नेपाली कथानक चलचित्र शिरफुलको शीर्षगीत सार्वजनिक !

Read Time:2 Minute, 7 Second

 काठमाण्डौ / ११ मंसिर,

निर्माणको सम्पुर्ण काम सकेर प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र शिरफुलको शीर्षगीत शिरैमाथि शिरफुल बोलको गीत आज सार्वजनिक गरिएको छ ।

शिरफुलको यस गीतमा देवराज आले मगर र तारा श्रीस मगरको स्वर रहेको छ भने शब्द राजु थापा संगीत देवराज आलेमगर र एरेन्ज रिकेश गुरुङ ले गरेका छन् । मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनी र पर्फमिङ आर्ट क्रियशनको संयुक्त प्रस्तुति रहेको शिरफुलको निर्माता आर्शिवाद पुन मगर रहेका छन् भने चलचित्रलाई निर्देशन कमल ऐक्चै मगरले गरेका छन् । चलचित्रको टेलर पनि छिट्टै नै सार्वजनिक हुने भएको छ ।

{youtube}https://youtu.be/VzbEBWcqrfU{/youtube}

विश्वका विभिन्न देशहरुमा च्यारिटिको अन्तिम तयारीमा रहेको शिरफुलले देशैभरिका हलहरुमा प्रदर्शनको लागि मिति भने छिट्टै प्रत्रकार सम्मेलन गरि जानकारी दिने कुरा निर्माण स्रोतले जनाएको छ ।

बढ्दो आधुनिकताको प्रभावसँगै युवापुस्तामा देखिएको विविध खाले विकृतिलाई उजागर गर्दै त्यसको निराकरण पहिल्याउन सहयोग पुग्ने विषयवस्तु, विशेषगरी नयाँ पुस्तामाझ प्रेम, मौलिकता तथा कला संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दो विकृतिसँगै यसबाट समाजमा देखिएको नकारात्मक प्रभावको चित्रण गरिएको चलचित्र शिरफुल नेपाली दर्शंकको लागि एक उत्कृष्ट मौलिक चलचित्र बनेकोले दर्शकहरुले मन पराउने विश्वास निर्माताले लिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %