युएईको ‘चासोक तङ्नाम सांस्कृतिक कार्यक्रम’ २०१७ मा तारा प्रकास लिम्बु, निशा पोमू र यासेली योङ्हाङको जोडदार प्रस्तुति रहने भएको छ

Read Time:4 Minute, 21 Second

-सरोज पङ्हाङ्गो

किरात याक्थुङ चुम्लुङ, युएई (चुम्लुङ, युएई) द्वारा आयोजित ‘चासोक तङ्नाम ३७९६, सांस्कृतिक कार्यक्रम २०१७’ मा म्युजिक अवार्ड बिजेता पार्श्व गायक तारा प्रकास लिम्बु, पहिलो मिस लिम्बू प्रतियोगिताको ‘मिस ट्यालेन्ट’ उपाधि बिजेता नायिका तथा मोडेल निशा पोमू र ख्याती प्राप्त लिम्बू कलाकार यासेली योङ्हाङको मुख्य प्रस्तुति रहने भएको छ | युएईका  स्थानीय कलाकारहरु गायिका अमृता लक्सम, रनु जबेगू, पारस लामा, नन्दु राई, रोश्नी लिम्बू लगायत युएईमा ख्याती प्राप्त कलाकारहरुको जोडदार प्रस्तुतिका साथमा लिम्बू, राई लगायत विभिन्न समुदायको मौलिक सांस्कृतिक नृत्य समेत प्रदर्शन गरिने यो कार्यक्रम १५ – डिसेम्बर – २०१७, शुक्रबारको दिन बुर्जमान मेट्रो स्टेसन गेट नम्बर -४, नजिकको होलिडे ईन होटलको कार्यक्रम हलमा दिनको ४ बजेबाट हुने कुरा चुम्लुङ, युएईका अध्यक्ष मनिष नाल्बो ज्यूले स्पस्ट पार्नु भएको थियो |

युएईको विभिन्न शहरमा नेपाली कलाकर्मीहरुको सहभागितामा कार्यक्रम प्रस्तुत गर्दै नेपालीहरु बीच स्थापित भै सकेको नेपालीहरुकै लगानीमा संचालित इभेन्ट कम्पनी ‘Everest Media LLC’ द्वारा प्रस्तुत ‘चासोक तङ्नाम ३७९६, सांस्कृतिक कार्यक्रम २०१७’ कार्यक्रम र कार्यक्रमको लागि नेपालबाट आउने कलाकारहरुको लागि दुबई सरकारबाट लिनु पर्ने अनुमति पक्रिया पुरा भई सकेको स्पस्ट पार्दै यस महिनाको अन्त्यसम्ममा बजारमा टिकट समेत आई सक्ने भएता पनि बजार ब्यबस्थापनलाई सहज बनाउन २४ – नोभेम्बर – २०१७ शुक्रबारको दिनबाट दर्शकहरु माझ डमी (डमी टिकटलाई कार्यक्रम हल भित्र प्रवेश हुनु अगाबै कार्यक्रमको टिकटसंग साटिने छ) | टिकट वितरण पक्रिया  सुरु गरिएको छ |

किरात याक्थुङ चुम्लुङ युएईद्वारा औपचारिक रुपमा २००५ बाट हरेक बर्ष चासोक तङ्नामको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको भएता पनि यस पटकको कार्यक्रम बिशेष र बृहत रुपमा गर्न लागिएकोले यसको तयारीमा पनि बृहत रुपमै जुट्नु परेको जानकारी दिदै कार्यक्रम संयोजक समितिले युएईमा रहेका समस्त नेपालीहरुलाई कार्यक्रममा सहभागी भै कार्यक्रमलाई सफल, सार्थक र भब्य बनाउन सहयोग गरिदिनु हुन सम्पूर्ण सामाजिक संस्था र नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरुमा हार्दिक अपिल समेत गरेको छ |

कार्यक्रमलाई सफल बनाउन आयोजक संस्थाको आब्हानमा नेपाल आदिबासी जनजाति महासंग, युएईमा आबद्ध जनजाति संस्थाहरुको साथमा ताप्लेजुङ सेवा समाज, युएईको बिसेष सहयोग रहेको छ भने प्रचार प्रसारको लागि मिडिया पार्टनर युएईबाट संचालित अनलाईन मिडियाहरु मोफसल अनलाईन खबर, प्रबासी अनलाईन खबर, जयल अनलाईन खबर,  नेपालबाट संचालित नयाँ अनलाईन डट कम र युएईका पत्रकार पृथीछक बुढा मगर, रमेश ‘कासी’ खड्का, भवानी माङमूको बिसेष सहयोग रहेको आयोजक संस्थाले जानकारी  दिएको थियो |  

 
 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %