उर्लाबारी, २७ असोज
सशस्त्र प्रहरीले मोरङको केरौनबाट पेस्तोलसहित चार व्यक्तिलाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा केरौन–५ का २५ वर्षीय युवराज बस्नेत, १९ वर्षीय किरणबाबु सुनुवार, १८
वर्षीय कुरज राई र १६ वर्षीय विजय लिम्बू रहेका छन् ।
अभियुक्तहरूको साथबाट एकथान सिक्सर रिभल्वर पेस्तोल र त्यसमा प्रयोग हुने चार राउन्ड
गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।
रासस