“झोर्ले लाफाको” भन्दै आए फेरि मनसुधन

Read Time:1 Minute, 32 Second

रुद्र श्रीसमगर

पोखरा, मंसिर २ – अहिलेको निकै व्यस्त लोक तथा दोहोरी गायक एवं नायक मनसुधन थापामगरझोर्ले लाफाको” भन्दै आएका छन् । “झोर्ले लाफाको” अर्थात् “नमस्ते साथीहरू” बोलको मगर भाषाको गीत लिएर आएका हुन्, गायक मनसुधन ।

Image may contain: 1 person, standing, hat and close-up

 

मगर भाषाको गीत खडेरी परेका बेला गायक मनसुधनले आफ्नै लय र शब्दमा सो गीत बजारमा ल्याएका हुन् । उनलाई यस गीतमा लोक तथा दोहोरी गायिका निरु श्रीसले स्वरमा साथ दिएकी छन् । उनले यसअघि यामकुमार थापामगरको संकलनमा “जोक्चै क्याङ्डी, टाहा मस्र्याङ्डी” बोलको मगर भाषाको गीत बजारमा ल्याएका थिए ।

{youtube}https://youtu.be/r0MGYFXBORw{/youtube}

शिव फोरएस मिडिया प्रालिले निर्माण गरेको म्यूजिक भिडियोमा गायक मनसुधन आफैं र मोडल रिना थापामगरले अभिनय गरेका छन् । चित्र मास्कीमगरले निर्देशन गरेको म्यूजिक भिडियोको छायांकन हरिश महरा र रविन विकले सम्पादन गरेका हुन् । मारुनी डिजिटल स्टुडियो प्रालिमा रेकर्ड गरिएको गीतको एरेञ्ज बिलन थापामगर र कुमार रानामगरले मिक्सिङ गरेका हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %