विस्व शान्ति पूजा (मोन्लम) लुम्बिनीबाट बोधगयामा सारिएकोबारे

Read Time:2 Minute, 57 Second

राम कुमार श्रेष्ठ

बिगत २५ वर्षदेखि निरन्तर वुद्ध जन्मस्थल नेपालको लुम्बिनीमा हुँदैआएको विस्व शान्ति पूजा ९मोन्लम० यसपालि भने बोधगयामा सारिएकोखबरप्रति अभियान खेद प्रकट गर्दछ ।
विस्व शान्ति पूजा भनेर विख्यात मोन्लम विगत २५ वर्षदेखि संसारभरकाबौद्ध धर्मावलम्बीका लागिपवित्र महोत्सव बनेको थियो र गत वर्ष बुद्धकोजन्मथलो लुम्बिनीमा १३ देशका करिब १० हजार लामा र भिक्षुहरू मोन्लमपूजाका लागि भेला भएका थिए ।अफसोच, त्यो रौनक यो बर्ष भनेनेपालको लुम्बिनीमा नभएर भारतको बोधगयामा हुँदैछ गौतम बुद्धको महापरिनिर्वाणपछि बौद्ध भिक्षुहरू तीर्थ यात्राका लागि बुद्धजन्मेको पवित्र भूमि लुम्बिनी आउन थालेको तथ्य बौद्ध ग्रन्थहरूमापाइन्छ । ईशापूर्व २४९ मा सम्राट् अशोक लुम्बिनी आउँदा यो स्थल बौद्धतीर्थका रूपमा ख्याति प्राप्त भइसकेको थियो । लुम्बिनीमा भेला भएका टाढा टाढाका बौद्ध भिक्षुहरू यहाँ केही दिन बसी श्रद्धापूर्वक बुद्धको बन्दना गर्दैबुद्धका शिक्षा अर्थात् त्रिपिटकका सूत्र पाठ गरेर बस्थे भने केही ध्यानको अभ्यास गरेर बुद्धले आफ्ना शिष्यहरूलाई सामूहिक रूपमा प्रार्थना याध्यान गर्नुको विशेष महत्व हुने यथार्थ सम्झाउनु भएको थियो । यहीप्रचलन अन्ततः मोन्लमको रूपमा विकसित भएको हो ।
राष्ट्र संघमा प्रत्येक बर्ष मनाइने गरिएको वुद्ध जयन्तीमा नेपाल अतिथिबनेर जाने गरिएको छ र नेपाल वुद्धको जन्मस्थल भएको नाताले पनि कुनैन कुनै रुपमा नेपाल आयोजकको हैसियतमा रहनु पर्ने आवाज पनि अभियानले उठाउँदै आइरहेको संस्मरण गराउँदै २५ वर्षदेखि निरन्तर लुम्बिनीमा हुँदै आएको विस्व शान्ति पूजा मोन्लम यसपालि भने बोधगयामा सारिएको कुरामा पनि अभियान बिरोध जनाउँदै यसलाई आगामी बर्षदेखि नेपाल सरकारले यसलाइ पुनः नेपालमा नै आयोजना गर्ने तर्फ प्रकृया अबिलम्ब अगाडि बढाउन नेपाल सरकारलाई अभियान हार्दिक आग्रह गर्दछ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %