मनोज घर्ती मगर
गाउँ चिनारीका गीत निर्माण गर्ने क्रम बढ्दो छ । यसै क्रममा शुक्ला गण्डकी नगरपालिका वडा न. १ काप्रेक गाउँ को म्युजिक भिडियो निर्माण गरिएको छ । म्यूजिक भिडियो गरिएको गीतको शब्द रचना तथा छायांकन भेष गुरुङले गरेका छन् भने संगीत डिका गुरुङको रहेको छ ।
भिडियोमा नायिका अनुता गुरुङ, बबिना वाईबा र बिपना गुरुङको अभिनय रहेको छ । बिकाश गुरुङको निर्देशनमा बनेको गीतमा नृत्य निर्देशक लब्सन गुरुङको कोरियोग्राफी रहेको छ । भिडियो निर्माण सुजन गुरुङ र बिबेक गुरुङको संयोजकत्वमा बनेको हो ।