य-सत्ताको षडयन्त्रमा जारी भएको नश्लिय  सम्विधान २०७२ मा, आफ्नो पहिचान र अधिकार प्राप्तगर्न निर्माण भएका जातिय संघ-संस्था प्राय:मृत अवस्थामा देखिए। अर्थात कुनैपनी भूमिका विहिन् रहे।

पहिचान र अधिकारका निम्ति गठित जातीय संस्थाहरू, आफ्नो पहिचान र अधिकार प्राप्ती भूमिकामा दिशाहिन अर्थात मृत्‍युतुल्य देखिनु मात्रै होइन,झन् पछिल्लो कालखण्डमा सम्पूर्ण जातिय संस्था केवल नृत्यनाटक देखाउन खोलिएको क्लबले जस्तै नाच-गान देखाउने “डमी” शो पिस को रूपमा मात्र सीमित हुनपुग्नु जातीय संस्थाहरुको औचित्य समाप्त भएको स्पष्ट देखिन्छ। भने अर्को तर्फ खस-आर्य भएपनि,आदिवासी जनजातिका ऐतिहासिक पहिचान,देशका सम्पती हुन्,यसको संरक्षण र सम्बर्द्धन गर्नु देशभक्त प्रत्येक नागरिकको कर्तव्य हो,भन्ने बुझेर सामाजिकन्याय र राष्ट्रियताको लडाई लड्ने भवानी वराल,विश्लेषक सिके लाल,दिपेन्द्र झा,खगेन्द्र संग्रौला,डा.सुन्दरमणि दिक्षित र युग पाठक आदी बिद्वान र उहाँहरु जस्तै गैर जनजाति न्यायप्रेमी साथिहरुलाई पहिचान र अधिकारप्राप्तिको आन्दोलनहरूमा साथमा लिएर जान तथा उहाँ हरूको भूमिकाको समुचित सम्मान गर्न जनजातिका जातिय संघ संस्थाहरुमा उहाँहरु पहिचानवादी भएपनी गैर जनजाति हरुलाई आफ्नो जातिय संघ-संस्थाहरुको बैठक-सभा हरुमा सरिक गराउन प्राविधिक समस्या परेकोले,न्याय, समानता र सह-अस्तित्वमा विश्वास गर्ने खस-आर्य,मधिसे,मुस्लिम र शिल्पिहरु मिलेर पहिचान र अधिकारको निम्ति हुने आन्दोलनमा आधिवेरी नल्याएसम्म चट्टान जस्तै जमेर बसेको नश्लिल शासक र र्तिनिहरुका पिछलग्गु झोले जनजातिहरु गल्ने अवस्था देखिदैन।

यस्तो विषम अवस्थामा नेपाली उखान”….टाउको दुखेको दवाई नाइटोमा लगाई” गरेर विभिन्न बहानामा नृत्य ,नाटक गर्नको निम्ति मात्र जातिय संस्थाको व्यानर देखाई रहनु,आफ्नै जातिको निम्ति धोका एवं ठगी हो भन्ने हाम्रो समाजको ठम्याई रहेको हुँदा, संघकि अध्यक्ष शुशी पुलामि मगरको अध्यक्षता र प्रमुख सम्रक्षक यम राना मगरको आतिथ्यतामा युएईको आबुधाबी एअरपोर्टरोड पेप्सिकलामा बसेको संघको ११ औं बैठकले,आजको मिति २८ डिसेम्बर २०१७ वाट नेपाल मगर संघ,युएईको कुनै अस्तित्व नरहनेगरी,विघट गरिएको छ।

साथै संसारभर रहेका विभिन्न नामका नेपाली जातिय संघ संस्था विघटन गर्न एवं समय सापेक्ष तर्क र वष्तुवादी निर्णय गर्न, सरोकारवाला सम्पूर्ण जातिय संघ संस्था एवं सथिहरुमा आव्हान गर्दै,सवै राजनैतिक दलमा आस्था र विश्वास राख्ने,खस-आर्य,आदिवासी जनजाति, मुश्लिम , मधिसे र शिल्पी समुदायका पहिचान र समाजिक-न्यायमा विश्वास गर्ने पहिचानवादी साथीहरुमा पहिचानवादी महासभा गठन गर्नुको निम्ति, आ-आफ्नो ठाउँबाट आवस्यक पहल कदमी लिनुहुन हार्दिक आव्हान गरिएको छ।

महासचिव                             अध्यक्ष

केहर सिंह श्रीस मगर              शुशी पुलामी मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %